“संसदमा बोल्न नसक्ने प्रधानमन्त्रीभन्दा अब त कुशको प्रधानमन्त्री बनाउने बेला भयो , कम्तीमा मौन बस्दा पनि देशलाई निराश त बनाउँदैन होला!” #NepalPolitics 🇳🇵
म त अहिले यति कन्फ्युज छु कि जग्गाको परिभाषा सुन्नासाथ दिमागले “Error 404: Understanding Not Found” देखाउँछ 😅
ऐलानी, सरकारी, खोला/पैनी/नहरको जग्गा—जति सुन्छु त्यति नयाँ, बुझाइ भने उस्तै “लोडसेडिङ” 😆
कसैले सरल भाषामा बुझाइदिनु न मान्यवर 🙏
विकास, व्यवस्थापन र जनअधिकार यी तीनै पक्षलाई सन्तुलनमा राखेर अघि बढ्नु नै जिम्मेवार नेतृत्वको पहिचान हो।
सुकुम्बासीको समस्या केवल डोजरले होइन,दीर्घकालीन नीति, मानवीय संवादबाट समाधान हुनुपर्छ।
राजनीतिभन्दा माथि उठेर वास्तविक सुकुम्बासीको हितमा स्थायी र न्यायपूर्ण निर्णय होस्।आमिन
@ptkums सामजिक सञ्जालमा हावामा कान काट्छु भनेर च्यालेन्ज गर्नु पनि हुँदैन नि?? जित हार त स्वाभाविक कुरा हो नि।।
हाम्रा प्रदिप दाईले पनि काठमाडौं छाड्छु भनेर च्यालेन्ज गरेका थिए कुनै समय!!!😂😂😂
जुन पार्टीले आफुलाई ५ पटक प्रधानमन्त्री बनायो, त्यही पार्टी चुनावी मैदानमा उभिएको बेला चुपचाप सिङ्गापुर लुसुक्क जानु आखिर के संकेत हो? 🤔
पार्टी र जनता त केही हैन रहेछ नि??
जब जिम्मेवारी निभाउने समय आउँछ, तब टाढा बस्नु भनेको के सन्देश दिन खोजिएको हो?
फाल्गुन २१ पछि अहिले नबोल्ने, तर्किने र कुतर्क गर्दै आफ्ना नेता जोगाउने साथीभाइ तथा आफन्तहरू फेरि हात मिलाउन र बोल्न आउनेछन्। राजनीतिक धङधङी एकदिन शान्त हुन्छ, तर अन्ततः सबैलाई साथीभाइ र सम्बन्धकै आवश्यकता पर्छ। राजनीति क्षणिक हो, सम्बन्ध स्थायी हुन्।
अमेरिकी सेना आउँछ भने त्यो भेनेजुएलामा जस्तो रातारात आउँछ, दिउँसो ब्याण्ड बाजा बजाएर होइन। आफैँ प्रधानमन्त्री हुँदा पनि आएको विषयलाई अहिले चुनावी मसला बनाउनु भनेको आफ्नै दलको भोट माइनस गर्नु जस्तै हो।
बाँकी, पशुपतिनाथले रक्षा गरून्।
@Nirmaladhakal44 बिरामी श्रीमती छाडेर भाग्ने भगौडासँग तुलना हुनु नै गलत हो।
आफूले गल्ती नगरेको हो भने भाग्नुपर्ने कारण नै हुँदैन।
सत्यसँग उभिने मान्छे कहिल्यै भाग्दैन।