बाटोमा हिँडीरहेको थिए,एक ठाउँमा ठेस लाग्यो,
अलिकति बाटो मोडि फेरि हिड्न थाले फेरि ठेस लाग्यो।
यसरी हिँड्दै जाँदै थिए ठेस लाग्दै गयो बाटो मोँडिदै गयो,
शिर उठाइ हेर्दा थाहा पाए गन्तव्यनै फेरिएछ
कहाँ जान्छु भनेर हिँडेको थिए,कहाँ पुगेछु।
बाटो फेरिए जस्तै सपना कहिले फेरिएछ थाहै पाइन।।