जित्न पनि सकिएन,हार्न पनि सकिएन
तिम्रो यादमा ��ुटु टुक्रा पार्न पनि सकिएन,
दिलभित्र तिम्रो तस्विर यति साह्रै गडेपछि
तिमीलाई भूलि अन्तै माया सार्न पनि सकिएन!
कसरी स���्झाऊँ
यो नबुझ्ने मुटुलाई?
हरेक बिहान आँखा खुल्दा
पहिलो खोज तिम्रै हुन्छ
हरेक रात सिरानी भिजाउँदा
अन्तिम याद तिम्रै आउँछ।
मलाई छाडेर जाँदा
तिमीले मेरो आधा सास पनि त लिएर गयौँ,
अब त यो जीवन बाँच्नु होइन
केवल मृत्युको पर्खाइमा
दिनहरू गन्नु मात्रै भएको छ।
तिम्रो नाम
अझै पनि मेरो ओठको
पहिलो प्रार्थना हो
तर विडम्बना,
त्यही ओठबाट
अब तिमीलाई बोलाउने अधिकार छैन।
कति सजिलै भनिदियौँ
___बिर्सिदेऊ मलाई,
के मुटुबाट
रगत बग्न छाडेपछि मात्रै बिर्सिन सकिन्छ र?
कि सास नै छाडेपछि मात्रै बिर्सिन सकिन्छ र?
#विनोदविनोद��
भोलिको बारेमा सोच्दा सोच्दै...
भोलिको बारेमा सोच्दा सोच्दै, हामी कहिलेकाहीँ आजलाई नै बाँच्न बिर्सिन्छौँ।
आउने दिनको चिन्ताले यति धेरै घेर्छ कि, हाम्रो हातमा रहेको आजको खुसी पनि चुपचाप टाढिँदै जान्छ।
जीवनले सिकाएको सबै भन्दा सुन्दर सत्य यही हो, भोलि कसैले देखेको छैन, तर आज भने हाम्रो आफ्नै हो।
त्यसैले भविष्यका सपनाहरू सजाऔँ, तर वर्तमानका मुस्कानहरू नहराऔँ। किनकि, भोलि सुन्दर बनाउन सक्ने शक्ति आजलाई प्रेम गर्न स���्ने मनमै लुकेको हुन्छ।
#म_अनि_मेरो_भावना
"देशमा पैसा छैन" भन्ने भाषण सुनेर युवाले सपना कटौती गरे।
तर "स्वकीय सचिव" को खबर सुनेर नेपो-बाबाहरूले खुसी मनाए! 😉
खुला प्रतिस्पर्धामा अवसर खोज्नेहरू अझै लाइनमै छन्, पहुँच हुनेहरू भने सिधै कुर्सीतिर।
यदि राज्यकोष जनताकै हो भने, यसको प्रयोगबारे प्रश्न उठाउनु पनि जनताको अधिकार हो।
झरी
झरी, मलाई पटक्कै मन पर्दैन,
छानो चुहिएकोछ,
घरका भित्ता रसाएका छन्,
अझ भनौ,
जलाम्य भएका छन् आँगन र घरका भुँईहरु,
न बस्न ठाँउ छ,
न त खाना खाने,
एकोहोरो मनमा छन् ऐठन र पिडाहरु,
गिज्याईरहेका छन् पानीका प्रत्येक थोपाहरुले,
म लाचार छु यि सबै सहनको लागी
१) 3% शैक्षिक कर
२) 3% स्वास्थ्य कर
३) 5% विद्युत भ्याट
४) 13% विद्युत भ्याट (औद्योगिक)
५) शेयर्ड राईडिंगमा 5%
६) शेयर खरिद बिक्रीमा पुँजि अभिवृद्धि कर 10%
'गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला
एक्लै तिमी नआउ म मात्तिएको बेला'
नारायण गोपालको गायनमा रहेको यो गीत र हाल विवादमा रहेको करिब करिब उस्तै आशयको दुर्गेश-प्रियङ्काको गीत। त्यो गीतको क्लास अनि यो गीतको बकवास।
हाम्रो तीब्र कलात्मक/साङ्गीतिक स्��लन कहाँ पुगेर रोकिने होला?
अदालतका निर्��यहरू हेर्दा लाग्छ भ्रष्टाचार एक सामान्य कुरा हो या सामान्य अपराध हो।यस्ता अदालती निर्णयले भ्रष्टाचार नियंत्रण हैन भ्रष्टाचार प्रोत्साहन हुन्छ।भ्रष्ट हरुले भ्रष्टाचार लाई पेसाको रूपमा लीनेछन। पैसा कमाउन ३० बर्श जागीर खानू को सट्टा ३ बर्श भ्रष्टाचार २ बर्श जेल ३० बर्श जागीर बाट कमाउने पैसाको १० गुणा कमाई भन्ने सन्देश दिनछ।