हाम्रो समाजमा छोरीचेलीको सुरक्षा र मानसिक स्वास्थ्य भन्दा पनि सम्बन्धविच्छेदपछिको कुरौटे प्र��ृत्तिले किन सधै विशेष स्थान ओगटेको हुन्छ ? परिवार जोगाउन महिलाले मात्र आफ्नो स्वाभिमानको बलि दिनुपर्छ भन्ने दरिद्र सोचको अन्त्य गरौ न !
#celebritydivorce #respectpeoplesprivacy
श्री कृष्ण भन्नुहुन्छ “मान्छेले बोलीमा हैसियत देखाएपनि व्यवहारमा असलियत देखाउछन् । यस्ता द्वैध चरित्रलाई उनिहरूकै संसारमा छोड्नु र आफु निरन्तर अघि बढ्नुमै भलाई छ ॥"
राधे राधे 🙏
छोरी / बुहारीले आफ्न�� रहर अनि सपना कुल्चिएर पित्तृसत्तात्मक प्रवृत्ति स्विकार्दै, समाजले बनाएको नियम अनुसार चल्नुपर्छ भन्ने भ्रम हरेक घरमा अन्त्य होस् साथै एक नारी अर्को नारीको समस्या कहिल्यै नबनून् ।।
तीजको शुभकामना 🙏❤️
कमजोरी आत्महत्या गर्नेको मात्र होइन, हामी हुर्केको समाज (judgemental society) को पनि हो । कसैले आफ्नो समस्या तपाईसामू पोख्ने हिम्मत राख्छ र विश्वास गर्छ भने सके साथ दिनुस् नसके टिप्पणी गर्दै नहिड्नुस् ।
#SUICIDEISNOTTHEANSWER💔
आत्महत्या पक्कै पनि समाधान होईन तर के हाम्रो समाजले मानसिक रोगीलाई अरू रोगलागे जस्तो स्वीकार्न सकेको छ? कोहि चिनेजानेको व्यक्ति डिप्रेशनको सिकार भएको छ भने विचरा भनेर कारण थाहा पाउननै हतार हुन्छ र समाजले यस्तो नजरले हेर्छ कि मानसिक समस्या हुनु भनेको कहिल्यै ठिक नहुनु हो ��
जिन्दगीको मोडहरुमा अदृश्य रुपमा घचेट्दै लडाउने हातहरु र भरोसा दिदैँ उठाँउने ति साथहरुलाई नमन 🙏 ति हात र साथले दिएका पाठ सिक्दै अघि बढ्ने क्रम जारी छ ।
#happy_guru_purnima
I have no energy to hate anybody. I literally have no space in my heart to carry that toxic bitterness around. I either love you, wish you well, or hope you heal.