प्रेम त्यति ठूलो कुरा होइन,
सानो–सानो कुरामा देखिने हो
मन दुख्दा नबोली बुझिदिनु
टाढा हुँदा पनि नजिकै छ जस्तो गराउनु हो।
समय बदलियोस्,
परिस्थिति बदलियोस्,
तर हात समातेर “म छु है” भन्न सक्नु नै
बास्तबिक साँचो प्रेम हो। 🌹
पारिजात 🌸
रातभरि फुल्छौ,
बिहानीसँगै झर्छौ,
तर सुवास छोडेर जान्छौ।
छोटो हुन्छ तिम्रो आयु,
तर सुन्दरता अमर हुन्छ
सायद फूल भएर बाँच्नु
भनेकै यही त हो,
झरेर पनि
मनमा बसिरहनु। 🤍
#owncreation#
#Dear- X users all🙏
फुर्सदमा हुनुहुन्छ भने आउनुस्,
आज अलिकति चिनजान गरौँ,
एक–अर्काको पोस्टमा मुस्कुराउँदै भेटौँ। 😊
के थाहा, यहीँबाट एउटा सुन्दर साथित्वको सम्बन्ध पो सुरुवात हुन्छ कि! 🌿
जिन्दगीमा हरेक दिन सजिलो हुँदैन,तर हरेक दिन केही सिकाउँछ।परिस्थितिलाई दोष होइन, अवसर बनाउनुहोस्।शान्त भएर मेहनत गर्नुहोस्,समय आएपछि सफलता आफैँ बोल्छ🙏💚
#मेरोभाबना#
#मेरोबुझाई#
सुख–दुःख
जिन्दगीको हिस्सा हुन्,
दुःखमा पनि
मुस्कुराउन सिक्नुपर्छ।
जे छ,
त्यसैमा खुसी खोज्नुपर्छ,
समय सधैँ एउटै
कहाँ हुन्छ र!
जिन्दगी छोटो छ,
मन खोलेर रमाउन सिकौँ,
किनकि
बितेको पल
फेरि फर्केर आउँदैन। ❤️🌿
नारीको पीडा
शब्दमा कहाँ अटाउँछ र…
ऊ त मुस्कानभित्र
हजारौँ आँसु लुकाएर
बाँचिरहेकी हुन्छे।
सबैको दुःख बुझ्ने उसलाई
उसको दुःख बुझिदिने
मान्छे कमै भेटिन्छ।
आफ्नै घरमा
पराई झैँ महसुस हुँदा,
मन टुक्रिन्छ,
यही त हो—
नारी हुनुको गहिरो पीडा। 🥀💔
सुनसान रात…
झ्यालबाहिर चन्द्रमा छ,
तर
मनभित्र अँध्यारो मात्रै
सबै निदाएका छन्,
म भने आफ्नै सम्झनाहरूसँग लड्दैछु
कहिलेकाहीँ एक्लोपन
मान्छेको अभाव होइन,
आफ्नो मान्छेले नबुझेको
पीडा रहेछ। 🥀🌙
दिनभरि सबैलाई हँसाउँदै बिते पनि,
रात परेपछि मनले आफ्नै कथा सुनाउँछ।
केही अधुरा चाहना, केही नबोलेका पीडा,
अनि केही मान्छे… जसलाई सम्झनु बाहेक केही गर्न सकिँदैन।
शुभ रात्री 🌙
भोलिको बिहानले आजभन्दा सुन्दर मुस्कान ल्याओस्।
🌸💚🙏
बुहारी भएर घर त आएँ,
तर छोरीजस्तो कहिल्यै हुन सकिनँ।
सबैलाई आफ्ना ठानेर मन दिएँ,
तर मेरो मन बुझ्ने कोही भएन।
हाँसेर सहँदै गएँ,
रातमा सिरानी भिजाउँदै गएँ।
घर त यही हो मेरो…
तर कहिलेकाहीँ लाग्छ,
म नै यो घरकी मान्छे होइन छु। 🥀
आजको दिन
विशेष थियो
तर
मन भने
उस्तै उदास थियो
वरिपरि उज्यालो थियो,
भित्र कतै अँध्यारो
बसिरहेको थियो।
सबै सँग हाँसेँ,
तर
आफ्नै मनसँग हारिरहेँ
शुभकामना का शब्दहरू आए,
तर एउटा
आफ्नोपनको आवाज आएन 🥀
एक्लोपन
भीडले भरिएको संसारमा,
मेरो साथ भने मेरो सास मात्रै छ।
हाँसो ओठमा टाँसिएको छ,
तर आँखा भित्र
वर्षौंदेखिको वर्षा छ।
रातले मेरा कुरा बुझ्छ
चन्द्रमाले मौन उत्तर दिन्छ।
मानिसहरू नजिकै छन्,
तर आफ्नोपन
कतै हराएको छ।
सायद एक्लोपन सजाय होइन
मनलाई चिन्ने एउटा यात्रा हो