म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक ।पार्टीको खास नाम अनुसार । आज रास्वपामा कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दा माथी कोहि छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु । कृपया मिडियाका साथीहरुले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिँड रवि लामिछाने क्लवका सदस्यहरुको हो ।
रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा “विधिको शासन” ।🔔
दसकौ देखि जलेका नागरिकको पिडा बुझाउन कुनै सरकारको ढोका ढकढक्याउन छोडिन। युवा मन्त्री @paudelpradipNC ले मेरो गुहार र जलेका को छट्पटी आत्मसात गर्नु भयो।शुक्रबार को क्याबिनेट बाट मेरो प्रस्ताव पास भयो।कार्यान्वयन पक्ष जटिल होला तर सबै मिलेर यो पनि गरिन्छ। https://t.co/DPougHkCHP
लौ हेर्नु होस्,भारतका बडे दाजुहरुले त्रिबेणीको गण्डक नहर बाट नेपालको बाटो भएर कति पानी लगिरहेका रहेछन् भन्ने भिडियो। अनि आज बिहान मैले दाजुहरुले पानी नदिएको हुनाले सुक्खा भएका नेपाली नहरको भिडियो पनि पोष्ट गरेको थिएँ । दाजुहरुले बहुत अन्याय गरे कै हो। कम से कम १५ प्रतिसत पानी तो छोड दिजिए - बिनम्र बिन्ती कर्ता हुँ बडे दाजुहरु, क्यो कि हमारे सरकार बोल्ती नहि है।
बिहानीको ३ बजे,..
निन्यारो आँखा पार्दै एक बिवस बुबा, ईमर्जेन्सीको रातो जोनको
(रातो जोनमा निकै जटिल बिरामी राखिईन्छ) शैयामा लम्पसार परेको आफ्नो १२ वर्षे छोरोलाई हेर्दै भन्छन्! "होस् भैगो, अपरेसन नगर्ने, बिदा दिनुस् , घरै लैजान्छु !"
३-४ पटक सम्म काउनसीलिङ गर्दै, अपरेसन को चाँजो पाँजो मिलाउँदै हस्याङपसयाङ गर्दै गरेको डाक्टर म "हैन बुवा, तपाईं किन बुझ्नुहुन्न !! सबै लक्षण चेक जाँच गर्दा उसको आन्द्रामा प्वाल परेको करिब २२ घण्टा बितिसकेको छ र फोहोर पानीले शरीरमा शङ्क्रमण सुरु भईसकेको छ। प्रेसर घट्न थालिसक्यो ! तुरन्तै अपरेसन भएन भने ज्यानको खतरा छ।"
"अपरेसन गर्दा पनि ज्यान खतरा छ भन्नुभएको होईन त !?
" हो ! अपरेसनमा जोखिम छ ! जोखिम त हुन्छ नै। तर अपरेसन भएन भने उस्को ज्यान जाने निश्चित छ। तुरन्तै अपरेसन भएमा ज्यान बचाउन सकिन्छ, जोखिमहरु यी यी हुन् .....(मैले सबै जोखिमहरु सरल भाषामा बुझाए) जुन भवितव्य हुन् ! नहुने सम्भावना बढि छ तर हुदैन भन्न सकिन्न ! तर अपरेसन नगरे त ज्यान जाने पक्का नै हो । किन नमान्नुभएको ? समस्या के भो भन्नुस् त !"
भाव विवहल हुँदै त्यो लाचार बाबु बोल्छन् "पैसा छैन डाक्टर साब !हामी गरिब मान्छे।" (यो भन्दै गर्दा उनको बोली सर्किए जस्तो , श्वास अड्किए जस्तो भएको महसुस हुन्छ)
म भन्छु "धत् ! यस्तो कुराले पनि ज्यान जोखिममा राख्ने हो त ! हेर्नुस् यहाँ तपाईलाई कसैले पनि अहिले तत्कालै पूरा पैसा जम्मा गर् भन्दैन ! पैसा बिस्तारै खोज्दै गर्नुस् , मिलाउदै गर्नुस्। अपरेसन हुँदै गर्छ। नआतिनुस्। पैसो छैन भन्दैमा कुनै पनि बिरामीले यस अस्पतालबाट बिना उपचार फर्केर जान पर्दैन। "
उनले मेरो कुरा नपत्याए झै गरे। ठाऊँ ठाऊँका अस्पतालमा ढाड सेकिने गरि महँगा बिल र बेड चार्ज देखेका , तिरेका त्यहि गरीब बाबू फेरि बोल्छन् " म गरिब मान्छे, खै कसरी गरुँ, डिस्काउण्ट मिलाईदिनस् न है उपचारमा !"
"अरे बाबा ! कति चिन्ता लिनुभएको !? अपरेसन चाहिँ ढिला नगरौँ। ल यो भिडियो एक्सरे र यो रगत जाँचको पनि बिल भर्नु पर्दैन अहिले !! अरु पछि बिस्तारै मिलाऊला ! तपाई पनि बिस्तारै भोलि पर्सि तिर यता उता पैसा खोज्नुस् । हामी पनि यता मिलाउम्ला ! अहिले भने अपरेसन शुरु गरौँ। तपाईले निर्णय लिन जति ढिला गर्नुहुन्छ, छोराको स्वास्थ्यमा जोखिम त्यति बढ्दै जान्छ।"
(फोनमा ल्याब सँग... सुन्नुस् न यो बिरामी सँग पेसो नै छैन । बिरामी सिरियस छ।तुरन्तै OT लान पर्ने। बिल नखोजि रिपोर्ट दिईहाल्नुस् है। पछि मिलाम्ला)
रातीको २ बजे ड्युटी नभएपनि मेरै अनुरोधमा भिडियो एक्स्रे गर्दिन भनी अस्पतालसम्म आएका अर्का डाक्टर सँग मैले फेरि अर्को अनुरोध गरे "सर हेर्नुस् न, पैसा नभएर अपरेसन नै नगर्ने रे ! सर यो बिल नतिराम् है।"
"ल ल , भईहाल्छ नि !"
अघि सम्म होस् मरे पनि बरु घरै लान्छु भन्ने बुबा अब भन्छन् " ह्वस डाक्टर साब, मैले शहीछाप दिए। अपरेसन गर्दिनुस्। तर मेरो एक्लो छोरो हो... म पनि अपरेसन हेर्न आउँछु है!"
"धत् अपरेसन कोठामा त कहाँ आउन मिल्छ त !.. सङ्क्रमण फैलिन्छ नि... आदि ईत्यादि। तपाईहरु यहिँ बस्नुस्। नआत्तिनुस् न। हामी खबर गरौँला"
आन्द्रामा प्वाल परेको निकै समय भएको ले पूरा पेट सफा गर्ने, सङ्क्रमणको जोखिम हटाउने, प्वाल टाल्ने आदि गर्दा ४ घण्टा लाग्यो। अपरेसन पश्चात् अपरेसन कोठा बाहिर जाँदा .... घण्टौ सम्म छटपट छटपट गर्दै , प्रार्थना गर्दै बसिरहेका त्यहि बाबु ढोकामै रहेछन्। " डाक्टर साहिबा ! कस्तो भयो?? होस् आयो ?? म हेर्न जाम् ?"
"पख्नुस् न पख्नुस्। अपरेसन राम्रै भयो। होस पनि आईसक्यो। अब आधा घण्टापछी तल वार्डमा सार्छौ त्यहि भेट्नुस् न है बुबा"
आँखाभरी आँसु पार्दै फेरि ती बुवा बोल्छन् "तपाईहरुलाई धैरै धेरै धन्यवाद।"
"हैन हैन, यो त हाम्रो काम नै हो!"
यति भन्न नपाउँदै मेरो ड्युटि फोन बज्यो "काठमाडौँ धूलीखेलको बाटोमा टिप्परले बाईकलाई हानेर २३ वर्षीय युवाको दुर्घटनाको केस छ। फोक्सोको झिल्लीमा हावा पसेको, अक्सिजन घटिरहेको छ। तुरन्तै छातीमा पाईप हालीहाल्नुपर्नेछ।
"पाईप हाल्नलाई सबै सामान रेडी गर्नु, OT सम्म ल्याउन भ्याईदैन, त्यहीँ ईमर्जेन्सीमै गरम्ला" एक हातले फोन समाएर यति भन्दै अर्को हातले OT मा लगाईएको मास्क, क्याप खोल्दै, ईमर्जेन्सी कक्षतिर दौडिहाले ....
चाहे मध्य रातको बाह्र बजोस् या झिसमीसे बिहानीको तीन !
चाहे हातमा पैसा होस् या खोज्नुपरोस् ऋण !
केवल पैसा नभएको कारणले,
केवल गरिबिको कारणले,
ज्यान गुमाउनु पर्ने नआओस् कसैको दिन!!
यो मेरो मात्र होईन, हरेक स्वास्थ्यकर्मीको बोली हो,
म त केवल सेवक, शुलभ गुणस्तरीय स्वास्थ्यको भोलि हो !!
घटना : धुलीखेल अस्पताल
सर्जन डाक्टर तोसिमा कार्की
#डाक्टर #सर्जन #बिरामी #स्वास्थ्यक्षेत्र #सत्यघटना #SurgeonStory
#DrToshimaKarki
किन हेर्छौ ऐेना
आफु भिन्न जस्तो लाग्छ ?
अनुहार हेर्दा त कसैले छोरी
दिन्न जस्तो लाग्छ
हिजो सपनामा छोरोले
यहि भनेर गयो
तिम्रो एक्लोपन देख्दा
म जन्मिन्न जस्तो लाग्छ... 😉😜
नेपालकाे बिडम्वना नै यहि हाे !
रातदिने मेहनत गरेर पढने खरदार हुने तर शिक्षक कुट्ने, कलेज आगाे लगाउने, ढुङ्गामुढा गर्ने चै सांसद र मन्त्री हुने!
लाेकतन्त्रकाे नाममा याे भन्दा भद्दा मजाक अरु के हाेला ?
अर्मला छेउछाउका बासिन्दाले मुर्दावाद भन्दा पनि केपी बा भन्न छुटाएनन्। र त, जारी एमालेको दुई हजार किलोमिटर लामो मध्यपहाडी संकल्प यात्रा ‘बा ब्रान्डिङ’ कै निरन्तरताजस्तो देखिएको छ।
https://t.co/VmsqgrLWjW BY: @aksharkaka
मलाई नेता मनपर्दैन ,
तिमीलाई नि त मनपर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन ,
तिमीलाई के पि ओलि मनपर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेर बहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचन्ड मनपर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
"मैले गलत गरेकाे छैन.., मलाई गलत हुन हुदैन भन्ने कुराले मलाई आट दिन्नछ।।" सुन्दै कस्ताे आनन्द लाग्याे।।
छिट्टै असफल ताकाे कथा वाट सफलताकाे कथा सुन्न पाईयाेस, शुभकामना!!
@cbidhya@hernekatha