मेराे नयाँ लेख : समानुभूतिको खडेरी भएकाे यस समयमा मानिसमा समानुभूतिको मात्रा बढाउने यस्तो व्यायाम (empathy gym) यो देशमा यतिखेर सबैभन्दा बढी प्रधानमन्त्री बालेन्द्र शाहलाई चाहिएको छ। https://t.co/e3n3Mif9qY
योजनाबद्द रूपमा ‘शङ्कास्पद पार्किङ’ गरिएका ५ वटा गाडी जरिवाना गरेर चालकको जिम्मा लगाइएछ र तिराइएछ ५०० जरिवाना, आरोपमा लेखियो अनधिकृत पार्किङ।
दिनभर आतंक मच्चाउने सवारी धनी र चालकलाई कति सजिलै छाडि दिएको होला ?
आज बिहानैबाट कान्तिपुर, अनलाइनखबर, हिमालय टिभीलगायतका सञ्चार–गृह एवं प्रतिपक्षी पार्टीका प्रमुख गगन थापाको घरमा एकसाथ गाडी तेर्स्याएर जुन प्रायोजित नाटक मञ्चन गरियो, त्यसको खास उद्देश्य प्रश्न गर्नेहरुको मुख थुन्नु थियो । अर्को उद्देश्यचाहिं, diversionary tactics सँग सम्बन्धित रहेको देखिन्छ ।
यो घट्नालाई सत्तारुढ रास्वपा स्वयंले ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेको छ । सरकार रास्वपाकै छ, उससँग सूचना पनि होला, त्यसैले आधिकारिक वक्��व्यमै यति भनिसकेपछि त्यो शंकास्पद गतिविधि कसले गरेको रहेछ ? यो कुरा पनि खुलाइदिए उत्तम हुन्थ्यो ।
यो किन पनि भने, त्यसरी शंकास्पद ढंगबाट राखिएको एउटा गाडीका मालिक त रास्वपाकै नेता रहेछन् ।
जहाँसम्म diversionary tactics को कुरा छ, योचाहिं राजनीतिक चालबाजहरुले बेलाबखत खेल्ने पुरानै मनोवैज्ञानिक अस्त्र हो । यसको उद्देश्य हुन्छ— मुलुकमा जुन मुद्दामाथि चर्को बहस चलिरहेको हुन्छ, सरकारको आलोचना भइर��ेको हुन्छ, त्यसलाई थाहै नपाई अर्कोतिर मोड्न खोज्नु !
हामीकहाँ अहिले बलपूर्वक विस्थापित सुकुम्बासीहरुको आँशुको भेल रोकिएको छैन । बागमतीदेखि कीर्तिपुर हुँदै खरिपाटी पुग्दासम्म उनीहरुको किस्ताबन्दीमा विचल्ली भइरहेको छ । सुकुम्बासीका पक्षमा आवाज उठाएको निहुँमा सक्कली जेनजी माजिद अन्सारीलाई पिट्दै, हुत्याउँदै, गालीगलौज गर्दै बिनापूर्जी कव्जामा लिइएको छ । गणेश नेपालीबाट सुरु भएको आत्मदाहको सिलसिलाले सम्पूर्ण राष्ट्र रोषमा छ ।
यी बिषयहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाउन थालेपछि, यसैबेला गाडी–काण्ड गराएर ‘अटेन्सन डाइभर्ट’ गर्ने कोशिश गरिएको छ । सबैले थाहा पाउने गरी खुल्लमखुला ढंगबाट गरिएको यो हर्कतमार्फत् मिडियाको मुख थुन्न खोजिएको त छँदैछ ।
तर सूत्राधारहरुले कस्तो नबुझेको— यस्ता पुराना फर्मूलाहरु अब काम लाग्दैनन्, जो २०६१ माघमै आउटडेटेड भइसकेका छन् !
“तपाइँहरूलाई फाँसी दिइने भएकाले आफूलाई झुण्ड्याउने डोरीसहित टुँडिखेलमा भोली उपस्थित हुनुहोला भने पनि हामी लाइन लागेर डोरीसहित उपस्थित हुनेछौं”।
“सम्पत्ति विवरण बुझाउनु भो?” भन्ने प्रश्नमा एक मित्रको जवाफ!
सठीक!!
दुई बर्षअघि सडक विभागको गेट अगाडि फोहोर थुपारियो र आज मिडियाका गेट अगाडि गाडी थुपारियो। यि घटनाले पुरानो विज्ञापन याद दिलायो… "हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानू।" 🐘 🟰🩴
😅
गणेश नेपालीको आत्मदाहको एउटा मात्र कारण आम नेपालीले तिर्न नसक्ने जरिवानाको रकम मात्र हो है त। लम्वेतान आख्यान न छोडौं। प्रहरीका अमानवीय ब्यबहार त नागरिकले स्विकार गरै कै छन्। प्रसरीले मीठो र आदर साथ बोलेछन् र न्यायोचित काम गरेछन् भने अ���हज महसुस गर्छन् नेपाली नागरिक ले।
आज वालेन्द्र जहाँ बसेर कमजोर नागरिकमाथि राज्य शक्तिको दुरुपयोग गर्दा सुरक्षित महसुस गरिरहेका छन्, हिजो २०८२ भदौ २४, दिउस २ बजेसम्म केपी शर्मा ओली त्यहीँ थिए। त्यसैले सम्हालिऊ बालेन सरकार! नत्र हेलिकप्टरमा भाग्न पनि नभ्याइएला।
https://t.co/0Eg0Z9NbuX
आत्महत्या र आत्मदाह र बीच गंभीर अन्तर छ।
पहिलो आफू र परिस्थितिप्रति चरम निराशा र विकल्पहीनताबाट निस्कन्छ!
दोस्रो राज्य, पद्धति र परिस्थितिप्रतिको विद्रोहबाट जन्मन्छ!
अब पहिलो भनेर पन्छिनुस् वा दोस्रो सम्झेर सच्चिनुस्!
तपाइँको हातमा!!
बालेन्द्र साहले आफु बारे आफैले स्ट्याटस पहिले नै लेखेको रेछंन !
यो देशले सज्जनलाई लाचार बनाउछ,
लाचारलाई मर्न बाध्य बनाउछ,
मर्न नसकेकोलाई अपराधी बनाउछ,
अपराध पछी आफु उठ्ने माध्यम बनाउछ ।
यो देशले मुर्दाघर बनाउछ,
बाच्ने ठाउँ दिदैन, प
रीस्थितीले लाशको दर बनाउछ,
मान्छेलाई भाउ दिदैन ।
गृहमन्त्रीको भिडियो खिच्ने टोली अस्पतालदेखि एयरपोर्टसम्म हुनेरछ ! सबै काम भिडियो खिच्नका लागि मात्र गर्ने हो ! हुनत: अल्गोरिदम मेन्टेन गर्नुपर्ने होला !
एउटा चट्ट परेको स्ट्याटस हेर्न चाहन्छु ,
एउटा लट्ठ परेको उपहास हेर्न चाहन्छु ,
बित्ने त बितेर गयो
बाच्नेको अट्टहास हेर्न चाहन्छु ,
तिमि मरेर मलाइ के भो र चमेली
म नेपाल हासेको हेर्न चाहन्छु !
ट्राफिक प्रहरी/महानगर प्रहरीको जरिवाना ट्राफिक व्यवस्थापन गर्न हैन कि नागरिकउपर दुःख थप्दिएर राजस्व असुल्नु बनेको छ।
जरिवाना ट्राफिक व्यवस्थापनका लागि कि नागरिकलाई टर्चर गरी असुल्ने ट्याक्स?
MT शरीरमा पेट्रोल छर्केर अस्पतालमा छट्पटाइ रहेका मुगुका गणेश नेपालीको बारेमा कोई बोल्यो ? त्यो ज्याकी स्राफ स्टाइलले हिड्ने अनि गेट अप गर्ने माननीय बोले ? रातोपुलबाट हाम फालेर मृत्युवरण गर्न बाध्य महिलाका बारेमा हरियो निलो रातो पहेलो साडी लगाएर महिला अधिकारदेखि दुनिया अधिकारको डिङ्ग हाक्ने सफेदपोस महिला नेत्रीहरुको वाणी फुट्यो ?
बोल्न र सवेदना देखाउन र वाणी फुट्न के मा��्छे कांग्रेस एमाले माओबादीकै पालोमा मर्न पर्ने हो ?
देश छ भिखमङ्गा, नागरिक केदारनाथको उकालोमा मान्छे ��ोक्नेदेखि विदेशमा रगत-पसिना बगाउन बाध्य नागरिक कत्ति हो कत्ति ! नागरिकको अौकातउपर जरिवानाको अत्याचार किन परपिडकहरू?
एल्गोरिदमको उपयोग क���री गरिन्छ भनेर बुझ्नु भयो त ? प्रेम आचार्यले आत्मदाह गरे, कति ठूलो कोलाहल भयो थाहा नै छ ! आज राज्यले एउटा युवालाई आत्मदाह गर्न बाध्य पार्यो तर उनको नाम धरी कसैलाई थाहा छैन ! आजको आत्मदाह ट्राफिक नियम उलङ्घन गर्नेले हजारौं देखि ��ाखसम्म जरिवाना तिर्नु पर्ने भनेर गरिएको मिडिया ट्रायल र निरङ्कुशता उन्मुख राज्य संयन्त्रको संयुक्त प्रयासको उपज हो ।
आत्मदाह गर्ने भाइको शीघ्र स्वास्थ्यलाभको कामना सहित !
गिरिजाप्रसाद कोइरालाले कांग्रेस प्रजातान्त्रिक मर्ज गरेर के भो?संविधानसभा चुनाव बुरी तरह हारिहाल्यो।हरेक नियुक्तिमा६०-४० को भागवण्डा,कमजोर पार्टी/सरकार नेतृत्व, झनझन विकृत/भ्रष्ट अभ्यास। अन्ततः अर्को शक्तिको उदय र कमजोर पार्टी ! भएको यही हो। कथित एकताले पार्टी झन कमजोर हुने हो!
चमत्कार गर्न अग्रसर सरकारको कामहरुको ताँती जतिसुकै लामो भएपनि सुकुम्वासी बस्तीमा गरिएको इन्द्र बहादुर राइ, रविन तामाङ र भेेषराज दर्जीको हत्या सत्ताखलकको सयदिने उपलब्धिमा किन छुटाएको ?