वर्तमान संसद्मा रहेका राजनीतिक पार्टीका जेन वाइ उमेरका नेताहरू तुरुन्त आफ्नो पार्टीको शीर्ष न���तृत्वलाई गलहत्याउने प्रक्रियामा लागिहाल्नुस् र पार्टी शुद्धीकरण गर्नुस् । होइन भने तिनले गरेका चरम भ्रष्टाचारको सती गएरै तपाईँहरूको सङ्घर्षपूर्ण राजनीतिको पनि अन्त्य हुने छ ।
@sujnpandey काम गरेकै त थिए नि । नानी घरमा बसेर बोलेजस्तो छैन ���ो देशमा काम गर्न । भूराजनीतिक अवस्थाको अध्ययन गर अनि बोल यसरी । फतरफतर नगर । विचार विश्लेषण गर । अलि राम्ररी सुन । व्यक्ति खराब हो भन्ने धारणा बनाएपछि राम्रो कुरा र काम पनि नराम्रो लाग्छ नानी ।
मेरो ��िचारमा
पहिले प्रधानमन्त्री र मन्त्रीहरूको नाम टुङगो लगाउने
अनि नियुक्त गर्ने र शपथ ग्रहण गराउने।
तत्पश्चात राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिश अनुसार गर्ने।
मन्त्रिपरिषदले आगामी निर्वाचन छ महिनामा गर्नसकिने नसकिने टुँग्याउने।
अनि मात्र संसद विघटन गर्ने नगर्ने कुरा हुन्छ।
यो सरासर गलत र भ्रामक समाचार हो।
हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ।
यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला।🙏
यो देश रातको समयमा लुकेर अमुक शक्तिको उपस्थिति वा ईशारामा गरिने निर्णयहरूबाट ग्रस्त छ । यसपालिको ऐतिहासिक निर्णय रातको समयमा नहोस् । कम्तीमा एउटा आशा यत्तिले पनि जगाउनेछ ।