आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
केपि ओलि बारे आफ्नै सहकर्मीहरुले के के भनेका थिए !
अहिले कुन पार्टीमा छन ?😎
सुनौ उहाँले लगाएको आरोप र बोलेका शब्दहरु...
१. योगेश भट्टराई
२. भिम रावल
३. बिष्णु रिजाल
४.अस्टलक्ष्मी शाक्य
५. सुरेन्द्र पाण्डे
६. घनश्याम भुसाल
यसरी ठहरै हुने गरि घुचुक्क हान्दा पनि यो अझै बकबक मात्रै गर्छ। यस्ता लाई जिताएर पठाउने मतदाताले पनि आफ्नै हातमा दिनको १० पटक थुक्छ्न होला अहिले। भुसडि झोलेहरुको फेरि पिँध पोल्ने भयो।
न ब्यानर बोकिएको थियो, न नारा लगाइएको थियो, न जुलुस गरिएको थियो, बालुवाटारको गल्लीमा समूहमा र कसैलाई त एक्लै हिँडिरहेको बेलामा बलजफ्ती गरेर मुक्का समेत हानेर पक्राउ गरिएको छ। सांसदहरूलाई र आन्दोलनमै नआएका आम नागरिकहरूलाई समेत हिँडिरहेको बेलामा मुक्का हानेर पक्राउ गरेर लगिन्छ भने यो लोकतन्त्रमाथिको प्रहार गृह प्रशासनले नै किन गरिरहेको छ प्रश्न सोध्न चाहन्छौं। पक्राउ गर्ने क्रममा राष्ट्र बैंकमा नोट साट्न आएका आम नागरिक समेतलाई पनि पक्राउ गरिएछ। तपाईँहरूले ल्याउनुभएको लोकतन्त्रमा नागरिकहरूले प्रश्न पनि सोध्न नपाउने हो?? यो तानाशाही यो ज्यादती प्रवृत्तिले नागरिकहरू माथि दमन कहिलेसम्म गर्छौ? तिम्रो दुई तिहाईको दम्भले कति जनप्रतिनिधि र नागरिकहरूको आवाज थुन्ने दुस्साहस गर्छौं ? यो नसोच्नु कि हाम्रा १०-२० जना पक्राउ गर्दैमा तिमीहरुले हाम्रो आन्दोलन तुहाउन सक्छौ ! यो एक रविको लागि उठेको आन्दोलन होइन यो सम्पूर्ण सहकारी पीडितहरूको न्यायको लागि उठेको आवाज हो। यो सम्पूर्ण भ्रष्टाचारका काण्डहरूबाट तिमीहरूलाई जरैबाट उखेल्न र तिमीहरूको दबदबाबाट यो मातृभूमिलाई जोगाउन उठेको आन्दोलन हो। नागरिकहरूले नजिकबाट नियालिरहेका छन्, तिमीहरूले कसरी शक्ति र सत्ताको दुरुपयोग गरिरहेका छौ। कहिलेसम्म नागरिकको खुन-पसिनाको कमाइ र करबाट तिमीहरूको घर, सत्ता र सरकार चलिराख्ला, हामी पनि हेरौला !!
#निलोक्रान्ति