समयसँगै सबै कुरा बद्लिदै जाने रहेछ,
सम्बन्ध, माया, भरोसा, आत्मियता...
अब त
तिमि पनि बदलिएर जाने त हौ!
मात्र प्रतीक्षा बाँकी रहन्छ!
#यो जिन्दगि खोई के जिन्दगि
# शुभबिहानी शुभदिन 😍🙏
मुक्तक
तिमी लाई अली अली घुर्काउनुको मज्जा बेग्लै छ !!
साच्चि तिमी रिसाएसी फुर्काउनुको मज्जा बेग्लै छ !!
भनिन्छ नि सम्बन्ध विस्वासले सुन्दर हुने गर्छ भनेर,
तर मायासंग थोरै शंका हुर्काउनुको मज्जा बेग्लै छ !!
@चक्लेटी 💕💕
मुक्तक
अाँखाअाँखाले बात गराैँ न के फरक पर्छ र
मायाकाे गरिहाइ भराैँ न के फरक पर्छ र
तिमि हेरि राख्नु म यसै निहुरेर लजाउँछु
हात थामेर अघि सराैँ न के फरक पर्छ र
मुक्तक
ए हुन्न हुन्न भन्दा भन्दै तान्यौ तिमीले !!
छातिनिरै मायाको तिर हान्यौ तिमीले !!
चिन्नु जान्नु छैन हेर कस्को छोरालाई,
अरु छाडि मलाई किन छान्यौ तिमीले !!
✍️चक्लेटी 💕💕
कति दम छ है तिम्रो बोलिमा दिनभरीको थकान र तनाब पनि मिठो मुस्कान र मायालु बोलिमा सबै हराए जान्छ !सायद नजिकिने बहाना हो कि दुवैको चाहना हो,बाटो देखाउन प्रिय 😄 !#जय श्री कृष्ण ❤️
यस्तै हो संसार आमा !
बिनाआदेश नै घाँम झुल्कन्छ
फेरि आङ् न्यानो हुँदाहुँदै
बिना अनुमति बादलले छेक्छ
किसानलाई नसोधेरै बाँदरले खेती बिगार्छ
बर्षादको बाढीले खेती बगाँउछ
कसैलाई नसोधि संसारमा धेरै थोक भइसक्छ
आमा !तिमीलाई नसोधी धेरैथोक भैसक्छ👇️👇️
हो छोरी भइ जन्मिनु अभिशाप भएपछी
के हुन्छ कसो हुन्छ, मनमा ताप भएपछी
मानवता नै हराउने, कस्तो कामुकपन हो
दाजु भाइ र आफन्त बाटै, पाप भएपछी
#विवश🔥
#बलात्कारी_लाई_फाँसी_दे🌼
शृंगारमा गजल
न हिरा न मोती न सुन चॉंदी जडित हुन्छ
यो प्रेम हो यहॉं दुई आत्मा समर्पित हुन्छ
तिम्रो नयनमा, नजरमा, गुलाबी अधरमा
र आवाजमा कस्तो सुरताल संगीत हुन्छ
जब तिमी प्रश्न गर्छ्यौ नजरले नजर संग
आफ्नै मन हो आफै संग अनुत्तरित हुन्छ
तल २ सेर है 👇🙏 #शुभप्रभात
लाली पाउडर होइन छुरा बोकि हिंड
प्रतिरक्षा गर्ने सामान पूरा बोकि हिंड
नांगिएर बांगिएर सुन्दर हुंदैनन कोहि
लैंगिक हिंसा बिरुद्द, कुरा बोकि हिंड
थैलिको मुख बन्द गरे, चोर पस्ने छैन
परि आए रेट्न सक्ने चुरा बोकि हिंड
बिश्वास अनि भरोसा, आफैलाई गर्नु
बिन्ति! हात पाखुरा, सुरा बोकि हिंड
जुन थालमा खायो तेहि थालमा छेद भने झै । सरकारको नुन खाएर सरकारकै ढुकुटी मास्ने ती प्रदेश ५ काङ्ग्रेस नेता हरु लाई के गर्नु
तिनी हरु लाई त संसदमा बस्दा चिसो छिडीमा राख्नु पर्ने। मुर्खहरु।अनि महामुर्ख ती जनता जस्ले तेस्ता लाई भोट गरे।😔
मान्छे कतिसम्म क्रुर हुनसक्छ, त्यो बारे मस्तिष्कमा सोचाइको पनि एउटा पिँध हुन्छ ।
त्यो पिँधभन्दा पनि तल्लो स्तरमा पुग्ने खालका बलात्कारका श्रृङ्खलाहरुले आङ सिरिङ्ग गराएको छ ।
राज्यको भूमिका न्याय र कानूनमा केन्द्रित हुनपर्नेमा किन सधैँ बलात्कारप्रति हलुका र बेवास्ताको टिप्पणी !!
ज्यामितिमा फेल भएका नरपिचास पाँच नम्बर प्रदेशको केन्द्रबिन्दु बुटवल देख्दैछन्।संरचना मानव निर्मित कुरा हाे ।नेपाल भन्दा विगतमा अविकसित देशहरु अहिले नेपाल भन्दा विकसित छन्।तर चीन र भारत भन्दा रुस र अमेरिका दुरीकाे हिसाबले कहिल्यै नेपाल भन्दा नजिक हुन सक्दैनन्।
जिवनमा प्रेम र घृणा दुबै कुरा आवश्यक छन । किनकी प्रेमले जिवनमा प्रेरणा र उर्जा मिल्छ भने घृणाले जिवन सहज वनाउने पाठ र #जुनुन ...तर दुबै उपलब्धिमुलक विषय हुन ।
#शुभविहानि 🙏☕️
#शुभदिनको_कामना
घर जलेको देख्छ मन जलेको को देख्छ
मेरै मन भित्र मेरै चिता बलेको को देख्छ
आफ्नै आखाको पनि भर हुंदैन यदाकदा
पात चलेको देख्छ हावा चलेको को देख्छ
चुरा फुट्दै गर्दा अनि सिंउदो पुछिंदै गर्दा
मेरी आमाको जिन्दगी ढलेको को देख्छ
#शुभप्रभात