देश डुबोस्, टुक्रियोस्, रित्तियोस् या त जनता कोरोना र भोकमरीले मरुन केहि मतलब छैन तर अरिंगाल सेना र अन्धभत्तहरु लाई अझै पनि विश्वास छ कि एक दिन साडे गोरुले दुध दिन्छ !!
@manishjhanepal@RohanPoudel33 तपाईं जस्तो विचार र निष्ठा भएको नेतालाई पाखा लगाउन सिंगो समूह नै एकजुट हुनु निन्दनीय र षड्यन्त्रपूर्ण अभ्यास हो। विधि र पद्धतिको कुरा गर्ने पार्टीलाई आखिर कता लग्न खोजिँदैछ? यो निर्णयले आम कार्यकर्ता र समर्थकलाई निराश बनाएको छ।
आजकै मितिदेखि म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्य समेत नरहने गरी पूर्ण रूपमा अलग भएको घोषणा गर्दछु। अहिलेसम्मको यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद!
@kpdhungana १.आर्जु लाई मुद्वा लाग्दैन
२. मुद्वा लागि हाले पनि प्रमाण पुग्दैन
३. प्रमाण नै भए पनि यो सरकारले कारबाहि गर्न सक्दैन
४.रवि से आगे बालेन, बालेन से आगे सुदन , सुदनसे आगे आर्जु !!
@thapagk@hamrorabi बधाई र शुभकामनाभित्र पनि 'वैचारिक स्पष्टता र जवाफदेहिता' को कूटनीतिक सुझाव दिन सक्ने नेता नै गगन थापा हो ! राजनीतिक संस्कारको उत्कृष्ट नमुना।जय नेपाल ॥
@ShahBalen भ्रष्टाचार गर्नेहरूलाई २-४ दिन समातेर, सोधपुछको नाटक गरेर, भित्रभित्रै सेटिङ गरेर चोख्याउने काम बन्द होस्। छानबिनलाई अन्तिम टुङ्गोमा पुर्याएर कडा कारबाही हुनैपर्छ। जनताले भ्रष्टाचारी जेल परेको हेर्न चाहन्छन्। एक्सन कडा होस्, खुट्टा नकमाइयोस! ✊🔥 #StopCorruption#ActionBalen
म 'चोर' हो, तर तिम्रो 'चोरी' पनि म पत्ता लगाउँछु। नेपालमा राजनितीलाई यो भन्दा बढी 'अराजनीतिक' भाषा र ढंगमा कहिल्यै सुनिएको र देखिएको थिएन।
नयाँले 'नयाँ' नै गरे। हाम्रो परम्परामा 'नाँगिनु' पनि 'नयाँ' हो। तर 'नाँगो' र 'नयाँ'मा फरक हुन्छ।
BYD बारे २ समाचार:
१. रसुवागढीमा गाडी भन्सारमै नआईकन जेठ १४गते भन्सार पास। करोडौँ छली।
२. कोराला नाकाबाट जेठ १२ र १३को भन्सार पासको कागत बनेका ६०० गाडी सशस्त्रले समात्यो।
२ प्रश्न:
१. वर्षौँदेखिको BYD को ठगीका समाचार ठुला मिडियामा किन आएन?
२. रसुवामै सेटिङ भइभइ कोराला चैँ किन?
😕
@hamrorabi@DrSJaishankar स्वागतको त्यो रातो कार्पेट, बिछ्याउनेको जाल हुन सक्छ,
मख्ख नपर फूलको गुच्छामा, भित्र लुकेको भाल हुन सक्छ।
खिल निकाल्ने दाउ हो भने, दिल्लीको 'फूल' सँग जोगिनू,
माग्नुपर्ने देशको हित थियो, आफ्नै पो त बेहाल हुन सक्छ !!
@hamrorabi स्वागतको त्यो रातो कार्पेट, बिछ्याउनेको जाल हुन सक्छ,
मख्ख नपर फूलको गुच्छामा, भित्र लुकेको भाल हुन सक्छ।
खिल निकाल्ने दाउ हो भने, दिल्लीको 'फूल' सँग जोगिनू,
माग्नुपर्ने देशको हित थियो, आफ्नै पो त बेहाल हुन सक्छ !!
यस्तो पहेँलपुर सम्पत्ति विवरण हाम्रा श्रीमतीज्यूहरूले नदेख्ने गरी प्रकाशन गर्न मिल्दैन ?
साँच्चै हो कि मान्छेका घरबार बिगार्ने खेलोमात्रै हो ?
कम्तिमा किड्नी बेचेर पुग्नेसम्म त हुनु नि !
के गर्ने होला ?😀