एक मित्र भर्खर कैलाश मानसरोवर पुगेर फर्किए । उनको अनुभवमा भारतीय पासपोर्ट धारी भन्दा निकै ईज्जत छ, नेपाली पासपोर्टधारीको चीनमा। तर नेपालपट्टीको सीमा क्षेत्रको दयनीय अवस्थाले साह्रै चित्त दुखाउँछ रे । @ShahBalen सरकारको ध्यान जालाकी ! @moha_nepal
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनु���वको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
विद्वानहरू जिरह गर्दैछन् - एउटा देशले अर्को देशको जग्गा मचेको पो रहेछ, सिमाना हैन रछ ! ए! हामी ��ादान, अबुजहरूलाई कसरी थाहा होस् त सिमाना र जग्गाको परिभाषा!
संचार, पत्रकारहरूलाईतर्साउन, अवान्छित मानसिक दवाव दिन छोड। कला, साहित्यलाई नियन्त्रण गरेर आफै बिष खान खोजे झैं नगर। लोकतन्त्रलाई उन्नत बवाउन मिहेनत गर। सबै भन्दा उत्तम कुरा हाम्रे ब्यक्तिगत/सा��ुहिक स्वतनत्रता हो र मर्यादित जीवन बॅाच्च्ने अधिकार हो।
एजुकेशन कनसल्टेन्सी दर्ता हुन प्रदेश कार्यालय हेटौंडै पुग्नु पर्ने रहेछ । अरू उस्तै हो, बहालमा बसेको घरको सम्झौताले नपुगेर घरधनीको लालपुर्जा अनिवार्य गरिएको कारण चैं बुझिएन ।
सार्वजनिक सवारीसाधनले सिट क्षमता भन्दा कति बढी मान्छे बोक्न पाउँछन्? सेवाका नाममा सँधै गुन्द्रुक कोचे जस्तो मान्छे कोचेर कति दिन यात्रा गर्नु पर्ने हो नागरिकले? यसमा पनि तु केही कारवाही अघि बढ्लाकी? @moha_nepal@valleytraffic
मुड्खु ककनी हुँदै त्रिशुली पुग्ने सडक झण्डै एक दशक देखि अलपत्र छाडिएको छ । यो मार्ग छेउछाउ घर हुनेहरू धुलोले आक्रान्त छन् । किन बन्दैन यो सडक ? @ShahBalen@hello_sarkar
काठमाडौं उपत्यका भित्रका महानगर र नगरपालिकाहरू मिलेर सार्वजनिक यातायातलाई सुव्यवस्थित र सुलभ बनाउन आफ्नै यातायात चलाउने कार्यक्रम ल्याए कस्तो राम्रो हुन्थ्यो । नाम सार्वजनिक, सेवा निजी क्षेत्रले । तालमेल नै नमिलेपछि सुविधा गतिलो कसरी होस् ? @SunitaDangol_