के हामीले सधैं यही अनिश्चितता हेर्दै बस्नुपर्ने हो ?
अब त सुध्र, नेता हो ! तिमीहरूको गैरजिम्मेवारीपनले जनताले कहिलेसम्म दुःख सहनुपर्ने ? जनताको विश्वास जित्न सक्दैनौ भने, राजनीति छोड्न सिक !
यदि नेताहरूले सुशासनको ग्यारेन्टी दिएर विकासलाई तीव्र गतिमा अगाडि बढाउन सकेको भए, आज "राजा आउ" को नारा गुन्जिनुपर्ने आवश्यकता नै हुने थिएन । जनताले स्थिरता, इमानदार नेतृत्व, र पारदर्शी शासन पाएको भए, व्यवस्थाप्रति विश्वास गुमाउने ठाउँ रहँदैन थियो ।
तर, दुःखको कुरा के छ भने,केही भ्रष्ट नेताहरूको गलत कार्यशैलीले समग्र व्यवस्था नै खतरामा पर्न लागेको अनुभूति भइरहेको छ । हरेक केही वर्षमा व्यवस्था परिवर्तनको बहस चलिरहने हो भने, विकास, सुशासन, र आर्थिक क्रान्तिजस्ता महत्त्वपूर्ण विषयमा कहिले काम गर्ने ?