@grpokharel The facts, references used and policy advice sought here have little linkage to the actual situation. Also it is useless to go for a fighter jet. There are issues with the VVIP protocol, a little mend in procedure and infrastructure wd work well.
राजनीतिक, सरकारी वा कार्यकारी पदमा बसेपछि वा बस्ने आकांक्षा भएकाहरूले आलोचना र विरोध पचाउने क्षमता बनाउनु पर्छ ।आवश्यक परे तर्कपूर्ण खण्डन गर्न र सच्चिन पनि सक्नुपर्छ। व्यक्तिगत आक्षेपमा उत्रनु हुन्न । कुरामा दम नहुनेहरूले हो व्यक्तिगत आक्षेप लगाउने।
त्यो त प्रत्यूत्पादक हुन्छ!!
विश्वमा सन् १९०० मा विहेवारी गरेका ५% महिला प्रत्यक्ष रोजगारीमा थिए, सन् २००० मा त्यो संख्या ६१% पुग्यो। १०० बर्षमा महिलालाइ चुलाेचाैकाबाट मुक्ति दिलाउने कुनै राजनैतिकवाद हाेइन, बिजुली/फ्रिज/ओभन/भ्याकुमक्लिनर/वासिंगमेसिन/गर्भ निराेधक चक्की जस्ता विज्ञानप्रविधीकाे उपलब्धीले हाे।
देशको गरीबी र अविकास बारे कसैले केही सोध्यो भने उत्तर नदिने सजिलो उपाय छ- भारतीय दलाल भन्दिने। तर खुशीको कुरो, यो रोगले हामीमात्र ग्रस्त छैनौं। रुसमा शासकलाई प्रश्न सोध्नेलाई ‘अमेरिकी दलाल’ भन्दिन्छन्। अमेरिकामा ‘रुसी दलाल’, भारतमा ‘पाकिस्तानी दलाल’ र पाकिस्तानमा ‘भारतीय दलाल’।
“आफैंलाई के चाहिएको हो बुझ्न नसकेर हैरान छु: संविधान चाहिएको हो कि, पीरो चटनीसँग तारेको माछा चाहिएको हो कि, अथवा कसैलाई बेस्सरी एक चड्कन हान्न मन लागेको हो!”
-रुसी लेखक साल्तिकोभ-शेद्रिन (१८२६-१८८९)
(क्लासिक भन्या यही होला, जहिले पनि सान्दर्भिक😁)
कम्युनिस्टले कम्युनिस्टलाई कम्युनिस्ट तरिकाले गाली गर्दा रमाइलो हुनेमात्र होइन तिनको सिद्धान्त र जीवनबीच कति ठूलो खाडल छ, त्यो पनि ठ्याक्कै थाहा हुन्छ। सर्वहाराको अधिनायकवाद कति ठूलो पाखण्डी नारा हो भन्ने थाहा पाउन यिनले ‘उखु गोड्ने काम’लाई हियाएको हेरे हुन्छ।
ज्यादै आलङ्कारिक, घुमाउरो, फूलबुट्टे भाषाको प्रयोग कवितामा मीठो सुनिन्छ, तर उपन्यास, कथा, निबन्ध वा अखबारी लेखनमा त्यसले ध्यान भङ्ग गर्ने रहेछ। हरेक वाक्य मीठो त सुनिन्छ, तर माथि के लेखिएको थियो यादै हुँदैन। अन्तत: के भन्न खोजेको त्यही नै अस्पष्ट भएपछि के मजा भो र! (मेरो अनुभव)