समयको पाना पल्टिँदै गयो,
यादहरू धुमिल बन्दै गए,
बिर्सिएका पुराना गल्लीमा,
तिमी प्रिय थियौं कुनै बेला।
ओठको त्यो निस्वार्थ मुस्कान,
मेरो हरेक कथाको मुख्य पात्र,
तिमी थियौं कुनै बेला
अपूर्ण रहेका ती यादमा
अस्तित्व हराए पनि सम्झनामा,
तिमी प्रिय थियौं कुनै बेला।।
#तिमि💞
थाकेको छु, तर हारेको छैन,
जीवनको भारी छ, तर बोकिरहेछु।
मन भन्छ – "अझै हिड्",
तनावले थिचे पनि,
मनको गहिराइमा शान्तिको सागर छ।
एकछिन आँखा चिम्ल,
त्यहाँ एउटा आशा लुकेर बसेको छ।
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा ब��ुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
आज नेपाली जनताको भाग्य आफैं कोर्ने दिन।चुनावको माध्यमबाट आफ्नो र सन्ततिको भविष्य लेख्ने अवसर।केवल दुई मिनेट समय निकाली मनको आवाज सुनौं र मतदान गरी आफ्नो भाग्य आफैं बनाऔं। ज्योतिषले भनेजस्तै तिम्रो भाग्य तिम्रै हातमा छ।त्यसैले आज आफ्नो र आउने पुस्ताको भविष्यको लागि म���दान गरौँ।
घर भित्र जति रुनुस तर ढोका हाँसेर नै खोल्नुस किनकी यदि मान्छेहरुलाई थाहा भ���ो भने कि तपाईं भित्रबाट टुट्नुभएको छ , तब उनिहरुले तपाइलाई अझ लुट्नेछन !!!
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️