देउताको आखाँ आँशुले भराउनु पर्ने भयो
आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो
किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ
भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!
#शुभ_रात्री
#बाँकी_शेर_माथी👆️
भन्छिन् आमा प्रेम बिवाह नगर मेरो छोरा,
रहर छ मेरो बुहारी भित्र्याउन आगन बाट!
स्वार्थै स्वार्थले भरीएको झुटो संसार देखेर,
बचाउ भन्ने आवाज निस्कन्छ कफन बाट!
महोदय,प्रेमको परिभाषा बताउन सक्छौ?
जब मुना बलात्कार हुन्छे प्रेमी मदन बाट!
#शुभ_दिन❣️
#गजल
हुनसक्छ उ प्रभावित भयो तिम्रो तन बाट,
नत्र यति छिटै माया कसरी बस्छ मन बाट!
हतारमा बिहे फुर्सदमा पछुतो हुन्छ पक्कै,
सम्झौता गर्नेहरुको दौलत र यौबन बाट!
उ पनि के कम देश बदल्ने गर्छ ठूलो कुरा,
नौ बजे उठेर आमाको चुरा छनछन् बाट!
#बाँकी_शेर_तल👇️
If you understand, say “understand”.
If you don’t understand,
say “don’t understand”.
But if you understand and say “don’t
understand”.
How do I understand that you
understand?
Understand!😜😜😜😜😜😜
दिल मा के बितिराछ त्यो अन्जान लाई के थाहा, माया भनेको केहो त्यो नादन लाई के थाहा ?हावाको साथ मा उडेर गयो घर त्यो पन्छी को, घर कसरि बनेको थियो त्यो हावालाई के थाहा ? 🙏🙏
गजल:✍
आफूले पाएको संस्कार देखि पश्चाताप भए।
सम्झौला आफ्नै असल व्यवहार श्राप भए।
इच्छा त ठूलो कुल घरानामा जन्मिने थियो;
गरिबको कोखमा जान,दैवकै करकाप भए।
मलाई दुनियाँले गुलामी बनाउन नसके पछि;
मेरो चरित्रमा दाग लगाउने क्रियाकलाप भए।
बाँकी तक...👇👇👇
242
तलाउमा पानी आँखामा आँशु टलटल हुन्छ,
जब कसैको सम्झना कसैलाई पलपल हुन्छ,
कसैको मौनताले जलन हुन्छ की त पागल,
मुहारको मुस्कान हेर्दा खुशी झलमल हुन्छ,
एक पटक घायल हुन्छ त्यो मानिस पनि त,
जब तन मन र जीवनमा पूर्ण हलचल हुन्छ,
#NAKKU_THAPA