मलाइ एउटा टिक्टक भिडियो यता पोस्ट्यौन मन लाग्यो कस्तो चित्त बुझ्दो लागेको तर बिच मा दाजु ले मुख छाड्या छन , तर त्यो मुख छाड्या नि मलाइ जिबन मा पहिलो पटक ठिक लाग्यो
शिक्षा मन्त्रीज्यूलाई धेरै धेरै बधाई तथा शुभकामना।
एउटा विनम्र सुझाव राख्न चाहन्छु।
हाल विदेशबाट प्राप्त शैक्षिक प्रमाणपत्रको equivalence प्रक्रिया धेरै जटिल, समय लाग्ने र कहिलेकाहीँ अपमानजनक अनुभव हुने गरेको छ। महिनौंसम्म फाइल रोकिँदा र “equivalence in relevant major” जस्ता अस्पष्ट शब्द प्रयोग हुँदा, योग्य विद्यार्थीहरूलाई आफ्नो योग्यता प्रयोग गर्न कठिन भइरहेको छ।
आज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले हाम्रो प्रमाणपत्रलाई सहज रूपमा स्वीकार गरिरहेका छन् भने, हामीले पनि विदेशमा अध्ययन गरेर फर्किएका नेपालीलाई सहज र सम्मानजनक प्रक्रिया मार्फत स्वागत गर्न सक्नुपर्छ।
यस सन्दर्भमा केही सुझावहरू:
* अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त विश्वविद्यालयहरूको degree का लागि equivalence प्रक्रिया सरल वा स्वचालित बनाइयोस्।
* “Questionable” विश्वविद्यालयहरूको स्पष्ट सूची तयार गरी, त्यस्ता केसहरूमा मात्र विस्तृत जाँच प्रक्रिया लागू गरियोस्।
* अनावश्यक ढिलाइ र अस्पष्ट निर्णय हटाई, पारदर्शी र समयबद्ध प्रणाली विकास गरियोस्।
विदेशमा अध्ययन गर्नु कुनै अपराध होइन, यो देशको लागि पूँजी हो। त्यसैले, ज्ञान लिएर फर्किएका युवालाई प्रोत्साहन गर्ने वातावरण बनाइयोस् भन्ने अपेक्षा राख्दछु।
यस विषयमा पहल हुने विश्वासका साथ।
धन्यवाद।
Congratulations Shri. @SwarnimWagle on your election and on your appointment as finance minister. As vibrant democracies, we can work together to fulfil the aspirations of our people. Looking forward to working with you.
यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई !
तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो!
यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ!
सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ!
#GenZRevolution
#YouMurderedOurChildren
#Sept8
#WeWillNotForget
I QUIT !
मैले पार्टी छोडेँ !
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
विदेशी कम्पनी नेपालमा दर्ता गर्नुपर्ने नियम नयाँ होइन। आज भन्दा ३-४ दशक अघि Bill Gates पनि आफ्नो कम्प्युटर Operating System सम्बन्धि कम्पनी दर्ता गर्न नेपाल आएका थिए। दर्ता गर्ने क्रममा सरकारी कार्यलयमा उनलाइ घरि यो झ्याल घरि त्यो झ्यालमा जानुस् भनेर हैरान पारेछन्। अन्ततः यो अनुभवले गर्दा उनले आफ्नो Productको नाम नै Windows राखेको रोचक प्रसङ्स उनले आफ्नो बायोग्राफीमा उल्लेख गरेका छन्।
मुजी हिपोक्रेटहरु हो ! यदि संचार माध्यमहरु दर्ता नभई चल्न पाउने हो भने नेपालका रेडियो, टिभी, पत्रपत्रिका सबै बिना दर्ता चल्न देउ !! अझै अभिव्यक्ति स्वतन्त्रता माथीको हनन रे 🍌