#WeatherUpdate अर्नब कमजोर भएर न्यूनचापीय प्रणाली बनेको छ। आज दिउँसोदेखि वर्षा र आज रातिदेखि शनिबार बिहानसम्म भारी वर्षाको जोखिम छ, विशेषगरी भोलि।
हिजोभन्दा कम जिल्ला जोखिममा देखिए पनि माथिल्लो तहको न्यूनचापीय रेखासँगको अन्तरक्रियाले जोखिम कायमै छ।
Cloud, Arnab and forecast👇
अर्नब भारतको जमिनमाथि कमजोर हुँदै उत्तरतर्फ बढ्दै छ। अहिले पनि यसको हावाको गति चक्रवातको स्तरमै रहेको, भोलि बिहानसम्म न्यूनचापीय प्रणालीमा परिणत हुने छ। आजको पूर्वानुमानमा नेपालमा हिजोभन्दा केही कम वर्षा देखिए पनि भोलिदेखि शनिबारसम्म वर्षा र कतै भारी वर्षाको सम्भावना कायमै छ।
बिहीबारदेखि करिब ३६ घण्टा भारी वर्षाको सम्भावना बढी छ। शुक्रबारदेखि कतै मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको जोखिम पनि छ।
चार मोडेलका दैनिक/कुल वर्षा पूर्वानुमान र जोखिम नक्सा👇
स्थान, समय र मात्रा फेरिन सक्छन्—ठ्याक्कै यति नै वर्षा हुन्छ भन्ने होइन।
❗️ ANOTHER FLOOD SWEEPS NEPAL as residents WATCH from HIGHER GROUND — RAGING CURRENTS TEARING BUILDINGS AWAY
Comes DAYS after Nepal wrapped up 40-DAY SEARCH following late-August flood that killed 1,400 PEOPLE — THOUSANDS still missing
NO CASUALTIES REPORTED YET
#दसैँमौसम अहिलेको प्रणालीले भोलिसम्म वर्षा गराउने देखिन्छ। सोमबार–बिहीबार मौसम राम्रो रहनेछ। बिहीबार साँझदेखि शुक्रबार (२९–३० असोज) कतै हल्का वर्षा हुन सक्छ, तर आइतबार (२५ असोज) पछि भारी वर्षा छैन। पहिले देखिएको सम्भावित न्यूनचापीय प्रणाली पनि अहिले नेपालतर्फ आउने देखिँदैन।
#WeatherUpdate अब वर्षा रोकिन ३ दिन बाँकी! शनिबारसम्म वर्षा जारी रहनेछ; त्यसपछि एक–दुई ठाउँबाहेक धेरै क्षेत्रमा दसैँको मौसम खुल्ने देखिन्छ। सोमबारदेखि धान काट्ने वा पदयात्रा योजना बनाउन सकिन्छ, तर लगातारको वर्षाले पहिरोको जोखिम रहेकाले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्।
Quem ama futebol te aproveitou ao longo desses anos…
Hoje é seu ultimo jogo com a camisa da tua seleção, do teu país e eu espero que você curta cada segundo, que todas as homenagens hoje te façam feliz.
Não é só Argentina que te agradece, o mundo agradece por tudo que fez ao futebol.
Obrigado por me fazer amar ainda mais o futebol, foi uma honra ter jogado contra você e mais ainda fazer história ao seu lado.
GRACIAS Leo Messi 🐐
मौसमबाहेक अरू विषयमा लेख्न मन लाग्दैन, तर आज रोक्न सकिनँ।
विद्यालयमा नेपाली शिक्षकको अभाव छ, विश्वविद्यालयमा विद्यार्थी नहुँदा नेपालीका कक्षाकोठा खाली छन्। हामी अंग्रेजी बोल्नुलाई गौरव ठान्छौँ, तर नेपाली राम्ररी पढ्नसमेत जान्दैनौँ—लेख्ने कुरा परै जाओस्। कमजोरी, विडम्बना वा लाज?
चार दिनदेखिको वर्षा आजबाट बल्ल सकिँदै छ। अझै दिउँसोसम्म केही स्थानमा वर्षा हुने देखिए पनि भारी वर्षाको सम्भावना लगभग सकिएको छ।
सबै निकायको सक्रियता र समन्वय तथा भारी वर्षाको सूचना समयमै सबैसम्म पुगेकाले ठूलो दुर्घटना हुन पाएन।
सबैको जय होस्! सुरक्षित रहनुहोस्। 🙏
Cloud and rain
वर्षाले केही समय आराम गरेको मात्र हो है—विशेषगरी काठमाडौं उपत्यका र आसपासमा।
गण्डकीदेखि सुदूरपश्चिमसम्म अझै ठूलो पानी पर्न बाँकी छ। दिउँसोदेखि रातभर वर्षा हुने देखिन्छ। काठमाडौंमा पनि अपराह्नदेखि भोलि बिहानसम्म मेघगर्जनसहित केही समय भारी वर्षा हुन सक्छ।
भोलि सूर्यको दर्शन पाइएला
नेपालमा यस वर्षकै सबैभन्दा लामो झरी—सम्भवतः पछिल्ला धेरै वर्षयताकै लामो—आज रातभर र भोलि पनि जारी रहने देखिन्छ। लुम्बिनी र गण्डकीका धेरै ठाउँमा भारी तथा केही ठाउँमा अति भारी वर्षा भइरहेको छ। यसको संकेत पूर्वानुमानले १०–१२ दिनअघि नै दिएको थियो। सतर्क र सुरक्षित रहौँ। 🙏