मनमा माया दुबै को थियो
तर जित भने शंकाको भैदियो
नियम कानुन त मेरा लागि मात्रै रहेछ।
तिम्रो शरीर अरु कसै सँगै थियो
पश्चात तिमी लाई भएर फर्किदै छौ
तर मलाई छैन
तिमी फर्केलाउ
म आउने छैन
खोज्दै तिमी हिड्नेछौ भौतारी
त्यो पल धेरै टाढा पुगिसकेको हुनेछु
मायामोह अनि यो संसारबाट....✍️
नारायणहिटीमै छन् रानी ऐश्वर्यका धर्मपुत्र
-सीताराम बराल
नारायणहिटी राजदरवारमा १९ जेठ २०५८ मा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको सम्पूर्ण परिवारको बंशनास भयो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार श्रुति र अधिराजकुमार निराजन छाउनीस्थित सैनिक अस्पताल पुर्याइनासाथ मृत घोषणा गरिए । युवराज दीपेन्द्रको भने २२ जेठ २०५८ मा छाउनीको सैनिक अस्पतालमा निधन भयो ।
तर, रानी ऐश्वर्यले धर्मपुत्र बनाएका एक युवा भने नारायणहिटी दरवारमा अझै भेटिन्छन्, जो कर्मचारीका रुपमा नारायणहिटी दरवार संग्रहालयमा कार्यरत छन् ।
उनी हुन्, ओखलढुंगा जन्मघर भएका धनबहादुर खत्री ।
राजा वीरेन्द्र प्रत्येक वर्षको हिउँदमा एक–एक विकासक्षेत्रको भ्रमणमा जाने गर्थे। त्यसैक्रममा २०४४ पुष–माघमा उनी पूर्वान्चल विकास क्षेत्रको भ्रमणमा थिए । २९ पुषमा उनी ओखलढुंगा पुगे। रानी ऐश्वर्यपनि साथमा थिइन् । जिल्ला भ्रमणको क्रममा सभा र भेटघाटको कार्यक्रम भएकाले अन्य स्थान घुम्ने समय मिलेन ।
युगकवि सिद्धिचरण श्रेष्ठको गृहजिल्ला हो, ओखलढुंगा। त्यो बेला स्कूल तहको कोर्शमा युगकविको रचना ‘मेरो प्यारो ओखलढुंगा’ पढाई हुन्थ्यो । सायद अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले पनि यो कविता स्कूले जीवनमा पढे कि ? यहीकारण हुनसक्छ, रानी ओखलढुंगा बजार घुम्ने चाहना राखिन् ।
तर, पहिलो दिन समय थिएन। राजा–रानी क्षेत्रीय सदरमुकाम धनकुटा फर्के । भोलिपल्ट ३० पुषमा रानी ऐश्वर्य छोरी अधिराजकुमारी श्रुति र कान्छा छोरा अधिराजकुमार निराजनलाई लिएर ओखलढुंगा पुगिन्। बजारमा रहेको गणेश मन्दिर दर्शनका क्रममा बालक धनबहादुर भेटिएका थिए ।
खासमा बालक धनबहादुर रानी ऐश्वर्यलाई फूल दिन चाहन्थे । तर बाक्लो प्रहरी उपस्थितिका कारण रानी ऐश्वर्य नजिक पुग्न सम्भव थिएन । प्रहरीको टांगमुनि छिरेर रानी नजिक पुग्न खोज्दा प्रहरीको दुई लाठी खाए, रातेस्रो लाठी हान्न लाग्दा रानी ऐश्वर्यले प्रहरीलाई रोकिन् र आफूलाई फूल दिन खोजेका बालक धनबहादुरलाई काखमा बोकिन् ।
गरिवीका कारण गाउँको स्कूलमा पढ्न जानसमेत नपाएका धनबहादुरको भाग्य त्यसदिन फेरियो । उनका लागि त्यहीँको बजारबाट नयाँ कपडा र जुत्ता किनियो । रानी ऐश्वर्यले धनबहादुरलाई काठमाडौँ ल्याउने निर्णय गरिन् ।
काठमाडौँ ल्याएर उनलाई नारायणहिटी राजदरवारमै राखियो । रानी ऐश्वर्यले धनबहादुरलाई धर्मपुत्र बनाइन् र आफै अविभावक बनेर ऐश्वर्यले धनबहादुरलाई स्कूल भर्ना गरिदिइन् ।
स्कूल छुट्टी हुँदा धनबहादुर नारायणहिटीमै बस्न आउँथे । अधिराजकुमार निराजनका सबैभन्दा मिल्ने साथी धनबहादुर नै थिए ।
२०५७ मा धनबहादुरको ब्रतबन्ध हुँदा निराजन हेलिकोप्टर चढेर भिक्षा दिन ओखलढुंगास्थित धनबहादुरको घरमै पुगेका थिए । प्रस्तुत तस्वीर धनबहादुर (माला लगाएका) को ब्रतबन्धमा भिक्षा दिन ओखलढुंगा पुगेका बेला खिचिएको थियो ।
गणतन्त्र घोषणापछि भने धनबहादुर पूर्वराजा ज्ञानेन्द्रको महाराजगन्जस्थित निर्मल निवासमा बसोबास गर्न थाले । धनबहादुरको घरजम भएपछि निर्मल निवासले धनबहादुरको नाममा घर खरिद गरिदियो ।
रोचक कुरा चाहिँ के हो भने, रानी ऐश्वर्यले धर्मपुत्र बनाएका धनबहादुर आजकलपनि नारायणहिटी दरवारमा भेटिन्छन् । अधिराजकुमार निराजनसँगै हुर्किएका उनी खासमा नारायणहिटी दरवार संग्रहालयका कर्मचारी हुन् । गणतन्त्र घोषणाअघि उनी राजप्रासाद (दरवार) सेवामा भर्ना भएका थिए ।
राजा वीरेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनसहित उनलाई ओखलढुंगाबाट काठमाडौँ ल्याउने रानी ऐश्वर्यको नारायणहिटीभित्रै निधन भयो । त्यही नारायणहिटी संग्रहालयको कर्मचारी भएकाले धनबहादुर प्रत्येक दिन नारायणहिटी पुग्छन् र संग्रहालय हेर्न पुग्ने अवलोकनकर्ताहरुको सहयोगी बन्छन् ।
~गजल✍️😢💔
एक मा एक जोडेपछि जोर हुन सक्छ
तिमी नभए यो मन त्यसै बोर हुन सक्छ
सदैव तिमी बन्द गर दिलको ढोका अब
खुला दिलमा छिर्ने जति चोर हुन सक्छ
बचाउनु सधै तिमी घर धन र मन पनि
भत्के -पछि घर अवस्य खोर हुन सक्छ!)
जे जस्तो भए पनि बितेका वर्षहरु फेरि कहिल्यै फर्किएर आउँदैनन् ! केही दिएर जान्छन् ! केही लिएर जान्छन् ! वि.सं. २०८२ पनि हामी माझबाट विदा भएको छ ! bye bye 2082 !! यो वर्षभरी हाम्रो जीवनमा भएका सबै कुराको लागि धन्यवाद !! ❤️
नयाँ वर्षमा चोखो ति,
प्यारहरुलाई शुभकामना।
मित्रतामा पर्यायबाची,
यारहरुलाई शुभकामना।
समयलाई जित्नसक्ने,
जोशहरुको रफ्तार बढोस..
पूरा होस सबै काम,
हतारहरुलाई शुभकामना।
शान्तीको सन्देश बोकेर,
नयाँ विहान उदाओस..
प्रगति र उन्नतिका,
समाचारहरुलाई शुभकामना।
#Happy_New_Year_2083🌷🙏