There is a possibility of heavy rainfall in various parts of the country over the next three days, so please stay alert around rivers and landslide-prone areas. Also, avoid traveling outside unless absolutely necessary. 🙏
Photo. Suresh Timalsina
हिजो पो सँगै थिए घरमा अब सँगै हुन पाउँदिन ।
आजदेखि मैले बुढी आमालाई सताउन पाउँदिन ।
सपना पूरा गर्न पीडा बोकी म देश छाड्दै छु आज
कति पीडा होला मलाई विदेशमा बताउन पाउँदिन ।
Words. Suresh Timalsina
सुन्दर सहर बनाउने परिश्रमी हातहरू: काठमाडौँको सडकका भित्ताहरूमा विभिन्न किसिमका संस्कृति, इतिहास र सभ्यता झल्किने रङ्गीन चित्रहरू हामीले देख्दै आएका छौँ । हो, त्यही चित्र बनाउँदै सहरको सौन्दर्य बढाउन विगत १ वर्षदेखि निरन्तर खटिरहनुभएका उहाँहरू हुनुहुन्छ, रसिक राज, डिबी भण्डारी, जीवन तामाङ र सागर निरौला । सहरलाई सुन्दर बनाउँदै आफ्नो सपना साकार गर्दै आउनुभएका उहाँहरू भन्नुहुन्छ, "सङ्घर्ष गर्ने हो भने हाम्रो भविष्य यहि देशमा सुन्दर छ ।" ❤️
Pic & Story. Suresh Timalsina
Young inspiration: १५ हजार तलबबाट सर्भेयरको काम सुरु गरेका सिन्धुपाल्चोकका २९ वर्षीय सुकदेव नेपालले लकडाउनको समयमा चर्चित "ससुराली" नामको रेस्टुरेन्ट खोले अनि त्यो बेला स्थित सहज नहुदा पनि हार नमानी निरन्तर आफ्नो व्यवसायलाई अगाडि बढाईरहेका उनले राम्रो आम्दानी गर्दै अहिले ६० जनाभन्दा धेरैलाई रोजगार दिईरहेका छन । हाल उनको रेस्टुरेन्ट दुबईमा समेत सञ्चालनमा आईसकेको छ भने उनी अन्य देशमा पनि ससुराली खोल्ने तयारीमा लागिरहेका छन् । ❤️
Pic & Story. Suresh Timalsina
Love for the Country: Pir Mohammad from Gorkha worked in a perfume shop in Qatar for 5 years and ran the same shop himself for 16 years. Returning to Nepal to use his skills here, he has been producing over 400 types of perfumes and running two shops in Kathmandu for 4 years, providing jobs to 10 people. ❤️
Pic & Story: Suresh Timalsina
बिहानै कामले बालकोटबाट जडिबुटी तर्फ जान घरबाट निस्किए। बालकोट हुँदै कलंकी जाने गाडिमा के चढेको थिए। गाडिमा चढ्नासाथ नमस्ते शुभ विहानी भन्ने आवाज आयो। हरेक यात्रुलाई चढ्नासाथ नमस्कार र झर्ने बेलामा यहाँको दिन शुभ रहोस् भन्दै चक्लेट दिएर कामना गरिरहेका उनी हुन प्रेम बहादुर लामा " लब गुरु "। बिगत २३ बर्षदेखी चालकको रुपमा उनी गाडी चलाईरहेका छन। गाडिबाट अनावश्यक फोहोर सडकमा फाल्ने प्रथालाई अन्त्य गर्न उनले आफ्नो गाडिका विभिन्न ठाउँमा सानो डोको राख्दै लेखेका छन् "लब गुरुको गाडिमा फोहोर डोकोमा।" ❤️
Pic & Story. Suresh Timalsina
Inspiration: ललितपुरका ४० वर्षीय दिपक कार्कीले नेपालमा नै पाईने स्रोत र साधनमा आधारित विभिन्न सामानहरु उत्पादन गरि नेपालको ६० जिल्लाहरुमा ६०० भन्दा धेरै मान्छेलाइ प्रत्यक्ष रोजगारी दिदै नेपाली सँस्कृती झल्कने सामाग्रीको संकलन गरि बजारमा बिक्री गरिरहेका छन । 🙏❤️
Pic & Story. Suresh Timalsina
शहरमा पो जाडो लाग्दा बाल्न हिटरको भर छ ।
उता गाउँमा जस्ताको छानोमा कठ्याङ्ग्रिने डर छ ।
गुनासो के गर्नु रुन्छ छानो चुहुँछन् शीत का थोपा
लाग्छ अब यी आँसु संगै जिन्दगी बिताउन कहर छ ।
शब्द - सुरेश तिमल्सिना
आँगनमा फुलेको
मखमली, सयपत्री र गोदावरी फूलले
जीवनका हरेक भुलहरूमा
सच्चिनका निम्ति
सौन्दर्य थपिरहेको छ ।
सँगै प्रतीक्षारत छन यी फूलहरू
ती हारलाई
तिहार मार्फत जितमा परिणत गर्न । 🙏
Words. Suresh Timalsina
@setopati मा प्रकाशित "दुखित दसैं" कविता मार्फत यहाँहरु सम्पुर्णमा सुख, शान्ति र समृद्धिको सामना सहित विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
https://t.co/VE4eN6Gq96
थाहा छैन सधैं किन रात हुन्छ, दिन हुन्छ ?
आजभोलि साचो प्रेम केबल एकछिन हुन्छ ।
सायद अभावसँग जुध्दै बाँच्न बिर्सिएर होला,
त्यो दुखीलाई सधैं उहीँ ऋण माथी ऋण हुन्छ ।