र हर महादेव ! हर हर हर .........
ऋग्वेद र मुण्डकोपनिषद्को दिव्य सन्देश भन्छ
द्वा सुपर्णा सयु��ा सखाया समानं वृक्षं परिषस्वजाते।
एउटै शरीररूपी रुखमा दुई चरा छन्
एउटाले कर्मको फल भोग्छ,
अनि अर्कोले केवल चुपचाप देखिरहन्छ।
त्यही देख्ने चेतना नै साक्षी भाव हो।
अहो! कस्तो यो दुनियाँ, कस्तो यो रीत!
कसैलाई डर छ यहाँ, कसैलाई प्रीत!
कसैलाई डर छ
देखिरहनु भएको त... छैन .... भगवान् ले !
कसैलाई भर छ
देखिरहनु भएको छ नि त..... भगवान ले।
हर हर महादेव ! हर हर हर .........
अरे! कस्तो दुनियाँ, कस्तो यो रीत!
साक्षी भाव बुझे मात्र, पाइन्छ प्रीत!
हर हर महादेव ! हर हर हर .........
हे मित्र! न त डर नै मान्नु पर्ने छ,
न त भर नै पर्नु पर्ने छ।
हेर्न सिक - केवल साक्षी बनेर !
जीवन नै सुन्दर हुने छ !!
पाप गर्दा अज्ञानीलाई, डर लागिरहन्छ!
दुःख पर्दा ज्ञानीलाई , भर लागिरहन्छ!
एउटा तर्सेर काँप्छ, अर्को आशमा पर्छ!
दुवै भ्रमको त्यो, भुमरीमा जाकिएर मर्छ !
अरे! न त डर मान��नु छ, न त भर पर्नु छ!
आफ्नै भित्रको साक्षीलाई, साक्षी भावलेचिन्नु छ!
हर हर महादेव ! हर हर हर .........
न त अत्तासिनु छ, न त मात्तिनु छ!
अहंकारको पर्दा हटाई, साक्षी बन्नु छ!
अरे! न त डर मान्नु छ, न त भर पर्नु छ!
आफ्नै भित्रको साक्षीलाई, साक्षी भावलेचिन्नु छ!
साक्षी भावमा रमौँ... निर्भय बनी बसौँ!
हरि ॐ तत्सत्, हरि ॐ तत्सत्!
अरे! न त डर मान्नु छ, न त भर पर्नु छ!
आफ्नै भित्रको साक्षीलाई, साक्षी भावलेचिन्नु छ!
हर हर महादेव ! हर हर हर .........
यशोदाको छोरो बालक कृष्ण
जन्मे गोकुलमा !!
कंसको विनाश भइसकेपछि,
रक्त र हाहाकारको बीचमा एउटा अलौकिक शान्ति छायो।
श्री कृष्ण कारागारको ढोका खोलेर भित्र प्रवेश गर्नुहुन्छ।
१४ वर्षसम्म सात वटा शिशु गुमाएकी माता देवकीको आँखाबाट अश्रु बग्छ।
उहाँ काँप्दो हातले बालक कृष्णलाई सुमसुम्याउँदै गला रोलिएर सोध्नुहुन्छ—
"हे पुत्र, तिमी स्वयं भगवान हौ। तर आमालाई यो अन्धकारबाट मुक्त गर्न र मलाई आमाको सुख दिन तिमीलाई चौध वर्ष किन लाग्यो? यो आमाको काख किन १४ वर्ष खाली रह्यो?"
नारायण हरि हरि! नारायण हरि हरि!
यशोदाको छोरो बालक कृष्ण, जन्मे गोकुलमा रे!
जेलको ढोका खुल्यो, देवकीको पीडा भुल्यो रे!
कर्मको गहिरो रहस्य, कृष्णले गरे उद्घाटन रे!
हरि हरि... श्यामको लीला अनौठो छ!
आमाको प्रश्न सुनेर श्री कृष्णको मुखमा गम्भीर भाव आउँछ।
उहाँ नम्रतापूर्वक भन्नुहुन्छ—
"क्षमा गर्नुहोला आमा, के अघिल्लो जन्ममा तपाईंले मलाई १४ वर्षको वनवासमा पठाउनुभएको थिएन र? त्यतिबेला तपाईं रानी कैकेयी हुनुहुन्थ्यो।"
देवकी विस्मित हुनुहुन्छ।
कृष्ण थप्नुहुन्छ— "त्यतिबेला मेरो पिरलोमा आँसु बगाउने कौशल्या नै यस जन्ममा यशोदा बनेकी छिन्। तपाईंले मलाई आमाको वात्सल्यबाट वञ्चित गराउनुभयो, त्यसैले मैले यशोदाको काखमा ती १४ वर्ष बिताउनुपर्यो।
कर्म ईश्वरभन्दा पनि बलवान् छ आमा, जे रोपियो, त्यही फल चाख्नैपर्छ।"
नारायण हरि हरि! नारायण हरि हरि!
यशोदाको छोरो बालक कृष्ण, जन्मे गोकुलमा रे!
कैकेयीको वरदानले, कैद भयो देवकीलाई रे!
कर्मको अग्निमा जलेर, मुक्ति पाउछ जीवलाई रे!
हरि हरि...
कर्मको फलबाट बच्न सक्दैन!
नारायण हरि हरि...
��न्नं वै प्राणिनः प्राणा अन्नं भूमेः परा गतिः।
अन्नं देवा मनुष्याश्च अन्नं सर्वं प्रतिष्ठितम्॥महाभारत, शान्ति पर्व १८८.९॥
अन्न नै सम्पूर्ण प्राणीहरूको जीवन हो।अन्न नै पृथ्वीको सबैभन्दा ठूलो आधार र गन्तव्य हो।देवताहरू र मानिसहरू सबै अन्नबाट नै बाँचेका छन्।सबै कुरा अन्नमा नै स्थापित छ।
महाभारत, शान्ति पर्वले कृषि उत्पादन (अन्न) को महत्त्वलाई सर्वोपरी राखेको छ। अन्न बिना कुनै पनि प���राणी बाँच्न सक्दैन। यसले किसानको कामलाई सम्पूर्ण सृष्टि र मानवजातिको आधारको रूपमा स्थापित गर्छ।यस श्लोकको भावअनुसार, अन्न उत्पादन गर्ने किसानले संसारको जीवन र सौभाग्यलाई धारण गरेको हुन्छ, जसले उसलाई आफ्नो पेशामा गर्व गर्ने आधार दिन्छ।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अग्रिम हार्दिक शुभकामना।
यही उपलक्षमा संस्कृतका मलाइ उत्कृष्ट लागेका मन्त्रका केही सन्देशहरू हजुरको नाममा यहाँ सम्प्रेषण गरी हजुरको लागि समर्पण गरे:
नववर्षाभिनन्दनम्
Navavarṣābhinandanam
नयाँ वर्षको शुभकामना
नयाँ वर्षको अभिवादन हजुर।
आपृच्छस्व पुराणम् आमन्त्रयस्व च नवम् आशा-सुस्वप्न-जिगीषाभिः
Āpṛcchasva purāṇam āmantryasva ca navam āśā-susvapna-jigīṣābhiḥ
आफू संग रहेको अहङ्कार र खराबी लाई बिदा दिनुहोस्। हिजोको तपाई भन्दा सुधारिएको तपाई बनाउन तपाइलाई सहयोग गर्ने नयाँ आशा, सपना र महत्त्वाकाङ्क्षाले हजुरको मनोभाव भरि पूर्ण होस्। हजुरको जीवनले ती दैविक शक्तिलाई अँगाल्न सकुन्।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत्।
Sarve bhavantu sukhinaḥ sarve santu nirāmayāḥ
Sarve bhadraṇi paśyantu mā kaścid duḥkhabhāgbhavet
सबै ���ना सुखी हुन्, सबै जना स्वस्थ रहून्।
सबैले समृद्धि देखुन्, कसैले पनि दुःख भाग्य भोग्न नपरोस्।
आशासे यत् नववर्षं भवतु मङ्गलकरम् अद्भुतकरञ्च।
जीवनस्य सकलकामनासिद्धिरस्तु।
Āśāse yat navavarṣaṃ bhavatu maṅgalakaram adbhutakarañच
Jīvanasya sakalakāmanāsiddhirastu.)
नयाँ वर्षले शुभ र अद्भुत चिजहरू तपाइको जीवनमा ल्याओस्
ता कि तपाइको जीवन लाई सार्थक बनाउने तपाइका इच्छाहरू पूरा हुन्।
नयाँ वर्षको शुभकामना व्यक्त गर्ने यी श्रुतिहरूको समग्र सार तपाइमा अर्पित गरे:
नयाँ वर्षमा पुग्दै गर्दा तपाइको पवित्र मनको कुनामा तपाइको जीवनमा नयाँ आशा, सकारात्मकता र कल्याण प्राप्तिको भावना दगुरी रहेको मैले यहाँ बा��� प्रस्ट अनुभूति गरिरहेको छु। त्यसको पूर्तिको लागि तपाइले अनुभूति गर्नुभएको तपाईँ आफै भित्र देखिएको अहङ्कार र खराबी बाट बिदा लिने शक्ति तपाईँलाई मिलोस्।
हिजोको सुन्दर र सक्षम तपाई भन्दा झन् सुधारिएको तपाई बन्न सहयोग गर्ने नयाँ आशा, सपना र दैविक महत्त्वाकाङ्क्षाले हजुरको मनोभाव अङ्ग्रेजी नयाँ वर्ष २०२५ मा झन् भरि पूर्ण होस्। हजुरको जीवनले दैविक शक्तिका पथहरूलाई पल पलमा अँगाल्न सकु���्। हजुर आफूले आफ्नै पुराना कमी र कमजोरीहरू लाई बिदा गरी नयाँ वर्षमा नयाँ आशा, सपना र महत्त्वाकांक्षा परिपूर्ति भएको अनुभूति गर्न सफल बन्नुहोस्।
आउनुहोस्! हामी सँगै मिलेर अङ्ग्रेजी नयाँ वर्ष २०२५ लाई तपाइको जीवन उत्कृष्ट बनाउने वर्षको रूपमा स्वागत गरौँ। यो तपाइको, मेरो अनि सबैको सुख, स्वास्थ्य, र समृद्धि ल्याउने कोशे ढुङ्गा बन्न सकोस्। अङ्ग्रेजी नयाँ वर्ष २०२५ ले तपाई र हामी सबैमा शुभ र अद्भुत अनुभव दिन सकोस्। जीवन लाई सार्थक बनाउने सबै आवश्यकताहरू पूरा गर्न सहयोगी बनोस्।
सनातन भनेको के हो?
संस्कृत शब्द "सनातन" (sanātana) को अर्थ "अनादि" वा "शाश्वत" हुन्छ। यसको व्यवहारिक चुरो कुरालाई यसरी उदाहरणसहित बताउन सकिन्छ:
धर्म भनेको प्राकृतिक नियमको पालना गर्नु हो।
आफ्नो जिम्मेवारीको कर्म प्राकृतिक नियम���ो सिद्धान्तलाई मानेर पूरा गर्नु भने सनातन धर्म हो।
पाप भनेको प्राकृतिक नियमको विरुद्धमा लाग्नु हो, जुन अज्ञानताबाट हुन्छ।
खराब नियतले गरिने पाप चाहिँ अपराध हो, जसले आफ्नै वा अर्को पक्षको हानि-नोक्सानी गर्दछ।
पापबाट ज्ञान प्राप्त गरी मुक्त हुन सकिन्छ। अपराधको प्रतिफल जुन जीवनमा त्यो गरियो, त्यही जीवनमा भोग्नुपर्छ। त्यसको उदाहरणमा आजका हाम्रा प्रम समेत बनेका चर्चित नेताहरू गनिएका ��ुखी आत्माहरू��ो सामाजिक र पारिवारिक जीवनलाई हेर्नुहोस्। केही बोल्नुपर्दैन। त्यसैले प्रष्ट गर्दछ।
यही कुरा बुझ्नु सनातन हो।
सनातन भन्नाले अनादि, शाश्वत र अविनाशी धर्मको पालना गर्ने चित्त वृत्ति हो। सनातन दर्शनभित्र जीवन, ब्रह्माण्ड, धर्म, नैतिकता, कर्म, मोक्ष आदि विषयहरूको मिश्रण भेटिन्छ। जुन दर्शन ज्ञान, भक्ति, कर्म, योग र तन्त्र जस्ता विभिन्न मार्गहरूबाट आत्म-साक्षात्कार गरी आफ्नो जीवनको उच्च ��क्ष्य प्राप्त गर्ने दिशामा आफूलाई लान सहायक बन्दछ।
सनातन परम्परामा ती विश्वासहरूलाई आफ्नो रीति-रिवाज, पर्वहरू र सामाजिक व्यवस्थाहरू मार्फत समाजको जीवन निर्देशित गर्ने उद्देश्यले इनर इञ्जिनियरिङ गरिएको हुन्छ, जसअन्तर्गत विवाह, जनन, मृत्यु, पूजा-अर्चना, उत्सव र महोत्सवहरू समेतको परम्परा स्थापित गरिएको हुन्छ।
सनातन आध्यात्मिकताको समाजमा इनर इञ्जिनियरिङ गर्न मानव जीवनको उद्देश्य ���्राप्तिलाई ��सको कर्मको फलसँग जोडेर समाजलाई आफूले जीवनमा कुन बाटो लिने, कस्तो परिस्थितिमा के गर्ने भन्ने स्व-निश्चय गर्न सक्ने क्षमता विकास गरिने गरिन्छ। जसअन्तर्गत आत्म-ज्ञान, मोक्ष प्राप्ति र कर्मयोग जस्ता अवधारणाहरू सिकाइने गरिन्छ। तर निर्णय गर्न भने व्यक्तिलाई नै स्वतन्त्र रूपमा छोडिन्छ। व्यक्तिको जीवन अनुशासित बनोस् (यम-नियम) भनेर उसलाई सनातनमा जीवन र मृत्युको चक्र उसको कर्मको फलको रूपमा ��ूरा हुने सामाजिक अभिमुखीकरण गरिन्छ।
यसरी सनातन भनेर हरेक व्यक्तिले स्वतन्त्र तर आनन्दित रहेर आफ्नो जीवन जिउने कला प्राप्त गर्न आर्ट अफ लिभिङ सिकाउने उत्तम अवधारणा हो, जुन प्रकृति मैत्री जीवन अनुसरण गर्ने हुन्छ। आफ्नो इमान्दार कमाइको धन, साधन र स्रोतबाट आफ्नो जीवनको आवश्यकता पूर्ति गर्ने नियत लिएको हुन्छ। आफुमा अहिंसा युक्त विकल्प चुन्ने, नैतिक र मानवीयताले ओतप्रोत चित्त वृत्तिको विकास गर्ने प्रवृत्ति हुन्छ।
सम्पूर्ण प्रकृतिको समयको सीमाबाट पर पुगेर सबैको लागि कल्याण हुने सत्य, शाश्वत र सार्वभौमिक मूल्य स्थापित गर्ने ज्ञानको खोजमा आफुलाई समर्पण गर्दछ। आफ्नो जीवनका सहज पक्षलाई जीवनको उत्तम रसको रूपमा ग्रहण गर्दछ। जीवनका असहज र दर्द युक्त क्षणलाई जीवनका सिक्नुपर्ने अवसरको रूपमा लिएर सबै प्रति जीवनमा धन्य रहन्छ।
त्यसैले सनातन भनेको अर्काको अस्तित्वलाई पूर्ण रूपमा स्वीकारेर, अर्काको विचारलाई समेत सम्मान गरेर सहज प्रकृति मैत्री जीवन जिउने जीवन पद्धति हो, ज���न सम्पूर्ण रूपमा आफ्नो विवेकको आधारमा चल्ने गर्दछ। जहाँ आफ्नो विवेकको निर्माणको लागि सनातन ज्ञानबारे आफूलाई अभ्यस्त गरिन्छ।
यो पुरै असत्य "वर्णमाला" हो ।( ११ कक्षाको "नेपाली पाठ्यपुस्तक" को पृष्ठ)।णकार नै उच्चारणमा नभएपछि उच्चारण नै उच्चारन् र वर्ण नै वर्न भनिने हो भन्ने अत्यन्त झूटो कुरा गर्ने "पाठ्यपुस्तक" को जति निन्दा गरे पनि कम हुञ्छ। ण ञ श ष दीर्घ प्लुत समेत सबै छन् हाम्रा स्वाभाविक् उच्चारणमा।