विदेश कमाउन हिँडेको नेपाली युवा/ युवतीहरूलाई :-
स्वदेशमा प्रशासनले ठग्छ
स्वदेशमा दलालले ठग्छ
विदेशमा दलालले ठग्छ
विदेशमा साह��ले ठग्छ
घर फर्कदाँ..
एयर्पोटमा राज्यले लुट्छ
काठमाडौंमा ट्याक्सी र होटलले ठग्छ !!
घर जाने बेलामा नाईट बसका दलालहरु ले ठग्छ।
अनि कसरी जीवन उकासिन्छ?
कसैको तकदिरमा न अटाउने हरु ,
तस्बिरमा मात्रै पनि अटाउन सक्दैन रैनछन।
अनि जहाँ रहे , भए पनि के फरक पर्छ र!!!
एउटा तारा अस्ताए,
धर्तीलाई के फरक पर्छ र!!
अस्तित���वमा आफुलाइ अटाउन न सक्ने हरु
बिलाउदै जाने त होनि😓😪
- Yaman Gm
घर जादा बर्षौ देखि
नफेरीएको बा को
टोपीले हेर्छ!
आमाको चोलीको
फुर्कोले गिज्याउछ!
दिदि चाहनुहुन्छ की
एउटा पैलालामा अर्को
खुट्टा उभियोस्!
सधै भाज्जाले
आलुघडिको सपना देख्छन्!
म खुट्टालाई
पञ्चर गरायर
टाउकोको मुल्यसंगै
काठमाण्डौको धुलोमा
परिवर्तन खोजिरहेछु
एकोहोरो खोजिरहेछु!
म धेरै थोक सोचिरहन्छु, तर बक फुटाउँदिन
बोल्न मनाही छ, सत्य बोल्नु त दरकिनार*
सब अपराधमा सामिल, यस छेउदेखि त्यस पुछार
मानिस या त जमानतमा छुटेको छ या छ फरार
�� दुष्यन्तकुमार
*परको कुरा