हरेक घर एक विज्ञ, एक पत्रकार, एक अभियान्ता, एक इन्फ्लुएन्सर र एक होनहार जेन जी छन् अनि यिनिहरूलाई अझै पनि सत्तालाई प्रश्न गर्नु उनिहरूको भगवानलाई प्रश्न गर्नु हो झैँ लाग्ने रैछ। बुद्धि छिट्टै पलाओस्।
जब शक्तिशाली बहुमत छ, तब संसद्लाई नै बाइपास गरेर अध्यादेशको बाटो रोज्नु भनेको लोकतन्त्रप्रतिको अविश्वास र शक्ति केन्द्रीकरणको खतरनाक संकेत हो। जनादेशको सम्मान गर! संसद् चलाऊ, अध्यादेश ल्याउने होइन।
जनचेतनामूलक सन्देश
आज मेरो ओपीडी (OPD) मा एक बच्चालाई चकलेट भन्दै खुवाइने गरिएको एउटा शंकास्पद वस्तु लिएर आमाबुबा आउनुभएको थियो। उक्त वस्तु सिरिन्ज (सुई) जस्तो देखिने बट्टामा राखिएको थियो, जसमा न त कुनै नाम थियो, न कम्पनीको विवरण वा लेबल नै।
बजारमा यस्ता वस्तुहरू जताततै सजिलै पाइन्छन् र धेरैले यसलाई बालबालिकाका लागि सुरक्षित 'चकलेट' भनेर झुक्किने गर्छन्। तर, कुनै पनि लेबल, खाद्य सामग्रीको सूची, उत्पादकको विवरण वा म्याद सकिने मिति नभएका यस्ता उत्पादनहरू बालबालिकाको स्वास्थ्यका लागि अत्यन्तै जोखिमपूर्ण हुन सक्छन्।
खाद्य पदार्थका लागि सिरिन्ज जस्तो देखिने भाँडो प्रयोग गर्नु भ्रामक र असुरक्षित छ, जसले गर्दा:
* बच्चाहरूमा सिरिन्ज वा सुईसँग जथाभाबी खेल्ने गलत बानी बस्न सक्छ।
* यसमा मिसाइएका वस्तुहरू अस्वच्छ वा हानिकारक हुन सक्छन्।
* यसले संक्रमण, विषाक्तता (Toxicity) वा श्वासनलीमा अड्किने खतरा बढाउँछ।
अभिभावक तथा हेरचाहकर्ताहरूमा मेरो विनम्र अनुरोध:
* कुनै पनि लेबल नभएका खाद्य सामग्री आफ्ना बालबालिकालाई नदिनुहोस्।
* सधैं राम्रोसँग प्याक गरिएका र स्वीकृत प्राप्त उत्पादनहरू मात्र खरिद गर्नुहोस्।
* यस्ता शंकास्पद वस्तुहरू बजारमा भेटिएमा सम्बन्धित निकायमा खबर गर्नुहोस्।
बालबालिकाको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
– डा. सुबोध अधिकारी
आफ्नो बाउ आमाको मृत्युमा कसरी अन्तिम काम गर्ने
किरिया बस्ने नबस्ने
कसरी शोक र अगाडी बढ्ने
कपाल फाल्ने नफाल्ने
मन्दिर जाने नजाने
आदि
नितान्त ब्यक्तिगत र निजि कुरा हो
यसमा प्रश्न गर्ने अधिकार तपाईलाई कसले दियो ? को हो तपाई ?
यि कार्यले देश र तपाईलाी के असर गर्यो ?
सुतेका मिटरब्याजी पीडितहरूका अनुहार, उनीहरूकै छेउमा उभिएका असहाय साथीहरूको विवशता अझै आँखामा ताजा छन्।
आशा छ, अब फेरि कुनै किसान न्याय माग्न काठमाडौं धाउन नपरोस्।
चिसो सडकमा भोकै सुत्न नपरोस्।
‘माथिको आदेश’ भन्ने बहानामा लाठी खान नपरोस्।
अब मेयर भएर मात्र पुग्दैन, त्यो ठाउँमा पुगेर तपाईंहरूको आँसु पुछ्न चाहन्छु,’ उनले आज जनकपुरमा भनेछन्।
तर काठमाडौंमा आफ्नै अधिकारक्षेत्रभित्र पर्ने खुल्लामञ्चको गेटमा तराईबाट हिँडेर आइपुगेका पीडितलाई छिर्न नदिएको त्यो दिन अझै झल्झली सम्झनामा छ। चिसो सडकपेटीमा भोकभोकै थरथर काँप्दै
किन बढ्यो पाठकसँग मिडियाको दूरी ?
कान्तिपुर मिडिया विमर्शमा @salokya
'मिडियाले अझै पनि पाठकलाई भावनामा बग्ने भीड ठान्छ । तर, पाठकले अब ‘प्याटर्न’ चिन्छ । कुन मिडिया कसको आलोचक हो ? कुन मिडिया कसको रक्षक हो ? कहिले मौन बस्छ ? कहिले चर्को बोल्छ ? पाठकले सबै देख्छ । यहींबाट पाठकको निष्कर्ष आउँछ— ‘यो समाचार होइन, एजेन्डा हो ।’ र, त्यसपछि ऊ वैकल्पिक स्रोततिर लाग्छ ।'
https://t.co/NGJJ4TvAV8
एउटा आमाले छोरो गुमाएको छ, त्यो पनि अनाहकमा, अर्काको देशमा। दुनियाँ उसको लागि रोइरहेछ, आवाज उठा भनिरहेछ, तर तिमी कुकुरहरू भने भिजेको शेरले के भन्यो भनेर भौ भौ गरिरहेछौ। तिमीहरू र नेताहरूमा केहि फरक छैन पशुहरू।
➖नेता जोडिएका फाइल खोतल्दै सीआईबी, सुन तस्करीपछि बालमन्दिर, शरणार्थी र सहकारी प्रकरणमा ध्यान
✔️कतिपय अदालत पुगिसकेका, कतिपय अनुसन्धानकै क्रममा सेलाएका प्रकरण पुनः खोतल्न थालिएको छ। जसमा दलका ठुला नेताहरु जोडिएका छन्।
@bpanmol@ukaalonews
https://t.co/6OAQylXbdj
देशको वर्तमान अवस्था त्यसको कारण र कारक अनि अबको बाटो के भन्ने बारेमा आम पाठकले सामान्य भाषामै बुझ्ने गरि @ukaalonews मा लेखेको छु। लेख लामो भएपनि अहिलेको हालतको जरो भेटाउनुहुनेछ। स्वस्थ प्रतिक्रियाहरु अपेक्षित छन्। https://t.co/i9GNxPASct