@ptkums उनको पार्टी उनलाई नै बढि थाहा होला । पहिलो महाधिवेशनमा पुग्दासम्म नै रिफर्म गर्न पर्ने भनेपछि भित्र भित्रै कति बिगृसकेको होला! त्यसरी पनि हेरौं न । सबै पार्टीको आयू कांग्रेस एमालेको जति नहुन पनि त सक्छ नि । होइन र?
@amritna 'कि नबोलौं, बोले सही र जिम्मेवारीको कुरा गरौं। '
यति राम्रो कुरा गर्ने दाजुले अस्ति बालेनले बोलेको कुरामा किन सहि थाप्दै बस्नुभएको थियो होला । 🤔
@Saralsuman1 कपासबाट कातेको बत्ती देवघाट, राम्दी, रिडी लगायतका तीर्थस्थलहरूमा स्थायी रूपमा बस्दै आउनुहुने थुप्रै आमाहरूले उपलब्ध गराउन सक्नुहुन्छ । जनैको बारेमा खासै थाहा भएन ।
काफल, जामुन जस्ता मौसमी फलफूलहरू गाउँबाट बजारमा ल्याएर बेच्दा गाउँका मानिसहरूलाई केहि नगद आम्दानी हुने मात्र होइन यसले गाउँ र शहरको नातालाई अझ मजबुत बनाउँछ । स्थायी रूपमा सडक ओगटेर पसल थाप्नेहरू र मौसमी फलफूल बेच्ने गाउँलेका बीच केहि फरक देखे हुन्थ्यो सरकारले ।
अब यसो गरौँ : गरिब-सुकुम्वासी सबैलाई लखेटेर देशकै सीमा कटाइदिऊँ, गरिब र श्रमिकले यो देशमा बाँच्ने अधिकार छैन। सरकारदेखि संसद्समेत मध्यम वर्गीय धनाढ्यको कब्जामा पुगिसकेको छ...
खासमा त्यो जुम्लामा बार्षिक कति सिमी उत्पादन हुने रहेछ? नेपालभरिका प्रमुख सहरहरूमा पनि पुगेकै छ । युरोप अमेरिका क्यानडा मलेशिया मध्यपूर्व अष्ट्रेलिया जता पनि पुगेकै छ । अझै पनि बजार खोज्दै छ रे! 🤔
आज एउटा चिनजानका अलि पाका दाइसँग कुरा भयो । उनले भने, 'छोराले विदेशबाट फोन गरेर घण्टीमा भोट नदिए घरै आउन्न भन्यो । हामीले घण्टीमा छाप हान्यौं, अहिले छोरो बिदेशबाट आउनका लागि घरै डोजरले लग्यो । अब डेरामै आउने भो छोरो' ।
उनी सुकुम्बासी भनेर मलाई थाहै थिएन । 🤔