यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन । यो त आकस्मिक नै भएन भन्नु भो । संसदमा आकस्मिक समय दिइयो - प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिदा र अनाहकमा सयौँले दुख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने ।
आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछी त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्।
भर्खरै एकजना अलपत्र परेका भाईले भन्नुभयो- दुतावासले यो कुरा माथीबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ??
"बा ले बोक्दा सास थियो, जिन्दगीको भार र बलिदान थियो। छोरोले बोक्दा लास थियो, न त भविष्यको आशा, न त उज्यालोको कुनै पथ। जल्न त दुबै जलेका थिए—बा कर्तव्यको ज्वालामा, छोरो थकानको आगोमा।"
उसो त विश्वप्रख्यात विश्वविद्यालयबाट दिक्षित भएर नेपाल फर्केर नेपालमै केहि गर्छु, पढाउछु भन्नेहरुलाइ त्रिवि ले मान्यता तथा समकक्षता (Recognition and Equivalency) लिँदा दुख: दिएको, कर्मचारीले दुर्व्यवार गरेको, समकक्षता नपाएर विदेश फर्केको समाचार धेरै पुरानो होइन।
अमेरि���ाको विश्वविद्यालय ले सिभी हेरेको भरमा आइज पढाउन भन्दै गर्दा, नेपाला टियुको एन्ट्रास एक्जाम कुर्दै बस्न परेको छ। त्यो पनि नेता , पर-नेता भिसी नचिनी नहुने होला। अझै अचम्मको कुरा त झन् , आफूले स्नातक पछि कहिले नपढेको विषयको पनि जाँच दिन पर्ने रे। जुन आफ्नो विशेषज्ञता विषय पनि होइन। माछा र किरा फट्याङ्ग्रा बारे के चाहिँ जानेर के जाँच दिने हो।
जे भने पनि रिसाउने र कराउने मान्छे त आइ हाल्छन्। यो भन्दा नि कराउलान्। तर यसो गुनासो पोखेको मात्र हो है। यहाँ पाएको अवसर छोडेर नेपालमै केही हुन्छ कि भन्ने आस गरेर बसेको ले ! केही कुरा परिवर्तन चाहिँ गर्न नै पर्ने छ है हाम्रो प्रणालीमा! मेरो आफ्नो त सिभी पनि त्यस्तो गतिलो छैन। कति राम्रो काम गरेर, कति धेरै पब्लिकेसन भएक�� मान्छेलाई अनि "नेपाल फर्क वैज्ञानिक" भन्ने रे! फर्किहाले नि सबै।
@gbudhathoki@DhakalSaurav@TelevisionNepal@radionepal
अपाङ्गताको मामलामा हामी कति संवेदनशील छौँ भन्ने कुरा आज उद्घाटन हुँदै गरेको सार्वजनिक प्रसारण बोर्डको स्वागत द्वारले नै स्पष्ट देखाउँछ। सिंहदरबार जस्तो ठाउँमा त हामी यति संवेदनशील छौ भने अन्य ठाउँको के कुरा गर्ने
कहिले पुर्णिमाका जुनहरुमा,
कहिले बगैँचाका फुलहरुमा,
मैले खोजिरहे।
कहिले तिम्रो शितलता सम्झदै हिमाल पुगे,
कहिले तिम्रो न्यानो सम्झदै तराई।
पहाडका गुँरासमा तिम्रो लाली पनि भेटे।
अह! तर तिमीलाई भेटिन।
प्र���मका प्रार्थना लिएर मन्दिर पुगे,
प्रेमिल याचना लिएर अड्डा।
++
तिमी नभएका यादहरुलाइ,
मनले चिन्दैन।
तिमीलाइ आफैबाट छुट्ट्याउन,
मष्तिस्कले मान्दैन।
तिमीबिनाको मेरो न कुनै हिस्सा छ,
तिमी नभएको न कुनै किस्सा।
तिमी बाहेक न केही रोज्न सक्छु,
न तिमिलाइ खोज्न।
भेटेर प��ि नभेटिने मृगत���ष्णा भयौ।
सुल्झाएर नसुल्झने रहस्य।
++