' केही दिन अघि भारतका राजदुत नवी�� श्रीवास्तवले एक रिसेप्सन आयोजन गरेका थिए । पस्ने बित्तिकै मैले गगन थापालाइ देखे । त्यहा , कांग्रेसका युवा नेता गगन थापाभन्दा अलि बढी बुढा र अलि थोरै बुढा सबै खाले मान्छे थिए । एमालेका पनि, रास्पाका पनि, मधेशवादी ,माओवादी र अन्य पार्टीका पनि । राजनीतिमा लागेकामात्र थिएनन, अन्य विविध क्षेत्रका पनि थिए । सप्तरंगी जमघट थियो ।
मैले गगन थापालाई ठट्टामा हास्दै सोधे – ‘ होइन नेपालमा सबैथरि बिचारधाराका मान्छेको भेटघाट हुने थलो , दुतावासका रिसेप्सन वा कुनै साहुसेठको घर मात्र किन हुन्छ होला है ? ‘
जवाफमा गगन थापा मस्त मुस्कुराए । मान्छेलाई दुई कुराबाट जाच्न सकिन्छ । उस्को मुस्कान र उस्का आंखा । बालख छदा ���ामी सबैको मुस्कान निश्चल हुन्छ । आंखा सफा हुन्छन । बढदो उमेरका साथै हामी ती दुबै कुरा साटेर जीवनमा अरु धेरै कुरा जम्मा गर्न थाल्छौ । पद, पैसा, प्रतिष्ठा ।
गगन थापाका आंखामा आज पनि तेज र उर्जा बाकी नै छ तर उनी अब उनी पहिला जस्ता निर्भय , निश्चल र मस्त देखिदैनन । बिस्तारै बुझ्दैछन नेपाली राजनितीका जटिलता र बिरोधाभाषहरु ।
गगन थापासंग केही समय त छ तर बढदो उमेर, नेपाली समाज र राजनीतिका अनिश्चित राजनैतिक समिकरणहरु र संगतका जटिलताले मनमा कोर्ने चिन्ताका धर्साहरु गगन थापाको मुहारमा पनि देखिन थाली सके ।
फेरी उनी शेरबहादुर देउवा पनि त होइनन , जस्ले सायद उनकै उमेरको हाराहारीमा, ततकालिन सभापति गिरिजा प्रसाद कोइराला��ंग मतभेदले सिमा नाघे पछि , कांग्रेस पार्टी फुटाउने साहस गरेका थिए। पार्टी फुटाउन धेरै ठूलो साहस चाहिन्छ । रेडिमेड पार्टीमा अर्ध बिरोधको झन्डा बोके जस्तो सहज हुदैन त्यो ।
शेरबहादुर देउवा बाहेक आजसम्म जसजसले आआफ्नो पार्टी फुटाउने जोखिम लिए , ती सबै ओरालो लागे । किन ? यो एक बेग्लै विश्लेषणको बिषय हो ।
त्यसैले नेपाली कांग्रेसमा बुढो नेता होस कि युवा भनिने अलि कम बुढो नेता किन नहोस - शेरबहादुर देउवा पछी सभापति पद ताक्ने हो भने पर्खनुको बिकल्प छैन । यो कुरा गगन थापा र शेखर कोइरालाका लागी मात्र होइन अहिले सिन मा देख्दै नदेखिएको कोही तेस्रो उम्मेदवारका लागी पनि उत्तिकै लागु हुन्छ ... '
( शिलापत्र डट कममा सोमबारबाट सुरु हुने मेरो नियमित स्तम्भ 'अनकट' का अंशहरु । 'अनकट' स्तम्भ पाठकका लागी सोमबार https://t.co/a82brBWVoB र दर्शकश्रोताका लागी दुई दिन पछी, बुधबार https://t.co/oa4YQodqgM मा उपलब्ध हुनेछ )
बिना अनुमति Youtube बाट Download गरेर एक अमुक Gamer Company ले आफ्नो विज्ञापनमा मेरो भिडियो प्रयोग गरेको रैछ । Message गर्दा reply आउदैन । यसको कानूनी उपचार के छ साथीहरु?
👉विश्वासको लागि यो फोटो त्यसको Screenshot हो । #policeHQ#cyberbuero
पत्रकारिताले समाज निर्माण या विनासमा भूमिका खेल्छ। तर आजकल हामीले आदर्श मानेका, इतिहास बनाएका धेरै पत्रकार नैं नकारात्मक सोंच र सस्स्तो लोकप्रियतामा लिन भएर आफ्नो धर्म नैं बिर्सेको देख्दा छक्क पर्छु। यसले कता लैजान्छ समाजलाई?
नेदरल्याण्डसमा राति साँढे बाह्र बजेदेखि साँढे तीन बजेसम्म तीन घण्टाको लागि प्रेतहरूलाई बाहिर आउने अनुमति छ । अरु समय आउन पाउँदैनन् https://t.co/Kxzwwgw2io
हैट! पोल्यान्डका भाइहरूको देउसी पो गज्जब रछ ।
बाहिरतिर त देउसिरे खेल्न थाल्नु भएछ त ।
हामी खेल्ने होइन ? हजुरहरूको खेल्ने समूह भए मलाई नि बोलाउनुस् है ?
आ है भन भन भाइ हो ?
देउसुरे ,,,,!!! आहा! रमाइलो हुन्छ हो।
हार्दिक आभार!
सामाजिक सञ्जाल मार्फत र प्रत्यक्ष भेटमा धेरैजनाले शुभेच्छा व्यक्त गर्नुभो। प्राय: सबैजनामा पुस्तकको फरक नामको कारण पनि कौतुहल र उत्साह देखियो। अब यसलाई यथाशिघ्र यहाँहरु माझ सुम्पिन हामीमा चुनौती थपिएको छ। हामी छिट्टै त्यो जिम्मेवारी पूरा गर्ने प्रयासमा छौं।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार—२०८०
प्रेस विज्ञप्ति
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई अर्पण गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो ।
द्वैत, अद्व��त तथा बहुलवादमा आस्था भएपनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भएपनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने बिषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको छ । प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुनुहुन्छ । प्रा. गौतमका समालोचनात्मक र आ���्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिबिधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहुनुभएका साहित्यिक अभियन्ता तथा चिन्तक श्री पवन कुमार चामलिंगलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ । । श्री चामलिंग २४ बर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री हुनुहुन्थ्यो ।
समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गर्नुभएका त्रिभुवन विश्वबिद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गर्ने निर्णय गरिएको छ ।
यी पुरस्कारको राशी जनही रु ३ लाख तथा सम्मान पत्र रहेको छ ।
जीवा लामिछाने
अध्यक्ष,
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान
मिति २०८१ भाद्र २४ गते