आजसम्म मैले दारू खाएकै छैन। कहिले काही पिएको चैँ छु, त्यो पनि १०/१२ वर्षदेखि छुन छाडिसकेको छु। यो दुनियामा दारू कसैले खॉदैन। पिउने कुरा फरक हो।
कसैलाई पनि खायो भनेर झूठो आरोप लगाउन हुन्न को! 😂
पहिला खड्क प्रसाद ओलि सरकार हुँदा सहकारी लाई बैंकिङ कसुर अन्तर्गत मुद्दा चलाउन राष्ट्र बैंकले सुझाव दिँदा त्यो पर्दैन भन्दै जालझेल गर्ने तेतिबेलाका अर्थ समितिका सभापति प्रकाश ज्वाला र सहकारी बिभाग केसब बडाल थिए। अहिले यो छुचुन्द्रोको अनुहार गरेकोले के भन्दै छ सुनौ उसकै मुख बाट।
@dil_nisani महाविर लाई विस्तारै वुझ्दै रहिछौ दिल भाई खुसी लाग्यो।
राम कुमारीले पनि महाविरको खैरो खन्छिन।एकदिन यसै गरि कुनै कमेन्ट देख्न पाईने छ।समय बलवान छ।शुभदिन!
कुम्भ मेलामा पति पत्नी दुबै जना डुबुल्की के मारेका थिएँ एमसिसिले हावा खाएछ। एमसिसीले अहिले सम्म केही काम गर्न सक्यो सार्वजनिक गर्न सकिन्छ ? अब भारत कहिले जाने ७० अर्ब माग्न अनि तेस्तै चीन कहिले जाने ८० अर्ब माग्न?? ब्याख्यात्मक टिप्पणीले पनि झिल्ल राम पार्यो होइन??
कृपया यो ४ मिनेट ५७ सेकेण्डको भिडिओ एकपटक धैर्य गरेर हेर्नुहोला I अब्दुस मिया हिजो के थिए र आज के भए अनी भोली के हुदैछन भन्ने कुरा घामजस्तै छर्लंगै देख्न सक्नुहुनेछ I
प्रिय अब्दुस मिया तिम्रो लागी शब्द अरुनै प्रयोग गर्न मन थियो तर त्यो प्रयोग गर्न मेरो संस्कार र पारिवारिक लालन पालनले अनुमति दिदैन I तर नयाँ र बैकल्पिक राजनीतिको घाटी निमोठेर दाहसंस्कार गर्ने पात्र तिमी नै हौ भन्न चाइ मैले कुनै संकोच मान्दिन I
हिजो तिमीले कहाँबाट राजनीति सुरु गर्यो र आज तिमी कहाँ उभिएका छौ यो भिडिओ हेरेपछि एकपटक आफ्नो मुख ऐनामा हेर I अनी पनि आफुलाई जिउदो राजनीतिज्ञ भन्यौ वा मान्यौ भने मान की तिमी केपी ओली पछिको केपी ओली हौ I
जब तिमी केपी ओली पछिको केपी ओलीनै हौ भने सामाजिक संजालमा तिम्रा यस्ता स्टाटस भनेका सामान्य नै हुन I किनकि नया र बैकल्पिक राजनीतिको घाटी निमोठेर हत्या गरि भ्रष्टपथमा लागेका तिमी जस्ता स्वार्थका झुण्डहरुलाई फेरिपनि बैकल्पिक राजनीति असफल भएको हेर्न मन छ I तर हामी असफल हुन दिदैनौ I तिमी जस्ता भ्रष्टचारिका मतियार हरुलाई असफल गराएरै छाड्ने छौं I
तिमीसंग सत्ता छ,तिमीसंग शक्ति छ,तिमीसंग यो देश लुटेको दौलत छ I तर हामीसंग जनता छन I आओ मैदानमा मियाँ साहेब अन्तिम थोपा रगत रहुन्जेल तिमीहरु जस्ता भ्रष्टका मतियार हरु संग लड्छौ र तिमीहरुलाई पराजय गरेरै छाड्ने छौं I
@abdusmiya@kpsharmaoli
Jolly Amatya Speaking on behalf of the UN. Major group for Children & Youth
जिन्दगीभर जनतालाई ढाँटेर बलि नअगाउने, आफैले बोलेको नबुझ्ने, डाँफेज, गौंडाजका चेलाहरुले सुनओ अंग्रेजीमा बोल्न परेपछि यसरी बोल्न पर्छ ताकी बिदेशीले पनि ताली बजाउन ❤️💐🤞
गाली गरेर राजनीतिमा उदाएका युवानेता हरुको अन्त्य पनि गाली गरेर होला जस्तो छ। यस्ता नेताहरूले बिस्तारै आफ्नो असली हैसियत देखाउन थालेका छन्। एउटा पार्टीको महामन्त्री भई सकेको , पार्टीको सभापति बन्ने दौडमा भएको, प्रधान मन्त्री बन्ने इच्छा राख्ने व्यक्तिले विद्यार्थी नेताले दिने जस्तो ग़ैरज़िम्मेवार अभिब्यक्ति दिँदै हिँड्दा लाज लाग्न पर्ने होइन र? कांग्रेस सुधार्न अघि बढेका थापाकाजी आफै बिग्रिरहेका छन्।
आवाजनै निकाल्ने हो भने ललिता निवास,भुटानी शरणार्थी, वाइडवडी, बाल मन्दिर, गोकर्ण रिसोट ,सरकारी जमिन र कल कारखाना बेच्ने, गिरीबन्धु, कोरोनाको महामारीमा जनतालाई राहत दिनुपर्नेमा उल्टो ४ लाख खोप गायब पारिनु, औषधि खरिदमा घोटाला हुनु, पूरक बजेटमा नीतिगत भ्रष्टाचार गर्नु र कालो धनलाई सेतो बनाउने काम गर्नु, न्याय सम्पादनमा हस्तक्षेप गरिनु प्रधानन्यायाधीशलाई महाअभियोग लगाइनु, वरियताक्रम मिचेर आइजिपी नियुक्ति गरिनु साथै करोडौँ लेनदेन हुनु, बजेट निर्माणमा बिचौलिया हाबी हुनु, नेपाल प्रहरीको हातहतियार खरिद गर्ने क्रममा एक अर्बको कमिसन डिल हुनु आदि जस्ता थुप्रै प्रकरण हरूको बारेमा निकाल्नु।
राजा वीरेन्द्रको वंश नास हुँदा तिम्रै पार्टीका गिरिजा प्रसाद कोइराला प्रधान मन्त्री थिए, तिम्रै पार्टीका अर्का नालायक रामचन्द्र पौडेल गृहमन्त्री थिए। अनुसन्धान गरेर कारबाही गरे भई गो नि। पार्टिको महामन्त्री जस्तो ब्यक्तिले बिना प्रमाण जे मन लाग्यो त्यही बोल्ने बानीले आफूलाई र पार्टी लाई घाटा हुन्छ भन्ने हेक्का पनि नभएको नेतालाई देशकाे जिम्मा कसरी लगाउने? राजनीति चर्को भाषण ठोक्दैमा हुने जमाना गयो।
एउटा वयस्क राजनीतिज्ञले गर्न पर्ने जस्तो व्यवहार गर्ने प्रयास गर्नु। अहिले पनि नेविसंघको नेता जस्तो उसृङ्खल व्यवहार नगर्नु। देशलाई नेतृत्व दिन मन छ भने थुतुनो र मुतुनो जोगाउनु।