Have an interest in agroforestry; trying to promote sandalwood and other high value crops in Nepal; forester; researcher; follow politics and dev. affairs
गोकुल बास्कोटाले मिडिया बिधेयक ल्याएर सामाजिक संजालको छाडापन बेलैमा रोक्नुपर्छ भन्दा घाटिको नसा फुट्ने गरी बिरोध गर्ने तपाइँ होइन ?
यो समाज यति सम्म अराजक बन्नुमा तपाइको नि ठुलो हात छ। अब भोग्नुहोस
सुनौँ:
पहिला संसद जल्यो कि गोली चल्यो ??
भदौ 23 को धोती येसरी खोलिदियेछन भाईले !
आमा सरकारले बनाएको छानविन आयोगमा कार्कि ब्रो र BBC को कारखानामा बनिएको रिपोर्ट बनाउने खरेलको मुहान र बिचार एउटै रैछ !
भदौ २३को दमन: गलत हो।
भदौ २४को विध्वंश: गलत हो।
भनेपछि त्यसका दोषी खुट्याउन बनेको आयोगको प्रतिवेदन भदौको आन्दोलनले निम्त्याएको चुनावअघि नै सार्वजनिक हुनु पर्ने हैन र? कि सरकार पनि चुपचाप,..छाप मोडमा हो? चुनावअघि नै दोषी र तिनको अपराधको भार भन्दिए जनतालाई छान्न पनि सजिलो ह���न र?😕
एक पटक ठण्डा दिमागले सोचौँ !
१. नेपालका स्थापित दुई धारका राजनीतिक दलमध्ये नेपाली कांग्रेस संकटबाट गुज्रिरहेको छ । पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवा आफ्नै पार्टीभित्र अन्याय भयो भनेर सर्वोच्च अदालतको शरणमा मात्र पुगेका छैनन्, चुनावमा रुखमा मत हाल्नुपर्ला भनेर मध्यरातमा देश छाडेर हिँडेका छन् । देउवा पक्ष निर्वाचनमा पुरै निस्क्रिय छ । यस्तो बेलामा परिवर्तनको सहयात्री तथा प्रमुख हिस्सेदार नेकपा (एमाले) दृढताका साथ चुनावी मैदानमा छ । सच्चा लोकतन्त्रवादी, संविधान पक्षधर, नेपाल राष्ट्रको हित चाहने र त्यसका लागि बलियो शक्ति चाहिन्छ भनेर विश्वास गर्नेहरुका लागि नेकपा (एमाले) मात्रै भरपर्दो विकल्प बनेको छ ।
२. न्युटनको गतिसम्बन्धी तेस्रो नियमका अनुसार जुन मात्रामा क्रिया उत्पन्न हुन्छ, त्यही मात्रामा बराबर र विपरीत ��्रतिक्रिया उत्पन्न हुने गर्दछ । एमालेका विरुद्धमा जुन मात्रामा घेराबन्दी, प्रचारयुद्ध र आक्रमण भएको छ, त्यसका विरुद्धमा त्यही मात्रामा प्रतिवाद हुनु अनिवार्य हुन्छ । यतिबेला हरेक देशभक्त, लोकतन्त्रवादी र परिवर्तन पक्षधरले यस तथ्यलाई बुझ्न आवश्यक छ ।
३. हाम्रा कमजोरी पनि छन, आलोचना पनि स्वीकार छ । तर, भदौ २३–२४ को घटना सरकरको सामान्य विरोधका लागि थिएन । प्रधानमन्त्रीले राजीनामा दिए��छि सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, अख्तियारको कार्यालय जस्ता धरोहर जलाउने कुरा कुनै नेपाली नागरिकले सोच्न पनि सक्दैन । यी राष्ट्रका दुश्मन हुन्, अपराधी हुन् । कुनै जेनजी युवाले यस्तो आपराधिक हर्कत गर्नै सक्दैन । त्यसैले घटना जे भएको थियो, त्यही रुपमा बुझ्नुपर्छ । शासकीय कमजोरी एउटा पक्ष हो । तर, त्यही निहुँमा देश जलाउने छ्ुट कसैलाई छैन ।
४. दुर्भाग्यवश गोली चल्यो, हाम्रा कलि��ा बच्चाहरुक��� अमूल्य ज्यान गयो । यो अपुरणीय छ । ती अवोध बच्चालाई पर्दापछाडि टीओबीधारी, कालोपोशाकधारी र सञ्चालक को थिए भन्ने थाहा थिएन । अहिले भावनाको व्यापार गर्नका लागि जतिसुकै विश्वसनीय भनिएका संस्थाहरुले बृत्तचित्र बनाए पनि यस गहिराइमा उनीहरु पुग्नै चाहँदैनन् । त्यसैले घेराबन्दीले नगसकेको एमालेलाई आँशु र भावनाले आक्रमण गर्ने प्रयासका पछाडिको अन्तर्य नागरिकले बुझ्नुपर्छ ।
५. निरपेक्ष नया��� र पुरानाका भाष्यले हाम्रो इतिहास, गौरव, बलिदान र त्यागलाई अवमूल्यन गर्दछ । कुनै धरातलमा नउभिएका, होहल्लाका भरमा चर्चामा आएका र कुनै सैद्धान्तिक आधार नभएका शक्तिहरुले सत्तामा जाने मौका पाए भने उनीहरुबाट देशलाई ठूलो खतरा रहन्छ । किनभने, उनीहरु त दुई दिनका पाहुना हुन्, आउँछन्, जान्छन् । तर, देशले ठूलो क्षति बेहोर्छ । त्यसैले नेता बदल्न सक��न्छ, मत पनि बदल्न सकिन्छ । तर, देश बदल्न सकिन्न । हरेक नेपालीले आफ्नो देशलाई माया गर्दछ । त्यसैले लोकप्रियतावादको भुलभुलैयामा नपरी विश्वसनीय, जनताको बीचमा स्थापित र जिम्मेवार दललार्ई छान्नुपर्छ । यस पटकका लागि निःसन्देश एमाले नै त्यस्तो शक्ति हो ।
२३ गतेको आन्दोलनकारीहरु अहिले पनि सडकमै छन् ! सरकार र चुनावमा २३ गते ३ बजे पछिका षड्यन्त्रकारी र २४ गतेका विध्वंशकारीहरु मात्र छन् ! पूर्व प्रधानन्यायधीषको जजमेन्टमा सहमति जनाइयो हेर्नुस् !!
२३ गतेको आन्दोलनकारीहरु अहिले पनि सडकमै छन् ! सरकार र चुनावमा २३ गते ३ बजे पछिका षड्यन्त्रकारी र २४ गतेका विध्वंशकारीहरु मात्र छन् ! पूर्व प्रधानन्यायधीषको जजमेन्टमा सहमति जनाइयो हेर्नुस् !!
Antonio Gramsci explains how working class accepts the domination because of false consciousness as those oppressing groups disinform them through cultural hegemony. The role of 'organic intellectuals' is to challenge such disinformation and raise class consciousness.
न कुनै जनप्रतिनिधी न कुनै न्यायलयको प्रतिनिधि न कुनै कर्मचारी तर पनि एउटा सुकुलगुण्डा पाराले कोही राज्यको बिभिन्न कार्यक्रममा सिधै निर्देशन दिने तहमा पुग्छ भने बुझ्नुस् राज्य एक प्रकारले “फेलियर स्टेट” भैसक्यो | सिस्टम सुधार्ने त्यो अनिल कपुरले होइन, यती त बुझ्न पर्छ है | जे हुँदै छ एकदम गलत हुँदै छ, बेलैमा सचेत बनौ | लोकत���्त्रको यो भद्दा मजाक सह्य छैन |
केही प्रश्नका जवाफ खोज्न जरुरी छ: अनिमात्र निर्वाचन गर्ने वा नगर्ने कुरो हुन्छ।
यो विद्रुप विध्वंस मच्चाएर यसलाई आन्दोलन गरेका हौं भन्ने, यसलाई आन्दोलन भन्ने र यो विद्रुप विध्वंस को जगमा सत्तारोहण गरेकाले यी प्रश्नको जवाफ दिनै पर्छ;
१) फाल्गुन २१ मा हुने भनिएको निर्वाचन पश्चात पनि निर्वाचित संसद विरूद्ध यस्तै विरोध भएर यस्तै केही अराजक प��रदर्शन भए के गर्ने? फेरि संसद विगठन गरेर निर्वाचनमा जाने? फेरि भीडको बलमा सरकार बनाउने? आखिर सबैको चित्त बुझाउन त सकिँदैन। समाजमा असन्तुष्टि हुनु त स्वाभाविक हो नि, कि होइन?
२) भोलि निर्वाचित हुनेहरू देशका समस्या समाधान गर्न आज भन्दा योग्य हुनेछन् भनेर मान्ने आधार के?
३) लु प्रतक्ष निर्वाचित ��ार्यकारी नै भएछ मानौं - त्यो भ्रष्ट र निरङ्कुश नहुने आधार के हो? त्यसका विरुद्ध एकाध वर्षमै यसरी विरोध शुरू भए के गर्ने? त्यस्ता दिन आउँदैनन् भन्ने आधार के छ?
४) शान्तिपूर्ण आन्दोलन गर्छौं, सीमा र समय भित्र गर्छौँ भनेर लिखित स्वीकृति लिने तर उच्छृङ्खल र हिंस्रक बनेर निषेधित र सुरक्षा गर्नुपर्ने स्थानमा आक्रमण गर्न आए के गर्ने?
५) सबैभन्दा ठूला समस्या त बैंकहरूका कारण सृजित समस्या छन्। य��्तोमा राष्ट्र बैंकका कार्यालयहरू , बैंकहरू र अन्य निजी तथा सरकारी संस्थानमा आक्रमण भए राज्यले निर्ममता पूर्वक गोली चलाएर भएपनि सुरक्षा गर्ने कि नगर्ने?
६) मान्छे मर्नु राम्रो होइन तर के मान्छे मर्नु हुँदैन भनेर अराजकता र विद्रुप विध्वंसलाई मान्यता दिनु भविष्यका यस्ता अनेकन अराजकतालाई जन्म दिनु होइन?
७) अर्को बैसाखमा निर्वाचन हुने नै थियो , एक वर्ष अगाडि सार्दा प्राप्त भएको कुरा जसले दिर्घकालिक रुपमा राज्यलाई प्रगति को पथमा लैजान्छ - त्यो के हो?
८) के अब देशमा भ्रष्टाचार हुँदैन? सकिएको हो?
यी र यस्ता प्रश्नहरूको जवाफ नखोजी गरिने निर्वाचन राष्ट्र प्रतिको गद्दारी हो - धोका हो।
यो आन्दोलन नभएर राज्यद्रोह हो।
अहिलेको सरकार लगायत यो विद्रुप विध्वंसका हरेक स्टक होल्डर राष्ट्रद्रोही हुन। ती सबै माथि अनुसन्धान र कारवाही हुनुपर्दछ।
प्रहरी, राष्ट्रिय अनुसन���धान,सेना र सशस्त्र माथि पनि छानविन हुनु पर्छ।
म एक्लो हुनसक्छु, मेरो कुरालाई निषेध पनि गर्न सक्नुहुन्छ तर म अन्तिम श्वास सम्म पनि :
क) यो बेबकुफ अपराधी भीडतन्त्र स्वीकार्दिन !
ख) यो विद्रुप विध्वंस र संसद विगठनको माग राज्यद्रोह हो भन्छु!!
ग) निर्वाचित संसदले बनाएको प्रधानमन्त्रीलाई हिंस्रक भीडले अपदस्त गर्ने कुरा र यस्को बलमा सरकार बन्नुलाई - सही हो भन्दिन!
घ) यो अराजक विद्रुप विध्वंसला�� आन्दोलन र विद्रोह भन्दिन!!
ङ) प्रणाली मास्न र मास��र गरिने कुनैपनि अराजकता लाई स्वीकार्दिन।
च) यो देशमा केही कुण्ठित र अधकल्चाको अराजकताले सुशासन र समृद्धि हासिल हुन्छ भनेर मान्दिन।
छ) एउटा अमूक व्यक्तिले देश सम्हाल्न र बचाउन सक्छ भन्ने मान्दिन।
ज) लोकतन्त्र,लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक प्रणाली विरुद्धका हरेक कुराको विरोध गर्दछु।
अन्तमा : म जान्दछु, सुनको कचौरा हातमा दिएर त्यसमा राखेर पिलाइने साइनाइटले पनि ज्यान लिन्छ।
���ैले सोक्रेटसको विरादरी स्वयं चयन गरेको हुँ - विष पिउन तयार छु तर लोकप्रियताको लागि, सबैको प्रिय हुन - सत्य छोड्न सक्दिन। म जान्दछु, लोकतान्त्रिक प्रणाली बलियो हुँदा मात्र मानवताको रक्षा सहज हुन्छ। हिंसा र क्रूरता पराजित हुन्छ।
यो त���को सफाइ दिनु जरूरि छैन । म त नियत मै खराबि देख्छु् । प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थानमा एउटा नक्शा समेत ब्यवस्था गर्न नसक्ने अबस्थामा हामी पुगेका हौं भनेर कसरि बिश्वास गर्ने?
अहिलेको सम्माननिय प्रधानमन्त्री ज्यु बस्नुभएको गृह मन्त्रालयको नयाँ भवन हो । गृहको नयाँ भवन तयार नै नभएर प्रधानमन्त्रीको कार्यलय को रुपमा तयार गरिएको हो । आफु राष्ट्रवादि अ��ु सबै अराष्ट्रवादि भन्ने भाष्य त्याग गरौ ! सबै नेपाली ले यो देशलाई माया गर्छ्न! अर्थमन्त्री अहिलेकै हुनुहुन्छ तर पछाडि चुच्चे नक्सा छ!
के बाटो बनायौ हौ , इन्जिनियर साथीभाइ हो , यो
नारायणगढ-��ुग्लिन सडक ? के पढाउँछ छ यो पुलचोक क्याम्पस भन्ने #प्रश्न आयो ? 😂😂 मान्छे मार्ने पासो थापेका हौ ? जहिलै पहिरो ?
#मुलुक_बाटो