यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।
तिम्रो पावर तिम्रै पहुँच मेरो के नै छ र यहाँ
संघर्ष गर्दै छु पुग्ने छु एकदिन पहुँच छ जहाँ
त्यो दिन औकात हेर्ने छु र त्यही दिन तुलना गरौं
यहि गतिमा गए पनि धर्ती छोडी जान्छौ र कहाँ
विधी,विधान र घाेषणा सहमतिकाे गर्ने कामकार्वाही उल्टापुल्टा गरेपछि कसरी समस्या समाधान हुन्छ?सङ्क्रमणकाे समाधान महाधिवेशन हाे।प्रधामन्त्रीकाे विकल्प आमचुनावले दिने हाे।बाँकी समस्या के छ?राजनितीमा मध्यममार्ग घाटे बैधकाे उपचार जस्तैहाे।बाँचे मैले,नबाँचे मैले मर्छ भनेकै थिएँ।
म एकदमै खुशी छु यसर्थ कि एउटा राजनीतिक दलको आन्तरिक विवादमा आम जनताको चासो चिन्ता र रचनात्मक सहभागिता आफैमा जनताको बहुदलीय जनवादको सफल प्रयोग हो। यसले प्रमाणित गरेको छ, राजनैतिक दल त्यस्का नेताद्वारा मात्रै चल्न सक्दैन। जनअनुमोदन अनिवार्य प्रक्रिया। सोचे भो सोच्नेले।
आज बोली लकडाउन खुल्ला भएको मिति हो
माहामारी नै माहामारीको समय कस्तो बेथिती हो
असारमा सरकारले लक डाउन खुकुलो गर्नु भनेको
कर उठाउने र आर्थिक अवस्था सुधार्ने रणनिती हो ।