सुन्नुभयो, समर्थनको आवाज?
"बालेनले राजा ल्याउँछ भनेर राजसंस्थावादीहरूले पनि बालेनलाई भोट दिए" भनेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भन्दा हलमा उर्लिएको समर्थनको आवाज सुन्नुभयो?
प्रचण्डमार्गी रास्वपामा त राजसंस्थाको पक्षमा त्यत्रो आवाज छ भने, देशभरी मौन आवाज कति होला?
#नवीनसमझदारी बेगर कसैले अघि बढ्ने सोचेको छ भने त्यसले ज्यान गए नेपालको दिर्घकालीन हित गर्दैन। समस्याहरू अझ बल्झिँदै जानेछन्। सबैलाई चेतना भया! #विचारभन्दामाथिदेश!
स्वागत नेपाल, रबिन्द्र मिश्र, सुनील शर्मा, राजेन्द्र लिंदेन, अभिशेक जोशी, जस्ता देशलाई चाहिने मान्छेहरु हराईए र संबिधानको "स" पनि नजानेकाहरु जिताईए पछी पनि देश बनछ भन्ने आशा राखियो है 🙏
प्रधानमन्त्रीलाई साक्षी राखेर संसदको रोष्टमबाट जनताको आवाज प्रष्टसँग राख्न सक्ने नेता!
जुम्लाका वास्तविक समस्या संसदमा उठाउन सक्ने र आफ्ना एजेण्डामा अडिग ज्ञानेन्द्र शाहीलाई जिताउनु सम्पूर्ण जुम्लावासीको कर्तब्य हुन आउछ। यिनलाई जिताउन लागिपरौ 🙏
अन्यथा अर्थ नलागोस्।
मौजुदा संविधान, राज्यप्रणाली, राजनीतिक अवस्था तथा नेतृत्व तहमा देखिएका पुराना/नयाँ पात्रहरूको भिजन, एजेन्डा र क्षमताका आधारमा मुलुकको अवस्था सुधारिने संकेत कतै देखिँदैन। नेपाली समाज/राजनीतिले संरचनागत आमुल परिवर्तनको बाटो नरोजेसम्म आगामी दिन कठिन हुनेछन्।
सबैलाई यो कुरा ग्राह्य नहुन सक्छ। तथापि, भविष्यका लागि सन्दर्भ रहोस् भनेर यति लेख्नै पर्ने भयो।🙏
चैत १५ मा तीनकुने घटनामा आयोजकले अनुमति लिएकै स्थानमा मञ्चमै ताकेर अश्रुग्यास हानिएको थियो। राष्ट्रिय गान बज्दै गर्दा हमला सुरू गरिएको थियो।
संसद भवन १.५ किमी टाढा थियो, तर अनुमति दिइएको स्थलमै सहभागीमाथि SLR र इन्सासले गोली बर्षाइएको थियो। घर फर्किँदै गरेका युवामाथि पछाडिबाट गोली हानेर ढालिएको थियो। गल्ली गल्लीमा छिरेर गोली दागिएको थियो।
मिडियाले राजसंस्थावादी मारिएका हुन् भनेर सत्तालाई आवश्यक प्रश्न नसोधेकै हुन्, अनुसन्धानात्मक रिपोर्ट त परको कुरा। छानवीन आयोग बनाउन माग गर्नुको सट्टा जेल परेका अगुवाहरूलाई लगाइएको कठोर मुद्दामा मिडियाले सम्मति जनाएकै हुन्। अपवादलाई छाडेर मिडियाले कलमको बलमा दलहरूभन्दा पनि चर्को राजनीति गरेकै हुन्।
तीनकुने घटनामा मिडियाको दह्रो साथ पाएर हौसिएका केपी ओली र रमेश लेखकले भदौ २३ घटाएका हुन्।
यो स्वीकार र आत्मालोचना नगरी कुनै पनि मिडिया रिपोर्ट र विश्लेषण पूर्ण हुन्न, पत्रकार/सम्पादकलाई पेशागतरूपमा तटस्थ मान्न सकिन्न।