म घरको भित्ता कोट्याउँछु त्यहाँ पनि तिमी
म आफ्नै मुटु अठ्याउँछु त्यहाँ तिमी नै तिमी
आकाशमा तिमी,धर्तीमा तिमी,मैले फेर्ने हरेक श्वासप्रश्वासमा तिमि,,,
हावामा नि तिमी देख्छु,पानीमा नि तिमी,
मैले हेर्ने दुई आँखाका नानिमा नि तिमी।
❤️❤️✍️
संघर्ष गर्दा फाटेका जिम्मेवारी सिउँला भनेको
बा..थोरै खर्च दशैंमा हजुरलाई दिउँला भनेको
छोराले देश बिदेश गर्दै कमाएर पाल्छ भन्नेहरु
छोरी भएनि सपना पुरा गरेर उभिउँला भनेको
जब म टि्वटर चलाउँदिन थिए त्यो बेला सम्म मलाई टि्वटर चै ठूलै कुरा रहेछ क्यारे जस्तो लाग्थ्यो😂 तेती⁰खेर मलाई सोध्ने गर्थे तिम्रो टि्वटर अकाउण्ट छ ? छैन को उत्तर पाउँदा अजीब अनुहार पारेर ए भन्थे😂 आखिरीमा टि्वटर भनेको तै 2-4 वटा देखावटी आदर्शका शब्दहरू फ्याक्ने ठाउँ त रहेछ नि 😉😉
उदास पारी गयौ खुसी हुनु
मेरा शब्द पढि गयौ खुसी हुनु
मेरो लागि प्रखिन सकिनौ के भो
जहाँ कहि रोकिएकी छौ खुसि हुनु
उदास छौ कसैको धोका पछि
कर्म कतै त गरेउ खुसी हुनु
कसैको जिन्दगी बन या बन्दगी
मेरो लागि त मरिसक्यौ खुसी हुनु
मैले आजसम्म जति आफुलाइ बाडेको छु
राख्दै आइरहेको छु तिम्रो हिस्सा एक तिर
जुन दिन देखे तिमिलाइ देखेर दङ्ग परेको थे
त्यो दिन देखि संसार एक तिर तिमी एक तिर
#गजल
एउटा बचाउन अर्को,मरेको देखें।
पाप मेटाउन पाप नै, गरेको देखें।
अरु कसैको नजरमा उठ्न खोज्दा;
आफ्नै नजर बाट तल,झरेको देखें।
पक्कै, केही कमी थ्यो, त्यो ठाउँमा;
एक दिलबाट अर्कै दिलमा सरेको देखें।
डाह गर्दिने,आफु कम्जोर हुँदा पनि;
हारले जित लाई, आँखा तरेको देखें।
👇👇
✍️मनमा तिनै मान्छे मात्रै सुरक्षीत रहन्छ्न,जस्लाई सम्झिदा ओठ अनयासै मुस्कुराउछ,आँखा खुसीले चम्किन्छ्न,,नत्र भेटिए जत्ती मानिसलाई सम्झिदा त मस्तिष्कको harddisk मा भएको space पनि कमि हुन थाल्छ।
#शुभ_दिन_शुभ_पल🙏❤️☕
बुझेर नसकिने रहेछ,जिन्दगीका कयौं कहानी!
सधैं उस्तै गरि नझुल्किने रहेछ हरेक बिहानी!!
आज गयो,भोलि भन्यो आसको झोलि भरिन्न,
देखिन्छ्न अनेकौं सपना नफेरी त्यही सिरानी।।
#शुभबिहानी✍️🙏😍☕️