एउटै सत्तालाई फ्रान्सको क्याफेबाट हेर्दा र बागमती किनारको चिया पसलबाट हेर्दा फरक देखिन्छ । सत्य फ्रान्सबाट देखिएको दृष्य पनि हुन सक्छ, बागमती किनारबाट देखेको दृष्य पनि हुन सक्छ । तर एउटै मान्छेले एकै समयमा दुबैतिरबाट हेर्न सक्दैन । त्यसैले समाजमा विविधता छ, समाजमा वर्ग छ ।
नयाँ संसद्मा नवधनाढ्य हावी, छुटे निम्न वर्ग र विपन्न !
यो रिपोर्टिङ भर्खरै पढें, अलि फरक स्वादको लाग्यो । यसमा सांसदहरुको आर्थिक स्थितीलाई लिएर गरिएको वर्गीकरणको आधारबारे थप बहस गर्न सकिएला, तर यसले नेपाली संसदको वर्गीय धरातललाई एक हदसम्म प्रष्ट्याउँछ ।
@bachu_gr
https://t.co/JYoy8lhq8w
विराट अनुपमलाई बाह्रमासे ट्वीटेमात्तै ठानेर गल्ती गरिएछ ।
यिनले 'पहिलो आमनिर्वाचन २०१५' नामको उत्पात किताब लेखेछन् । म यो इतिहास ग्रन्थ पढ्न सिफारिश गर्छु ।
विराटलाई बधाई छ । अब ट्वीटका मात्रा घटाएर यस्ता दीर्घजीवी थोक उत्पादनमा बढ्ता लाग्नु !
Pic : Ukaalo
घमण्डको भाँडो नभरिदै फुट्छ कि क्या हो?
न त शिष्टाचार, न त लोकतान्त्रिक व्यवहार, न त विनम्रता, न त उदारता —फगत आत्मरति र दम्भ। यसरी नै हो सुरुमा मान्छे ईश्वर बन्ने र बिस्तारै बिस्तारै पतन हुँदै जाने। मात्र दुःख यस मानेमा लागेको छ कि हाम्रा अनमोल पाँच वर्ष तमासा गरेर र तमासा हेरेर नै सकिने भए।