काँग्रेस मौन छ,
परिणामपछि शब्दहरू हराएझैँ।
गगन पनि मौन छन्,
सुवेच्छुकका आवाजहरू थामिएझैँ।
तर समय कहिल्यै मौन हुँदैन,
उसले फेरि घडी घुमाउँछ।
पराजय क्षणिक हो,
उर्जा भने दीर्घकालीन आगो हो।
मौनता लामो नहोस्,
आशा निभ्न नदिऊँ।
किनकि समय बलवान छ—
उर्जा नमरोस्। @thapagk
We’ve officially launched BuyMeMomo page.
All support received will go directly to helping those affected by Sep 8 protest in Nepal. BuyMeMomo will not take any platform fees. Contributions are fully transparent on site and will also be shared publicly.
https://t.co/fdYBjPh7Ba
URGENT SHARE NEEDED 🚨
• International media must cover Nepal
• Today’s peaceful protest was against CORRUPTION, not social media ban
• Reports of a possible full internet shutdown
• At least 21 killed, 600+ injured
Global coverage is vital so Nepali voices are not silenced
KP Oli was, is, and will always be a power hungry monster. And now he, his government are murderers of kids in school uniform, of youth.
तेरो @kpsharmaoli र तेरो सारथी देउबाको @SherBDeuba, तिमीहरूका मन्त्री र सांसदका मुखमा थुईय्य! आईज, लगेर हाल जेलमा।
- ऋचा थापा, काठमाडौ
आज अफिसबाट ढिला घर आई पुगे ,सब जनाले खाना खाइ सक्नुभको बहिनिले मलाई पस्केर दिइन् ।म खान सुरु गर्न लागेको थिए उनि आएर "कृतिका हजुर एक्लै हुनुभो टेबलमा म साथि बस्छु " ! कहां बाट आउछ यस्तो कुराहरु !कस्तो भाबुक भए एकछिन । मेरो जुनतारा ♥️
घरकै लोकल एभोकाडो उपलब्ध छ
(कालिमाटी अनुसार आजको थोक किलोको औसत २४०)
तर, ट्विटेलाई छुट सहित
१० किलो माथि लगे किलो को २००
१० किलो मुनि लगे किलो को २२०
सम्पर्क
कृतिका दवाडी
कुलेश्वर
9851107962
आफूले अरूको कुभलो चिताउनु, कुभलो गर्नु भएन। बाँकी दुनियाँले तपाईॅंबारे के सोच्छ, के भन्छ भन्नेबारे टाउको दुखाउन थाल्नुभयो भने बहुलाउनु हुन्छ।
-कार्तिक ४
शब्दको बोझमा दबित भावना,
कतै टाढा उडि जाने चाहना ।
खोज्दै छु म कसैलाई
उप्काउदै छु हरेक चाेटि अाफैलाई ।
हराएको त थिइन कहिल्यै तर पनि
खोज्दा पाउँदिन अाफैलाई ।
परेको छु रनभुल्ल
बिताउदै छु जिन्दगी आफ्नो अस्तित्व
बिनाको यथार्थलाई भुल्न ।
आज राष्ट्रगुरु प्रादुर्भाव हुनुभएको दिन।
सनातन चौतारीले खोजेको एक मात्र गुरु योगि नरहरिनाथको यो सानो भिडियो अंस "महर्षि योगी महेश" नेपाल आउदा लिईएको हो। महेश योगि नेपाल आउदा उहाँले टुंडिखेलको एक कार्यक्रममा स्वागत गर्नु भएको छ।
राष्ट्रगुरु योगि नरहरिनाथले महर्षी महेश योगिको अन्य ठाउमा पनि प्रंससा गर्नु भएको पाईन्छ। दुवै सन्तले गुरुकुल खोल्न जोड दिनु भयो। महर्षी महेश योगिले सञ्चालन गर्नुभएका गुरुकुल विश्वभरि छरिएका छन र तिनमा अध्ययन र अध्यपन हुदै आईरहेको छ। महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका गुरुकुललाई "महर्षी महेस योगि वेद बिज्ञान बिद्यापिठ, महेश सन्यास आश्रम जस्ता नामले आज चिनिन्छ।
विसं २०३१ मा टुँडिखेलमा आयोजना भएको प्रवचन कार्यक्रममा महर्षि महेश योगीले "हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने" बताउनुभएको थियो। यसै सन्दर्भमा राष्ट्रगुरु योगि नरहरिनाथले उहाँसंग गुरुकुल खोल्न सहकार्य गर्नु भएको थियो।
आज येगि नरहरिनाथले परिकल्पना गर्नु भएको धेरै स्थानमा गुरुकुल सन्चालन छन। यद्यपी नेपालको राजनिती तथा अन्य कारणले ति गुरुकुलहरु उहाले सोछे जस्तो अवस्थामा छैनन।
योगी नरहरिनाथको जन्म नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको कर्णाली अञ्चलको कालीकोट जिल्ला अन्तर्गत लालु भन्ने गाउँमा विक्रम सम्वत् १९७१ फागुन १७ गते प्रातः सूर्योदय बेलामा भएको थियो। उहाँ भारद्वाज गोत्रका ऋक्सेन थापा क्षत्रियका ख्याति प्राप्त कुलदीपक हुनुहुन्छ। योगी नरहरी नाथको बाल्यकालको नाम बलवीरसिंह ॠक्सेन थापा थियो । आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्याष लिएपछि मात्र उहाँको नाम योगी नरहरिनाथ रहन गएको थियो।
योगी नरहरिनाथ
आज नरहरिनाथको १०७ औँ जन्मदिवसमा फेसबुक स्टोरीमा उहाँको सम्झनामा तस्वीर राख्दा धेरैले, कस्को फोटो हो ? को हुन् नरहरिनाथ ? भनि सोधनी भएकाले लेख्दैछु...
नरहरि नाथ को हुन् ?
पिता श्री ललितसिंह थापा र माता श्रीमती गौरादेवीको कोखबाट विक्रम संवत् १९७१ फागुन १७ गते कलिकोटमा जन्मिएका वलवीरसिंह थापानै पछि गएर नाथ परम्परामा दिक्षित भएर योगी नरहरिनाथ हुनुभयो । उहाँ धर्म, भाषा, इतिहास, समाजशास्त्र, दर्शनशास्त्र, आयुर्वेद, साहित्य जस्ता अनेकन क्षेत्रका अद्वितीय प्रकाण्ड विद्वान् एवम् वैदिक वाङ्मयका मर्मज्ञ ज्ञाता हुनुहुन्थ्यो । कुनै समयमा कलुषित चाह राखेका विदेशी र आफ्नै प्रचक्रीहरूले देशको सार्वभौम अस्तित्वमानै खललपार्न उद्यतरहेर संयुक्त राष्ट्रको सदस्यहुन अवरोध पारेका वखत राजा महेन्द्रलाई स्वतन्त्र सार्वभौम राज्यलाई संयुक्त राष्ट्र संघको सदस्य हुन चाहिने प्रमाण जुटाउन सहायता गरेर नेपाललाई संयुक्त राष्ट्र संघमा सामेल गराउन अमुल्य योगदान गर्नुभएको थियो। शैवागमको सोधखोज, धर्मजागरण हेतु कोटिहोम (श्रीबृहदाआध्यात्मिकपरिषदः स्वर्णमहत्सव-२०७२ स्मारिका का अुनुसार नेपालमा र विदेसमा गरी जम्मा १२९ स्थानमा कोटिहोम), नेपालमा संस्कृत विश्र्वविद्यालय खोल्न उहाले नै अलख जगाउनु भयो र दाङ्गमा 'महेन्द्र संस्कृत विश्र्वविद्यालय' खुल्यो तेसपछि 'सरयु संस्कृत विश्र्वविद्यालय' पनि उहाँले नै खोल्नु भएको थियो । उहाँको राष्ट्रवादी धार्मिक शैक्षिक व्यक्तित्व सबै नेपालीकालागि आदर्स पथप्रदर्शक छ ।
उहाँले प्रकाशन र सम्पादन गरेका पत्रिकाहररू:
१.पुरूषार्थ
२.विश्वत्मा दर्शन
३.कर्मवीर
४.आर्यवीर
५.ग्रामगरिमा
६.हिमवत्संस्कृति
७.संस्कृत सन्देशः
८.सरयू सन्देश:
९.नाथ सन्देश
आदि हुन् ।
विदेशी लेखकका पाँच-सातवटा बुक पढेर हलानोवाद फलानोवाद फलानोधर्म भन्दै आफ्नै पितापूर्खाको आस्था रीति थिति धर्म भाषा र संकृतिको सौर्यलाई गुल्चेर प्रचक्रीका मतियारभई नैतिक इमान एवम् गतिछाडी कुदने हामीहरू सबैले हाम्रा पिता-पूर्खाका अनि आफ्नै ठाउँका पौरख, विवेक र ज्ञानले भरीपूर्ण ऐतिहासिक दस्तावेज, चिट्ठी-पत्र, शिलालेख-ताम्रपत्र, वंशावली, नाथ, सिद्ध-वुद्धहरूका जीवनीहरू र कृति श्री योगी नरहरिनाथ ज्यूले विशाल सङ्ग्रह गरिदिनुभएको छ । हामी सबैले एकपटक उहाँका अमुल्य पुस्तकहरू अध्ययन मनन् गर्नैपर्ने ठान्दछु । जजस्ले उहाँका पुस्तकहरू एक पटक मत्रै अध्ययन गर्नेछौँ, सबैमा अआफ्नो कुलवंश, राष्ट्र, राष्ट्रियता र मूलधर्मको वोध हुनेछ ! यानि आफु र आफ्नो स्वधर्मको बोध हुनेछ !
-साभार श्री रोशण शाहा