दुख :
पर्खी बस्नेहरूलाई
सुख :
छाडी जानेहरूलाई
पीडा:
आवाज ननिकलि कोठा भित्र रुदै बस्नेहरुलाई
आनन्द :
कोहि रोयको होस या नरोयको होस वेमतलब गर्नेलाई।
मजबुत पहाडले पनि आफ्नो अस्तित्व गुमाउछ जब प्रकृति नै उसको विपक्षमा भुईचालो बनी आईदिन्छ,
भुईचालोपछी उस्तै अवस्था खोज्ने मुर्ख म..
जुन दिन नफर्कने गरि सदाको लागि टाढिन्छौं नी तब मान्छेहरु रुन्छन् र फर्केर आऊ भनेर बिन्ती बिसाउँछन , तर सँगै रहुन्जेल न तिनले देख्छन् ,न वास्ता नै गर्छन् अनौठो छ
संसारको रित।
साथमै बस कसरी भनौ जाऊ कसरी भनौ
यत्रो दुनियामा म सँगै रमाऊ कसरी भनौ
दुख्छ भन्ने जानाजान नजिक हुनु गल्ती भो
अब दिएर गयौ तिमीले घाऊ कसरी भनौ
सही गलत नबुझ्ने अबुझ पनि छैनौ तिमी
मेरै नाममा औँठाछाप लगाऊ कसरी भनौ
तिम्रो श्रापको लाएक पनि नभएको मान्छे
म घुर्क्याउदा तिमीले मनाऊ कसरी भनौ