एपीवान टिभीमा शनिबार प्रसारित बहसमा हावी भएका जागृत रायमाझीले राखेका तर्क र डकुमेन्टहरुमा न प्रस्तोताले वैधानिकता खोजे, न सहभागी वक्ताले। उनले कार्यक्रममा गरेका पाँच दावीहरुको हामीले तथ्यजाँच गरेका छौँ। #NepalFactCheck https://t.co/Hk5VGPkNB3
संसदमा हुने बहसको स्तर किन यसरी घोप्टो पर्दैछ? न बिषयबस्तुको
स्पष्टता, न छ्याङ बिचार वा शुद्ध भाषा, एकाध बाकपटुता निपुणहरुको आक्कल झुक्कल सहभागिता बाहेक कर्मकाण्डि गनगन हुन्छ, सार्थक छलफल र निष्कर्ष त परै जाओस् सार्वजनिक महत्वको जानकारी समेत मन्त्री दिन्नन्
कस्तो लोकतन्त्र???????
वैकल्पिक राजनीतिकको कुरा गर्दा बुझ्नु पर्ने के होला भने, उता 'आमआदमी'का नेताहरू टोलटोलमा पुगेर स्थानीय मुद्दाहरूको छिनोफानोमा सक्रिय देखिन्छन् भने हाम्रा चाहिँ प्रायः 'पत्रिका'मा 'चिन्ता' गरिरहेका भेटिन्छन्। 'वैकल्पिक राजनीति' र 'आरामको राजनीति' बीचको फरक बुझौँ साथीहरू !😀😀
हिजोका माओवादी आज भात खाँदैनन भुजा ज्युनार गर्छन, गाडी चड्दैनन गाडीमा सवारी गर्छन्, खसआर्यले राज्य खाए भन्छन अनि लिम्बुको छोरीलाई गौंडा छेक्छन र अग्नि सापकोटालाई सभामुख बनाउँछन्।
@cmprachanda मुटु दर्हो पारेर @thapagk लाई सुन्नुहोला।
कुन दिन सरकारले बालुवाटार जग्गा नराम्ररी ठगिएकोमा बिष्णु पुत्र नविनलाई उक्त जग्गाको हालको चलनचल्तिको मूल्य रू ६ करोड र ब��ंकबाट उक्त जग्गा धितो राखी लिएको रू ४९ लाख ऋण र त्यसको ब्याजसहित तिरिदिने निर्णय गरेमा म अचम्म पर्नेछैन।
३५% मान्छे हाम्रो चोरमात्र किन दोषी भन्दै नाङ्गै नाच्दैरछन् अनि अर्का ५०% चै आफ्नो चोरको लाज छोप्न आफूसँग भएको बाँकी एकसरो धोती पनि दान दिइवरी 'हेर हेर तिनको नग्न जुलुस' भन्दै गिल्ला गर्दैरछन्। जुनी चैँ पाकैहुन् यिनले!
बाँकी १५% लाई चै यता रमाइलो छ जेहोस्!
#आज_रमिता_छ
कुनै विषयमा नीति तर्जुमा गर्नु र निर्णय गर्नु फरक कुरा हुन् । अदुअआ ऐनको दफा ४ नीतिगत विषयसँग सम्बन्धित छ, निर्णयसँग होइन ।ललिता निवास जग्गाको विषयमा मन्त्रीपरिषदले गरेको निर्णय हो,नीति तर्जुमा होइन ।नीतिगत विषयका कारण कारव��ही गर्न सकिएन भन्नु जग हँसाउनु हो।
के टेम्पो या बसमा चढ्नु अपमानजनक कुरा हो ? के यी गरिबले मात्र चढ्ने साधन हुन् ? के पैसा हुनेले बाइक, कार चढ्नै पर्छ? सेलिब्रेटीका के यी 'महान' पीडा हुन् ? 😒😕
जर्मन विश्वविद्यालयहरूमा संस्कृत अध्ययनको बढ्दो माग!
भनिन��छ कि, व्याकरणको टाइट सूत्रले गर्दा बोलीचालीमा संस्कृत कठिन बन्यो, र अरू जनजिभ्रोका सहायक भाषाले ठाउँ लिए। टाइट व्याकरणले गर्दा भाषामा कम्प्युटरको प्रयोगका लागि भने संस्कृत सबै भन्दा उपयुक्त भन्छन्।
https://t.co/Kd85JTF02y
आयात घटेसँगै भन्सार राजस्व घटेको छ । फलामे डन्डी, सिमेन्ट, पेन्ट्सलगायतका उत्पादन घटेका छन् । भ्याट र अन्तःशुल्क दुवैका असुली दर घटेको छ । अब मदिराका खपत घट्दा अन्तःशुल्क घटेको समाचार आएको छ ।
यी अर्थतन्त्र सुस्त बन्दै गएका केही संकेत हुन ।
किसानले अाँसु बगाउँदै समस्या उजागर गर्दा न सरकारलाई पोल्छ, न त जवाफ नै दिनु पर्छ तर ठूलाबढा बारे कसैले चुँ गरे उपप्रधानमन्त्री नै अाएर बचाउ गरिदिने तन्त्र लोकतन्त्र हो र ?