आज दिनभर कोशीदेखि लुम्बिनीसम्म हल्कादेखि मध्यम वर्षा भएको छ।
राति कोशीदेखि लुम्बिनी सम्म मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ। अति भारी वर्षाको सम्भावना न्यून भएकाले समग्र जोखिम उच्च देखिँदैन, तर सतर्क रहनुहोला🙏
Cloud and rain observed with forecast for tonight
सावर्जनिक सवारी सञ्चालकले आफूले काममा लगाउने मान्छे कस्तो हो ? उसको नाम ठेगाना के हो ? उ सँग लाइसेन्स छ कि छैन भन्ने सामान्य कुरा समेत नहेरी उक्त व्यक्ति लाई सवारी चलाउन दिएको जस्तो देखिन्छ । याे मामिलामा बस सञ्चालक लाई समेत कारवाही हुनुपर्ने देखिन्छ ।
@canvassss समाज निर्माण आजको भोली हुँदैन । धेरै अघिदेखी हाम्रो समाज असहिष्णु र अराजक हुँदै गईरहेको छ । नियम कानुन र अनुशासन आफू बाहेक अरुले मात्र मान्नुपर्छ भन्ने सोच नै यसको प्रमुख कारण हो ।
पूर्वाधार मन्त्री लाई यो भन्दा पहिले (मन्त्री हुनु भन्दा अगाडि) चै रुघाखोकी र ज्वरो आएको थियो कि थिएन होला ? खोज पत्रकार हरुले पत्ता लगाउनु पर्यो । पहिले पहिले नि रुघखोकी आउँदा यस्तै सुविधा लिइरहेका मान्छे भए त के भनम र नत्र त उल्फाको धन फूपुको श्राद्ध भने है ।
अस्ति आइतबार हस्पिटलमा जचाएर स्वास्थ्य सेवा कर तिरियो, आज सरकारले कर हटाइदियो । मैले त्यो कर बापत तिरेको पैसा अस्पतालले आफै राख्छ कि सरकारलाई दिन्छ त ? कि बिल लिएर गयो भने मैले फिर्ता पाउने हो ?
@dhrubahari@subodhfreenep हाम्रतिर पनि गाईवस्तुलाई चराउँदा अथवा जोत्दाखेरि बाली नखाओस् भनेर मुखमा मोला लगाइदिने गरिन्छ । मास्क लाई पनि मोला भनेर भन्न सकिएला कि ?
@RONBupdates यिनिहरु त्यत्रो दिन विदेश बस्ने खर्च को स्रोत चै के होला ? खाने बस्ने र उपचार खर्च नेपाल सरकारको अनुमति लिएर वैधानिक तरीका बाट नै पैसा रकमान्तर गरेका होलान् ? कि विदेश मै रहेका शुभेच्छुकले सहयोग गरेका होलान् ?
स्यम्भुको ढिस्को उक्लदा पनि स्या स्या गर्ने पुन्टे ट्विटे, सर एडमण्ड हिलारी माथी मजाक गर्दै थियो। संजाल हो, मोबाइलमा फुटबल खेलेर हुर्केकाले पनि, मेस्सीलाई फुटबल सिकाउन पाउछन 😅