दशौ खर्वको भौतिक संरचना क्षति गर्न र आन्दोलन चर्काउन भिड उस्काउने र त्यसैको परिणाम आज झन्डै ४५ खर्वको पुजीवजार पनि के हुने टुङ्गो छैन देश यूक्रेन बनाउन एउटा गजडि विस्तारै सफल हुदै छ !!
सरकारले एक कुशल व्यवस्थापक कुलमानलाई हटाएर सही निर्णय गरेन।
लोडसेडिङ् उनकै पालामा अचम्मलाग्दो रूपमा हटेको थियो। तर पनि उनका केही आलोचकहरू भन्थे, "उद्योगको बिजुली काटेर र भारतबाट बिजुली आयात गरेर मात्र लोडसेडिङ् हटाइएको हो, कुलमानको भूमिका खासै थिएन।"
एक पटकको भेटमा कुलमानसँग लामो संवाद गर्ने अवसर मिल्यो। उनले लोडसेडिङ् हटाउएको प्रक्रियाबारे विस्तृत प्रविधिक विवरण खुलाए। उनको व्यवस्थापकीय सीपकै कारण मात्र यो सम्भव भएकोमा कुनै शंका रहेन।
देशभर १८–१८ घण्टा लोडसेडिङ खेपिरहेका जनतालाई उज्यालो नेपाल पनि सम्भव छ है भनेर प्रमाणित गर्ने मान्छे हुन् कुलमान घिसिङ ।
उनले सम्भावना मात्र देखाएनन्, नेपाल उज्यालो बन्न सक्छ भन्ने प्रमाणित पनि गरे । तर, आज त्यही नेतृत्वलाई सरकारको दम्भले कार्यकाल सकिनु चार महिना अगाडि नै बर्खास्त गर्यो । यो निर्णय केवल व्यक्तिगत अन्याय होइन, देशकै सफलता र आशामाथि प्रहार हो ।
लोकतन्त्रमा सरकारको शक्तिभन्दा माथि कानुन र न्याय हुन्छ । मलाई विश्वास छ, यसपटक पनि अदालतले प्रमाणित गर्नेछ कि देश बहुमतको दम्भले होइन, कानुन र न्यायको शासनले चल्छ ।
यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन । यो त आकस्मिक नै भएन भन्नु भो । संसदमा आकस्मिक समय दिइयो - प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिदा र अनाहकमा सयौँले दुख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने ।
आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछी त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्।
भर्खरै एकजना अलपत्र परेका भाईले भन्नुभयो- दुतावासले यो कुरा माथीबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ??
हिंड्दै गर्दा झ्वाट्टै माइक तेर्सियो, र दरवारमार्गको ग्रेनाइट बारेमा यस्तो टिप्पणी गरियो।😀
आशय राजधानीलाई सुन्दर बनाउने नै हो। तर प्राविधिक हिसाबले आवस्यक लेखाजोखा भएन कि जस्तो देखियो।
https://t.co/0WmjzRzAKz
@RabindraMishra तपाइले भनेको एक पटक मानेकै हो I फेरी पनी मान्दिउ दाजु ? अनी 2/4 बर्ष पछी मार्ग परिबर्तन गरेर भएन मत संसार परिबर्तन गर्न हिडे भनेर खरानी धसेर कमण्डलु बोकेर संसार परिक्रमामा हिड्नु भो भने हामी बिचराको हालत के होला ?
मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ।
पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ। एकदमै अत्यास लाग्यो।
आखिर हामी कहाँ चुक्यौँ? हाम्रो समाज कहाँ चुक्यो? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष गर्यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ? खै हामीले समाजको आवश्यकता बुझेको? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो?
सामाजिक सञ्जालमा साथीको सङ्ख्या सँगै मानिसहरूको एक्लोपन बढेको छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्यौँ हामीले? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ।
अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न। यसमा तपाईँ हामी सबैको भूमिका रहन्छ। हाम्रो नेतृत्वमा काठमाडौँ महानगर वार्ड नं ३० मा सञ्चालन भइरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले नि:शुल्क परामर्श सेवा प्रदान गरिरहेको छ। हामी चाँडै नै मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्ने छौँ। तपाईंले यहाँबाट पनि नि:शुल्क सेवा लिन सक्नु हुने छ।
अब मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गरौँ। हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नु पर्छ। विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने, कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धी पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ?