काहाँ के बोल्नु हुन्छ कहाँ के बोल्न हुँदैन थाहा नभएको, आफ्नो पद र उभिएको ठाउँ नचिन्ने, गाउँको चोकमा बसेर चिया गफमा पनि नबोलिने शब्दहरु संसदको रोस्टममा उभ्भिएर बोल्ने टपरटुइयाँ रैछ र पो बोल्न पन्छिएर हिन्दो रैछ !
येस्ता झेक्नेले आइन्दा नबोलेकै बेस !
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
जसले जे भनोस्- भ्रष्टहरूको हिसावकिताव हुनै पर्छ। कुशासनले आजित समाजले अलिकति भए पनि शान्तिको श्वास फेर्नै पर्छ। सुशासनले लय समातेको दिन नेपाल आमा पक्कै मुस्कुराउने छिन्। तेरो/मेरो नभनी विधि-विधान र प्रक्रियासंगत कारवाही नरोकियोस्।
जय नेपाल। 🙏
कति जिम्मेवारीको पछि भाग्नु! अब मलाइ जिम्मेवारीको स्वाद होइन स्वतन्त्रताको स्वाद लिनु मन छ! मेरा लागि जिम्मेवारी प्रेम होइन,कर्तव्य हो तर मैले यो कर्तव्यको पछि भाग्नु हुदैन।सदैब आफू स्वछन्द भएर अघि बढ्नेछु!!😊
सम्मान र स्वतन्त्रता प्रेम जीवन्त हुन चाहिने अत्यावश्यक तत्व हुन्। यि दुई बिना प्रेमको कल्पना गर्नु ब्यर्थ छ। प्रेम न मागेर पाहिने न चाहेर दिन सकिने भाव हो। यो त पूर्ण स्वतन्त्रतामा महशुस हुने परम आनन्द हो। जब आउँछ सधैंका लागि आउँछ।
#शुभ_प्रभात🙏☕️❤️
नेपाली जनताले भाषणभन्दा ठूलो पाठ पढिसकेका छन्। त्यसैले भाषण गरेर चिच्याएर आफुलाई सहि देखाउनु भन्दा के गर्ने हो स्पष्ट भन्नुस्,कसरी गर्ने हो खुलस्त भन्नुस्,कति गर्न सक्नुहुन्छ त्यो इमानदारीले भन्नुस्। असम्भवको रंगीन चित्र कोर्नुभन्दा सम्भवको सानो नक्सा धेरै महत्वपूर्ण हुन्छ।🙏
शुभप्रभात! राजनीतिक दल रोज्दा क्षणिक लोकप्रियता, नाराबाजी वा एल्गोरिदमले बनाएको ट्रेन्ड होइन- दलको इतिहास, सिद्धान्त, नीति र नेतृत्वको चरित्र गहिरो अध्ययन गरौँ।
लोकप्रियता अस्थायी हुन्छ, तर गलत निर्णयको परिणाम दीर्घकालीन।
विवेकपूर्ण छनोट नै जिम्मेवार लोकतन्त्रको आधार हो। शुभदिन! 😊🙏
#GoodMorning #NishchalPS
गगन र विश्वप्रकाशको लडाइ व्यक्ति केन्द्रित नभएर संरचनाको विरुद्ध हो । पुरानो, कुरुप र मक्किएको प्रणाली भत्काउने यो संघर्ष उनीहरूको मात्र होइन, सबै नेपालीको साझा र ऐतिहासिक लडाइ हो ।
एउटा भ्रम भन्नु कि लहर भन्नु पार्टी खोलेर स्थापित दलका विरुद्ध चुनाव उठ्नु नै राजनीति गर्नु हो भन्ने भाष्य जबर्जस्त स्थापित हुन थालेको छ। सात सालदेखिको इतिहास हेर्नुस्। के तिनीहरुले राजनीति नबुझेका थिए? हामीले जानेको राजनीति तिनीहरुले गर्न नजानेर देश यस्तो भएको हो? वैकल्पिक राजनीति सुध्रिएपछी देश आफैं समृद्ध हुन्छ भन्ने भ्रम छ। पठित हुनु र उमेरले युवा हुनु नै राजनीतिज्ञको लागि योग्य हुनुको प्रमाण हो भन्ने ठूलो भ्रम अहिलेको पुस्तामा रहेको छ। सबै पठितहरु राजनीतिज्ञ हुँदैनन्। कुनै अर्को क्षेत्रमा सिद्धहस्त हुनु राजनीतिको लागि योग्य हुनु होइन। तर एउटा कुटनैतिक तरिकाले निति नियम बनाउन जानेको र नेतृत्व गर्न सक्ने राजनीतिज्ञहरु सबै पठित हुन्छन्।
एउटा चिकित्सा क्षेत्रको पठित, चिकित्सा क्षेत्र खराब भयो भनेर राजनीति सुधार्नतिर लाग्छ। एउटा इन्जिनियर , पत्रकार , शिक्षक, व्यवसायी आफ्नो क्षेत्रमा कोशिस गर्दागर्दै पनि राम्रो गर्न नसक्नुको कारण फगत दुषित राजनीति हो भन्छ। र , राजनीति सफा गर्छु भन्दै राजनीतिमा आउँछ। आफ्नो क्षेत्रमा हतोत्साहित भएर हात उठाउनेले, आफ्नो क्षेत्र सुधार्न नसक्नेले कसरी राजनीति गरेर देश बनाउँछ ? आफ्नो पकड भएको क्षेत्र छाड्दै सबै जना नेता बन्ने अभिलाषा बोकेर हिंडेका छन् । यसरी देश कहिले पनि विकास हुँदैन। कहिले पनि ! के नेपाललाई सधैं प्रयोगशाला बनाउने हो ?
जब विजय कुमार सरले हाम्रो पुस्ताको योगदानबारे प्रश्न उठाउनुभयो, मैले भनेँ—
कृपया दुई पुस्ता मिलेर हाम्रो पुस्तालाई खराब नठहर्याउनुस्। हरेक पुस्ताको आफ्नै भूमिका र जिम्मेवारी हुन्छ।
समयको गतिलाई स्वीकार गर्दै, सबै पुस्ताको अस्तित्व र योगदानलाई सम्मान गरौँ।
प्रत्येक पुस्ताले बेलामा नेतृत्व लिन पनि जान्नुपर्छ, अनि छोड्न पनि।
सार्वजनिक बहसयोग्य ताजा विषयहरु (कसैले Steer गरिदिए हुने)—
१) भूराजनीतिक सम्वेदनशीलताःमिथक कि यथार्थ
२)लोकतन्त्र विकासको साधक कि बाधक(के विकास गर्न बेनेभोलेण्ट डिक्टेटरशिप नै चाहिन्छ?)
३)के पपुलिजम् लोकतन्त्रका लागि खतरा हो?
४)नेपालीहरुको बढ्दो बहिर्गमन र विदेशवासको चिरफार
…?
केपी ओलीको अहंकार र शेरबहादुर देउवाको अकर्मण्यताका कारणले भदौ २३-२४ को जेन–जी विद्रोह भएको थियो। आज पनि ओली-देउवाहरूकै सत्तामुखी प्रवृत्ति र आत्मघाती रणनीतिको कारणले अर्को कल्पनातीत दुर्घटना निम्त्याइरहेका छन्, कसरी ?
आजको कान्तिपुरमा मेरो विश्लेषण! https://t.co/qL9sB6p5pD
को सुध्रिने र कसलाई सुधार्ने भन्ने कुरालाई गौण बनाएर अन्तिममा विदेशीहरुको परेड खेल्ने मैदान बनाई दिने हाे यो देशलाई? यसरि नै मस्तिस्को खोपिल्टो सुक्न थालेका हरुकाे हातमा देशको भविष्य र राजनीतिको भास्य परिवर्तन होला त? हुन ?
नेपाली कॅाग्रेस पार्टी थाके जस्तो छ। यो पार्टिमा जिजीविषा छैन। आफनो औचित्य समयानुकुल परिभाषित नगर्ने विचार, संरचना र संस्थाहरू यसै गरी शिथिल र औचित्य विहिन हुदै इतिहासको केहि अक्षरमा सिमित हुन्छन।