मोस्ट भल्नरेबल, हाइली ईन्फ्लुएन्स्ड जेन हो यो। सीम्स लाईक समथिङ् इज बिईङ अर्केस्ट्रेटेड। नेता चेत्न भन्दानि गार्जियन्स चेतौं अहिले। बाँकी ८४ छँदैछ जसलाई जति च्यात्ने हो च्याते भो।
हालै जापानमा आएका टाइफुन र भूकम्प जस्ता विपद्हरूमा त्यहाँको सरकारले प्रयोग गर्ने प्रविधिलाई J-Alert (जे-अलर्ट) भनिन्छ। यो कुनै छुट्टै डाउनलोड गर्नुपर्ने एप नभएर मोबाइल नेटवर्कको Cell Broadcast (सेल ब्रोडकास्ट) प्रविधि हो। यसले फोन साइलेन्ट (Silent) मुडमा भए तापनि ठूलो र डरलाग्दो विशेष टोन (Siren) बजाएर तुरुन्तै चेतावनी दिन्छ। जापानमा यो प्रणालीलाई LINE र WhatsApp जस्ता मेसेजिङ एपहरू सँग पनि जोडिएको छ ताकि कोही पनि नछुटुन्।हालै रसुवागढी तथा सिन्धुपाल्चोक क्षेत्रमा आएको ठूलो बाढीका बेला नेपालका टेलिकम सेवा प्रदायकहरू (Nepal Telecom र Ncell) ले लाखौं एसएमएस (SMS) त पठाए, तर साधारण एसएमएस ढिलो पुग्ने र फोन साइलेन्ट हुँदा मानिसले थाहा नपाउने समस्या देखियो। यदि नेपाल दूरसञ्चार प्राधिकरणले पनि जापानको जस्तै बिशेष टोनसहितको सेल ब्रोडकास्ट र डिजिटल अर्ली वार्निङ सिस्टम पूर्ण रूपमा लागु गर्ने हो भने भविष्यमा आउने बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिमा धनजनको क्षति निकै कम गर्न सकिन्छ।#DisasterManagement #EarlyWarning #NepalTelecom #Rasuwagadhi FloodAlert
#SampleAIgraphic
मेरो टोलको STC ग्यास बेच्ने पसल ले मैलै चामल दाल तेल उनको पसलबाट न किन्ने गरेका ले 3 महिना देखि मलाई ग्यास दिएनन्। मेरो अपराध यति मात्र हो कि यी तीन सामान मेरो घरमै उब्जिन्छ।
हामीले आउदो पुस्तालाई जिम्मा दिनुपर्ने समाजको मूल्य मान्यता त यस्तो हुनु नपर्ने थियो।
🚨 𝗡𝗘𝗪: AS Roma in place of their usual sponsor, have taken to the field with the message “Together for Nepal,” in partnership with the United Nations World Food Programme.
After the match, the shirts worn by the players will be auctioned, and the proceeds will be donated to the victims of floods and landslides in the country.
A beautiful gesture from Roma. 👏🇳🇵
अठारौं शताब्दीमा रानी मेरी एन्टोनेइटले सोध्छिन्: रोटी छैन भने किन उनीहरु केक खाँदैनन्?
आधुनिक इतिहासकार यो प्रश्नलाई काल्पनिक मान्छन् ।
आज उस्तै लवजमा नेपाली विद्वान सोध्छन्: किन लाईन लाग्छन्? ग्यास छैन भने उनीहरू किन इन्डक्सन प्रयोग गर्दैनन्?
तर यो प्रश्न चैँ काल्पनिक हैन !
बढी कार्बन उत्सर्जन गर्ने धनी राष्ट्रहरूले कम कार्बन उत्सर्जन गर्ने गरिब राष्ट्रहरूलाई जलवायुजन्य विपद्को मारमा पारिदिए भनेर विश्वरङ्गमञ्चमा जलवायु न्यायको आवाज उठाउँदै गर्दा, बढी फोहोर उत्पादन गर्ने धनी काठमाडौँले सिसडोलका गरिब मानिसहरूमाथि गरेको वातावरणीय अन्याय पनि नबिर्सौँ।
एउटा लघु अनुरोध:
राहत दिन जाँदै हो भने जाने ठाउँमा आवश्यक के छ, बुझेर गैदिनुहोला। आफुखुसी च्यातिएका लुगा, जंक फुडको थुप्रो बोकेर जाने झुर् काम नगर्दिनुस्। राहत आवश्यक परेका धेरै आफ्नो धनसम्पत्ति, बस्ने बास र परिवारजन गुमाएर दु:खमा परेकाहरू हुन्, थोरै सम्मानपूर्वक व्यवहारको आश।
भुकम्मले सबैलाई जोडेको थियो। दलहरूलाई जनस्तरबाटै दबाव थियो। संविधान पनि बन्यो। यसपटकको महाविपत्तिले समाजलाई विभक्त बनाइदिएको छ।
एक आपसमा रहेको घृणा झन् बढ्ने भयो। समाज नै कस्तो भयो भयो। हामी कस्ता भयौँ।
सुखद खबर !
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज बिहान दुई जनाको सकुशल उद्वार गरिएको छ। संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्वार गरिएकामा सुपरभाइजर कबिर महर्जन र फोरम्यान मेकानिक सञ्जय साह रहनु भएको छ।
छिटो उद्दार गर भनेर पुश गरेको धेरै ज्यान बचोस्, सकेसम्म जीवन जोगियोस् भनेर हो। सबै मान्छे सरकार ढाल्न/चुनाव लड्न हिंडेका हुँदैनन्।
मन्त्री, प्रधानमन्त्री, सेनापति वा आईजीपी सुरूङ्गको मुखमा धर्ना कस्नुपर्दैन, उद्दारमा गरिने प्रयासमा कमी हुन नदिए हुन्छ। धन्यवाद खोजी खोजी आइहाल्छ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारको लागि नेपाली सेनाका सुरक्षाकर्मी ओर्लिएका छन् । उनीहरूसँग खोज तथा उद्धारमा विशेषज्ञता भएका केही विदेशी पनि रहेका छन् । तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर
समाज र राज्यलाई काम नलाग्ने मानिस झ्यालखानामा हुन्छन्, किनकि तिनीहरू अरूका लागि खतरा हुन् ।
त्यसबाहेक हरेक करदाता नागरिक राज्यको महत्त्वपूर्ण हिस्सा हो । त्यसैले, सबैलाई सम्मान गर्ने, सबैलाई साथमा लिएर हिंड्न सक्ने, अरूलाई असल काम गर्न प्रेरित गर्ने मानिसले मात्र सही नेतृत्व दिन सक्छ ।
अरूलाई मानिस नगन्ने, घृणाको जगमा राजनीति गर्ने र आफूलाई मसाया ठान्ने नेता इतिहासमा पहिलोपटक देखिएको होइन । तिनले दिने नेतृत्व देश र जनताका लागि विपत्ति बन्छ -ढिलो हो कि चाँडो हो भन्ने मात्र कुरा हो ।
पाँच वर्षका लागि रास्वपाको विकल्प छैन र मलाई लाग्छ यसमा कसैको दुईमत छैन । तर, यस्तो अपारदर्शी र हेपाहा शैलीले त सरकार कहिलै प्रभावकारी हुनै सक्दैन ।
Correct your course before it is too late!
विपद्को दुःख त छँदैछ । सँगसँगै सरकारको कामको बचाउमा सोसल मिडियामा ठूलो संख्यामा मानिसहरूले गरेका अति उग्र, आक्रोशित र अशोभनीय टिप्पणीहरूले आगामी दिनबारे सुखद् संकेत गरेका छैनन् ।
मानिसहरू किन यसरी सरकारको प्रतिरक्षामा उभिएका ? मैले बुझ्नै सकिन ।
विगतका सरकारहरूप्रतिको आक्रोश र वितृष्णा एउटा कारण हुनसक्छ । अर्को कारण यो सरकारले देश बनाउनेछ भन्ने विश्वास । हुनसक्छ रास्वपा र वालेनले संरक्षण र प्रबर्धन गरेको रास्वपाको cult जस्तो प्रवृत्ति ।
कारण जेसुकै होस् -सरकारलाई प्रशंसा चाहिंदैन, प्रश्नहरू चाहिन्छ भन्ने धारणा नेपालमा मरिसकेको थिएन । अब भने मर्ने क्रममा छ ।
वालेन शाह वा रवि लामीछानेले ‘बनाइदिने’ नेपाल कस्तो हुनेछ भनेर अनुमान गर्न त गाऱ्हो छैन । तर, सबैको भ्रम टुटेपछि आज यसरी उग्र हुनेहरूले कस्तो मनोदशा लिएर बाँच्ने हो !?
Nepal declines foreign rescue teams, says its own security agencies can handle operation
Government asks its diplomatic missions to channel foreign assistance through the Prime Minister’s Relief Fund.
https://t.co/5NEX0RN3V2 — by @anilkathmandu