जनगणनाको ताजा तथ्यांक हेर्दा अब नेपालमा परिवार नियोजन सेवा बारे पुनर्मुल्याङ्कन गर्ने बेला आएछ, दुई भन्दा बढि बच्चा पाउनेलाइ स्पेसल प्याकेज दिएर प्रोत्साहन गर्नु उचित देखियो।
नयाँ पुस्ताको आगमन :
एक दशक लामो समय अन्तराल पश्चात नेपाली क्रिकेट टोली आज विश्वकपको मंचमा चन्द्र-सुर्य ध्वजा सहित उत्रिने छ। सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेल्न नेपाली टोली मैदान प्रवेश गर्दै-गर्दाको त्यो पल सिंगो देशकै लागि गौरवशाली थियो।
एक दशकको आरोह अवरोहहरु विच आज राष्ट्रिय क्रिकेट टोलीले जुन उचाई हाँसिल गरेको छ यो सिंगो राष्ट्रका लागि प्रेरणादायी कथा हो। विश्वकपको मैदानमा नेपाली टोलीलाई देख्दै गर्दा हजारौ युवा र
बालबालिकाहरुलाई क्रिकेटको ब्याट र बल वोक्ने उत्साह बढ्नेछ।
अन्त्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई सफलताको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै हाम्रो टोलिले विश्व सामु नेपालको नामलाई पुन शिखरमा पुर्याउने विश्वास राख्दछु।
@CricketNep
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵