हाम्रो समाज कता जाँदै छ भन्ने हेर्न सामाजिक सन्जालको कमेन्टमा गएर हेर्नुपर्छ । यो पोष्टको कमेन्ट Random SSमा हेर्नुस्। नेपालको समाज,राजनीती चेतनास्तर सबैको संक्षेप छ ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!
के गर्नु, गिरिश बोरोजी,
तपाईँजस्तो हाइली प्रोफेशनल पत्रकार भएर बस्ने बुद्धी भएन। चुनाव जितिए के-के नै होला, अनेक पार्टी चाहार्दा स्वार्थ पुर्ति होला, जिन्दगी बनाउन सकिएला भनेको, सकिएन।
तपाईँको तथ्यपरक, सुक्ष्म, गहन टिप्पणीले यो मूर्खको बुध्दी फिरोस् भन्ने कामना गर्दछु। आभारी छु।
गैरकानुनी रूपमा खडा गरिएको सरकारी आयोगले ‘उर्दी’का रूपमा जारी गरेको सूचनाको विवेकशून्य रूपमा पछि लागेर (सम्पति) विवरण पेस गर्नुलाई मैले उचित ठानेको छैन।
- ईश्वर खतिवडा, पूर्व न्यायाधीश
"बालेनजीको पसिनामा पनि अत्तरको वासना आउँछ" नभन्नुहोला!
रास्वपा केवल सुशासनको रङ्गले गर्दा कागको हुलमा बकुल्ला बनेको हो। अन्यथा, वैचारिकरूपमा रास्वपा कुनै पनि प्रचण्डपन्थी दलभन्दा भिन्न छैन।
सुशासनका हकमा केही राम्रा काम गरेको देख्यो कि उत्साहित भएर प्रशंसा गर्यो, भोलीपल्टै यस्ता अपरिपक्व र खतरनाक बोली, टिप्पणी र कदमहरूको समाचार आउँछ कि सुन्दै डर लाग्छ (उदाहरणका लागि कर्मचारीतन्त्रमा गर्न लागेको भनिएको व्यापक फेरवदलको तौरतरिका)।
कुशासन सच्याउन गलत नजीरको साहारा लिँदा त्यसले दीर्घकालमा राज्यलाई झन ठूलो क्षति पुर्याउँछ। सुशासन दिँदैन।
देश बनाउन अग्रसर भएका प्रिय युवाहरू, बालेनजीको पसिनामा पनि अत्तरको वासना आउँछ भन्न थाल्नुभयो भने, आफ्नै चेतनाले सराप्ला, याद गर्नुस्।
पुनश्च: प्रधानमन्त्रीले आफ्ना निकटका दुईजनाको फोटो प्रेषित गरेर "देश बनाउने टोली" लेख्नु अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति हो। मन्त्रिपरिषद् लगायत अरूको अवमूल्यन हो। प्रधानमन्त्रीले बारम्बार त्रुटीपूर्ण अभिव्यक्ति दिन मिल्दैन।
नेपाली कांग्रेसबाट पटकपटक लाभको पद ढड्याएका स्वर्णीम वाग्लेहरु कांग्रेस सांसद बास्ना थापा, निश्कल राई, गीता गुरुङहरुलाई बारबार ह्युमिलेट गरिरहन्छन् ३५ बर्ष सत्तामा रहेर के नाप्यौ भनेर!
३५ बर्ष कांग्रेस नेतृत्वले तिमी जस्तै अवसरवादीहरुलाई काँधमा चढाएको सजाय यिनीहरुले कतिपटक भोग्नुपर्ने हो? तर एउटा कुरा बुझ, तिमीजस्ता अवसरवादी खरानी घसुवा दलबदलु घण्टेछाप निवर्तमान कांग्रेसीहरुको यो चरित्र धेरैदिन चैं टिक्नेछैन !
चुनाब अगाडी सबैभन्दा जान्ने दाबी, चुनाब जितेपछी आँलोकाँचो छौ,तालिमको लागी राज्यकोष चाहियो भन्ने रन्जुको माग नाजायज चै होइन|प्रश्न रन्जुको होइन,काठमाडौं १ को मतदाताको बिबेकमा हुनुपर्ला|😻
हामीलाई भन्दा समिक्षा बास्कोटाजीलाई कांग्रेसले ३५ वर्ष देश लुटेको किन धेरै थाहा छ भने गिरिजाप्रसादको नजिक रहेर उहाँको पिताजीबाट त्यो लुटमा थोरबहुत योगदान रहेको हुनसक्छ । पाँचथर-१ बाट सांसद, गृहराज्य मन्त्रि र सहकारी बार्डको अध्यक्षमा राजनीतिक नियुक्ति लिएर उहाँको पिताजीले लुट्नु भएको (उहाँकै शब्दमा) राज्यको सम्पति समिक्षाजीको सम्पतिबाट असुल गरियोस् भनेर सरकारसँग जोडदार माग गर्दछु !! जय नेपाल !!!
बिराेधकाे याे शैली ठिक छः
बिपक्षी दलले आजको संसदमा नेपाली भुमी जोगाउनका लागि ज्यान दिएका सहीदहरू प्रतिको सम्मानमा ५ मिनेट मौनधारण गरिरहदाँ रास्वपाका सांसदहरू भने उठेनन, कुर्सीमा नै बसिरहे ।
मोबाइल बैंकिङ धरी चालु नगरेको खाताबाट ३ लाख रुपैयाँ क्यूआर पेमेन्ट भनेर चोरी भएछ । फोनमा कुनै ओटिपी केहि आएको छैन । बैंकमा गयो, हाम्लाई थाहा छैन भन्छ । फोनपेमा अकाउन्ट कसरी लिंक भयो, कसैलाई थाहा छैन । पुलिसकोमा गयो, यस्तो केश हजारौं छ भन्छ । दुख गरेर कमाएर बैंकमा राखेको पैसा सब साफ । कसलाई भन्ने ? कसलाई नभन्ने ? कल वाइपासका हस्तिहरुले चलाएको देशमा यतिसम्म साइवर असुरक्षा त हुनु नपर्ने !!
के "नेपालले भारतको भूमी पनि अतिक्रमण गरेको छ"?
- Cross border occupation (सीमा वारपारको जग्गा भोगाधीकार) भूमी अतिक्रमण होइन। त्यो स्थानीय सीमा विवाद मात्र हो, जसलाई भारतले कहिले पनि 'भूमी अतिक्रमण' भनेको छैन।
- नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको 'चुच्चे नक्शा'लाई सन् २०२० मा औपचारिकता दिएपछि भारतले नेपालको सो कदमलाई Unjustified Cartographic Assertion (अनुचित नक्शागत दावी) भनेको थियो, किनभने, सन् २०२० अगाडि नेपालले "औपचारिकरूप"मैँ ती क्षेत्र-रहित 'बुच्चे नक्शा' प्रयोग गर्दै आएको थियो।
अर्थात, त्यसबाट नेपालले औपचारिकरूपमैँ 'बुच्चे नक्शा'को भुमी मात्र नेपालको भएको स्वीकार गरेको अर्थ लाग्छ। त्यसैले भारतलाई नेपालले थपेको चुच्चे नक्सा "Unjustified Cartographic Assertion हो" भन्ने ठाउँ थियो।
- के प्रधानमन्त्री शाहले भारतको सोही अडानलाई नेपालले गरेको भूमी अतिक्रमण भनेका हुन्?
- होइन भने, Cross border occupation (सीमा वारपारको जग्गा भोगाधीकार) "भूमी अतिक्रमण" होइन। परराष्ट्र मन्त्रालयले दिएको स्पष्टिकरण चित्त बुझ्दो छैन।
- नेपालले भारतको भूमी अतिक्रमण गरेको भए कुन-कुन ठाउँमा अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले स्पष्ट पार्नु पर्छ। गल्ती बोल्न पुगेको हो भने संसदमैँ उभिएर क्षमायाचना सहित गल्ती सच्याउनु पर्छ।
अन्यथा, नेपाल-भारत सीमा विवादमा यसको दीर्घकालीन असर पर्नेछ।