त्यो हातमा चुरा हरिया फेरौँली,
दिन्छु म उपहार फरिया फेरौली।।
पटुकी चोली र शिरमा शिरबन्दी,
तिम्रो यो फेसन शहरिया फेरौली।।
तिम्रो दिलमा आई बस्नेछु छिट्टै,
त्यसपछि हेर्ने नजरिया फेरौली।।
साँच्चै भगवानले बरदान दिए त,
जिन्दगी बोक्ने भरिया फेरौली।।
ओइलिएको छैन जवानी उस्तै छ
सम्झेर मुस्कुराउने बानी उस्तै छ
लकडाउनले केहि फरक पार्दैन
हाम्रो प्रेमको मिठो कहानी उस्तै छ
नभेटुन्जेलसम्म चित्त नबुझाउने
यो चंचल मनको बेइमानी उस्तै छ
राती तिमीलाई सम्झिएर सुतेको हुँ
तिम्रै यादले भरिएको बिहानी उस्तै छ
जाने चाहना भए रमाएर जाऊ,
झुठो प्रेम सारा जलाएर जाऊ।।
नआऊ पियारी तिमी कल्पनामा,
"मुटु"बाट टाढा हराएर जाऊ।।
खुशी मिल्छ धेरै भने टाढिएर,
अरूसँग नाता लगाएर जाऊ।।
जसै यो समर्पित मन रमाएर बाँच्छ,
रुने छैन म एक्लो बनाएर जाऊ।।
यदि तिमी
एकदिन मलाई
खोज्दै फर्कि आउछौ,
म यहाँ भेटिन भने के गर्छौँ?
के खोज्छौ मलाई ती
मैले भनेको ठाउँमा,
कि आशा मारी फर्केर जान्छौ?
मानौ भेटे तिमीलाई,
हामी चिताएको एक ठाउँमा,
मरेको आशाको खरानी
र टुक्रिएर रहेको मेरो मुटुको भिडमा,
के गर्छौ तिमी,
छोड दिन्छौ मलाई मेरे हालमा,
म चाहान्छु
राम्रो पल त कहिले नी नबितुन
म चाहन्छु
मेरो रहरको भाँडो आदिउदी मै
भरियोस
म चाहन्छु दुई रङ्ग कहिले नी मिल्दै
नमिलोस्
म चाहान्छु आसुकै खोलो बगोस् हाँसोले
छुँदै नछोवोस
म चाहन्छु राम्रो पछि नराम्रो हाँसो पछि
आँसु हुने भए
मेरो बिहान नै नहोस् हेर्नु छैन मलाई
मेरो दिन..🥹