रिक्त छ यो कोठा
सिरानीमा तिम्रो सुवास
पर्खिइरहने यी आँखाहरू
अझै सोध्छन् तिम्रै ठेगाना
ऐना हेरी भन्छु आफैलाई
ब्युँझिएर हरेक रात
तिमी नै प्राण
तिमी नै प्यार
अरु त को छ र
तर ब्युँझिँदा थाहा पाउँछु
त्यो त केवल एउटा छाँया थियो
जसलाई मैले आफ्नो सम्झिएँ
त्यो त मात्र एउटा माया थियो
कसैले सोध्यो
तिमी यति धेरै किन रुन्छौ?
मैले हातले आँसु पुछ्दै
जबरजस्ती ओठमा फिस्स मुस्कान
ल्याउँदै भनिदिएँ
हेर्नोस् त मलाइ त्यो हिलोमा फुलेको
काँडै काँडा बिच
मुस्काइरहेको कमल मनपर्छ त्यसैले
उनि चुपचाप फुलमा टोलाइरहे....🌹
बाटो अर्कै थियो भन्ने थाहा पाउँदा कति दुख्यो होला,
तिमीले मलाई सम्झेर पाइलाहरू कति रोक्यौ होला...
तिमी आऊ मात्रै, म तिम्रो गन्तव्य फेरि बनिदिनेछु,
हराएको यात्रीलाई घर फर्किँदा कहिल्यै प्रश्न गरिँदैन ।
#म_अनि_मेरो_भावना
आजित भएर अत्यास लाग्दो विपना सित लडिरहेको छु म... न निद्राले साथ दिन्छ, न सपनाले सान्त्वना दिन्छ। हरेक बिहान नयाँ आशा बोकेर उठ्छु, तर साँझ सम्म फेरि थकित भएर आफैंभित्र हराइरहन्छु। सायद जीवनको सबैभन्दा कठिन युद्ध त्यही हो, जहाँ शत्रु अरू कोही होइन, आफ्नै मन र परिस्थितिहरू हुन्छन्...!! 🖤
#म_अनि_मेरो_भावना
कल्पना कसरी गरौँ म तिमी बिना को जिन्दगी...?
जब हरेक बिहान तिम्रो सम्झनाले आँखा खुल्छ, जब हरेक साँझ तिम्रै यादले मन भिजाउँछ, त्यस्तो अवस्थामा तिमी बिना को जिन्दगी कल्पना गर्नु भनेको सास चलिरहे पनि आत्मा बिना बाँच्नु जस्तै हो।
तिमी केवल मेरो चाहना होइनौ, मेरो बानी, मेरो विश्वास र मेरो हरेक सपनाको कारण हौ। त्यसैले त कहिलेकाहीँ लाग्छ, तिमी बिना को जिन्दगीको कल्पना गर्नुभन्दा तिमीसँग बिताएका यादहरूमा हराइरहनु धेरै सजिलो छ...!! 🖤
#म_अनि_मेरो_भावना
अब बिस्तारै जिन्दगीले नयाँ मोड लिएको छ,
भीडमा हराएर होइन,
आफ्नै शान्त दुनियाँमा बाँच्न सिक्दै छु।
सर्कल सानो भएको छ,
तर अब सम्बन्धहरू नाटक होइन,
साँचो लाग्न थालेका छन्।
मोबाइल कम बज्छ,
तर मन पहिले भन्दा धेरै थाक्न छोडेको छ।
कामका म्यासेजहरू मात्रै आउँछन्,
औपचारिक कुराकानी हुन्छ,
तर अब हरेक मान्छेमा
आफ्नोपन खोज्ने बानी हराउँदै गएको छ।
न कसैले मेरो हालखबर जान्न चाहन्छन्,
न म नै कसैको जीवनमा
अनावश्यक उपस्थित हुन खोज्छु।
औँलामा गन्न सकिने साथीहरू छन्,
र उनीहरूसँग कहिलेकाहीँ भएको
छोटो कुराकानी पनि अब अमूल्य लाग्छ।
मैँले आफ्नो दुनियाँ अब आफैँभित्र सीमित गरेको छु,
किनकि बुझिसकेँ ,
शान्ति भीडमा होइन,
आफ्नै एकान्तमा भेटिँदो रहेछ।
देखावटी सम्बन्ध, झुटा मुस्कान र कृत्रिम निकट बाट
अब विदा लिइसकेको छु। 🖤
#म_अनि_मेरो_भावना
अब अनुहारमा उदासीले घेरा हालिरहेको छ भने,
यसलाई गलत किन मान्नु ?
यो त्यही अनुहार हो,
जसले कुनै बेला तिम्रो साथमा
हाँसोको उज्यालो बोकेको थियो।
जिन्दगीले सबै कुरा सधैं एकनास राख्दैन,
कहिले हाँसो दिन्छ, कहिले आँसु सुम्पिन्छ।
सायद आजको यो उदासी,
हिजोको त्यो सुन्दर क्षणहरूको सम्झना हो,
जसले मनलाई अझै पनि
त्यही पुरानो ठाउँमा रोकिन बाध्य बनाउँछ।
समय अघि बढिसकेको छ, परिस्थिति फेरिएको छ,
तर मुटुको कुनामा लुकेका ती पलहरू
अझै पनि जिउँदै छन्।
हाँसेका दिनहरू केवल बितेका छैनन्,
ती त आजको यो मौनता भित्र पनि
सास फेरिरहेका छन्।
त्यसैले,
यदि आज आँखा केही भारी छन् भने पनि डराउनु पर्दैन,
किनकि कहिलेकाहीँ उदासी नै त्यो प्रमाण हो,
कि हामीले साँचो साथ,
साँचो खुशी कहिल्यै त अनुभव गरेका थियौँ।
#म_अनि_मेरो_भावना
सपना
कस्तो मात्रै देख्नु !
सपना जस्तै सोच्छु
म रुदा उसले बुझोस
हराउदा उसले खोजोस
डराउदा अङ्गालोमा बेरोस
अनि
मेरो लागि उसको बानि फेरोस
थाकेर आउँदा मलाई खोजोस
हजारौं भेटे पनि मलाई रोजोस
एस्तो सम्भब होला र ?
सोच्छु
कस्तो महँगो सपना !
फेरी लाग्छ
सम्भब छ बुझ्नुपर्छ..
#शुभदिन 🙏🌷💜
म बबुरो, प्रकृतिसँग रमाउँदै हिउँमा खेल्दै,
सेतो चिसोपन भित्र न्यानो खुशी खोज्दै,
प्रत्येक हिउँका थोपामा बाल्यकाल सम्झिँदै,
मौन हिमाल सँग आफ्नै कथा बाँड्दै…
आज फेरि, म आफैँलाई भेट्दैछु
निर्दोष, स्वतन्त्र, अनि प्रकृतिमा हराउँदै। ❄️🌿
#म_अनि_मेरो_भावना
बिहानीको घाम
झ्यालमै फुल्न आएपछि,
उसको कोमल तापले
तिम्रो न्यानो साथको
अनुभूति दिलाउँछ।
त्यही स्पर्शमा
फूलहरू पनि मस्किन थालेछन्
मानौँ प्रकृतिले नै
तिम्रो सान्निध्यको कथा
मौन रूपमा सुनाइरहेछ। ☀️🌸
तिम्रा आँखाहरूमा
मेरो घर भेटेको छु
तिम्रो हृदयमा
मेरो प्रेम भेटेको छु
तिम्रो आत्मामा
मैले जीवनसाथी भेटेको छु
तिमीसँग हुँदा
म पूर्ण हुन्छु
भरिपूर्ण, जीवित
तिमीले मलाई हसाउँछौ,
तिमीले
मलाई रुन पनि दिन्छौ
तिमी नै मेरो सास हौ
मेरो प्रत्येक धड्कन
म तिम्रै हुँ र तिमी मेरै।❤️
#Tt
कहाँ बाट लिएर आउँ साँचो प्रमाण
कि तिमीलाई कति चाहन्छु म।
मन तिम्रो सम्झनामा हराएको छ,
दिमाग तिम्रै सोचमा अल्झिएको छ,
नजर जहाँ पुगे पनि तिम्रै खोजी गर्छ।
साँचो त यही हो,
म आफैं नै तिम्रै कैदमा छु,
माया पनि, श्वास पनि,
सबै तिमीमै बाँधिएको छ। 💫
#म_अनि_मेरो_भावना
अचम्म छ…
म उसकै लागि मरेँ जस्तो लाग्छ,त्यो दिन देखि,
जुन दिन उसले मलाई आफ्नो संसार बाट बिस्तारै हटायो।
त्यसपछि म भित्रको म हरायो,
सपना हराए, चाहना हराए, अनि मुस्कान पनि कृत्रिम बन्यो।
तर झन् अचम्म त यो छ,
ऊ आज पनि जिउँदै छ म भित्र,
मेरो हरेक सासमा, हरेक सम्झनामा, हरेक एकान्तमा।
म उसलाई बिर्सन खोज्छु, तर ऊ झन् गहिरो भएर बस्छ,
म टाढा भाग्न खोज्छु, तर ऊ मेरो आत्मा सँगै गाँसिएको छ।
सायद प्रेम त्यही हो,
जहाँ हामी आफैलाई हराउँछौं,
तर त्यो एक मान्छे कहिल्यै हराउँदैन…
ऊ त सधैं हामी भित्रै बाँचिरहन्छ,
हामी बाँचिरहेका छौं कि केवल उसको सम्झनामा बाँचिरहेका छौं,
त्यो छुट्याउनै नसकिने गरी… 💔
#म_अनि_मेरो_भावना
कहिलेकाहीँ यस्तो पीडा पनि हुन्छ कि,
जसलाई न शब्दले बयान गर्न सकिन्छ,
न आँसुले हल्का बनाउन सकिन्छ।
मन भित्र भित्रै चिच्याइरहेको हुन्छ,
तर ओठमा भने मौनता मात्रै हुन्छ।
पीडा त गहिरो भइरहेको हुन्छ,
तर देखाउनलाई कुनै घाउ पनि हुँदैन।
किनकि केही चोटहरू शरीरमा होइन,
मनको गहिराइमा लागेका हुन्छन्,
जहाँ न मल्हम लाग्छ,
न कसैले सजिलै देख्न सक्छ। 💔
#म_अनि_मेरो_भावना
भन्नलाई शब्द छैन, लेख्नलाई भाव छैन…
#सुरक्षा_पन्त तिम्रो प्रश्न भारी छ, तर उत्तरबाट भाग्नु पुरुषको साहस होइन। सत्य के हो भने बलात्कार–हत्या जस्तो अपराधको जड केवल कामवासना होइन, शक्ति र अहंकारको दुरुपयोग, विकृत सोच, असमान संस्कार र मौनताले पोसिएको अन्याय हो। जब पुरुषत्वलाई जिम्मेवारी होइन प्रभुत्व ठानिन्छ, त्यहीँ बाट यस्तो अँध्यारो जन्मिन्छ।
हामी सबै पुरुष उस्तै छैनौँ, तर समाजमा भएका अपराधका विरुद्ध बोल्नु, संस्कार बदल्नु र छोरीहरूको सुरक्षा आफ्नो दायित्व ठान्नु हाम्रो कर्तव्य अवश्य हो। तपाईंहरूको पीडा सुन्नु, स्वीकार्नु र त्यसको विरुद्ध उभिनु नै साँचो पुरुषार्थ हो।
माया र सम्मान सुरक्षित रहोस्,
किनकि साँचो समाज त्यही हो जहाँ छोरीहरू डर होइन, स्वतन्त्रता लिएर बाँच्न सक्छन्। 🌿