कुनैकुनै मानिसप्रति कसैगरी पनि श्रद्धा पलाउँदैन, भलै उसले जत्रै ठूलो उपलब्धि हाँसिल गरेको होस्! यो अकारण होइन, उसका हर्कतहरुबाटै हो! रेकर्ड राख्लान्, चर्चित होलान्, आफ्नो पेशामा अब्बल होलान् त्यो सब आफ्नो ठाउँमा छ! सानै सही अरुलाई दुर्व्यवहार गर्ने परपिडक महान हुनै सक्दैन!
मलाई चाँहि-हाम्रो मुलुकमा यो वा त्यो नाममा द्वन्द्व र भद्रगोल लामै काल रहन्छ जस्तो लाग्छ।
यसको केन्द्रमा आर्थिक कारण हो ।
नागरिकको जीवन गुणस्तरीय छैन, कामको अवसर छैन, स्कुलमा सिकाइ गतिलो छैन, भविष्य अनिश्चित छ - त्यस्तोमा अमनचयन र शान्ति भन्दा कोलाहल र अस्थिरता नै बढेर जाने हो।
जतिसुकै सक्षम होउन, तर नेपालका भूतपूर्व सचिव रहेका महानुभावहरूले अवकासपछि कुनै पनि राजनीतिक वा अन्य कुनै आर्थिक लाभको नियुक्ति नलिउन्। यीनीहरू जति निर्लज्ज जमात त नेपाली राजनीतिले जन्माएका बिचौलिया पनि होइनन्।
सरकारी सर्भर एउटै चल्दैनन्! न यातायातमा काम हुन्छ, न पासपोर्ट अड्डामा। ढड्डा युगमाभन्दा बढी विलम्ब र सास्ती छ सेवाग्राहीलाई। अस्पतालदेखि मालपोत अड्डासम्म लाइनै लाइन। सिर्जित हो कि नियमित? कसको, कुनकुन निकायको अकर्मण्यता र अक्षमता हो? थाहा चाहियो।
भाषाशैली भएन होला, अप्रोच र टाइमिङ गलत भयो होला तर सामाजिक संजाल नियमनका विषयमा पृथ्वी सुब्बा गुरूङको स्ट्यान्ड ठीक थियो हौ। फेसबुक मनिटाइजेसनले एक्लै डुबाउने भो बचेखुचेको देश। न कन्सेन्ट, न फ्याक्टचेक, न कमन सेन्स। जस्ट भाईरल। :)
जिन्दगीको कुनै मोडमा आएर बालेनलाई पनि You either die a hero, or you live long enough to see yourself become the villain भनिन्छ जस्तो लागेको थिएन, तर भन्नु पर्ने भो।
धन्न Christopher Nolan ले बेलैमा यो डायलग लेख्देछन् र बेला बेला ‘नायक’हरुलाई चिप्काईरहन पाईन्छ।
यो कस्तो प्रधानमन्त्री हो, यो कसको प्रधानमन्त्री हो, जसले आफूलाई जिताउने जनताप्रति धन्यवाद व्यक्त गर्न आवश्यक ठान्दैन? जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दैन, शहीदका परिवारलाई भेट्दैन, घाइतेहरूलाई भेटेर सान्त्वना दिँदैन, उपचारका लागि राज्यबाट सहयोग गर्दैन।
आफ्नै सरकारको दमनका कारण सुकुम्बासीले ज्यान गुमाउँदा, सयौँ परिवार पीडामा हुँदा पनि एकपटक माफी माग्ने नैतिकता देखाउँदैन। देशमा आर्थिक संकटका कारण दिनहुँ युवाहरू निराश भएर आत्मदाह गर्न बाध्य भइरहेका बेला उनीहरूलाई आशा र भरोसा दिन सक्दैन।
बाढी, पहिरो र सडक दुर्घटनामा नागरिकको ज्यान गइरहँदा सरकारको कुनै काम देखिँदैन। देशमा साम्प्रदायिक तनाव र द्वन्द्व बढ्दा पनि नागरिकलाई शान्ति, सद्भाव र एकताको सन्देश दिन सक्दैन।
यो कस्तो प्रधानमन्त्री हो? यो कसको प्रधानमन्त्री हो?
उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।
भदौ २३/२४ याद छ प्रधानमन्त्री!@PM_nepal_
निजी अस्पताल र स्कुल जनताको बाध्यता नभई रहर बनाउन त कता हो कता, आफूले त्यो आधारभूत अधिकारसमेत दिन नसक्दा उल्टै किन निजीमा मरेको भनेर बाँच्ने आसमा निजी अस्पताल गएको मृतक नागरिकको बिलमा आजदेखि कात्रो कर लगाउने वाग्ले सरको जय होस्! चेत हराएपछि यतिसम्म निर्लज्ज बनिने रहेछ, जय होस्!😡
महङ्गि बढ्यो, जनतालाइ गाह्रो भो जिवनयापन मा भनुम भने फेरि ३५ वर्ष देखि बढ्याबढ्यै त थ्यो, के हेरेथिस भन्दै झम्टेलान भन्ने पिर छ! तर ३५ वर्षदेखि बालबालिक को शिक्षामा ३% थप कर चैँ थेन ल!! 😎😎
बालेनले मेयरबाट राजिनामा दिएको भोलिपल्ट न्युरोडमा पार्किङ अस्तव्यस्त भको भिडियो घुमेको थियो। अस्ति सामान बेच्ने र पार्किङको भिडियो अनि हिजो गाडी पार्किङ !
अब आउने समयमा अलि अब्बल स्टण्टहरू गर्न सरोकालवालाहरूलाई निर्देशन् दिन्छु, यसरि एउटै प्याटर्न त पत्ता लागिहाल्छ ;))
कतै पढेको थिएँ, 'नाङ्गै भएर दौडिनुपरे साहसीले आफ्नो गुप्ताङ्ग छोप्छ, बुद्धिमानीले अनुहार ।'
तर, देशमा अहिले दुइटै नगर्ने खाले मान्छेको स्वर्णकाल चलिरहेको रहेछ। अब जब नंगे हो ही चुके हो, तो क्या छिपाना? 😂