सास्कृतिक क्रान्ति नगरेको भए
आज चीन पनि
यस्तै साम्प्रदायिकता र धर्मकै लडाईमा पक्कै रुमलिन्थ्यो
जनताहरु स्कुल-कलेज-शिक्षा-बिकास-बिज्ञान-तालिम आदीमा नलागेर
मन्दिर-मस्जिद-गुम्बा-चर्चमा भिड गरिरहेका हुन्थे
आज चीनमा सबैले शिक्षा, स्वास्थ्य, बिज्ञान, अन्वेशण , बिकासलाई प्राथमिकता दिन्छन
यो सबैको लागि, धर्म र धर्मको नाममा हुने उग्रतालाई तह लाएर बिकासको जुगमा हिड्न सकिन्छ भन्ने उदाहरण हो !!
…………………………………………..
धर्मको लागि लड्ने मर्ने सब केबल र केबल मुर्ख हुन
घर्ममा गफ-प्रबचन-भाषण-अनुस्ठान-दंगा गराउने गर्ने सब धन्धावाल हुल………उनीहरुको कमाईको स्रोत हो त्यो
शिक्षा बाढौ…..स्कुल कलेज बिश्वबिद्यालय पुस्तकालय बढाऔ….
मन्दिर-मस्जिद-गुम्बा-चर्च आदीका काम कारबाहीमा कडाई गरेर नियमन गरौ…..नया नया खोल्ने र भिड बढाउन नदिऔ
मन्दिर-मस्जिद-गुम्बा-चर्च आदीहरु खाली गराएर बरु पुस्तकालय-संग्राहालय-तालिमकेन्द्र-स्कुल-कलेज बनाऔ
जिन्दगीको बैंक एकाउन्टमा घृणालाई डेबिट गरौ अनि माया-प्रेम-समानुभुति-सद्भाव-संबेदना लाई क्रेडिट गरौ ।
घृणाले जिवन अनि सम्बन्धलाई झन झन बिगार्दै जान्छ, तर माया-प्रेम-समानुभुति-सद्भाव-संबेदना ले जीवनलाई समृद्ध बनाउँछ.....सम्बन्ध झन झन बलियो बनाउछ।
आखिर अन्तिम हिसाब-किताबमा भौतिक धनभन्दा ठूलो सम्पत्ति सम्बन्ध-प्रेम-मानवता नै त हुने हो, होइन र ?
तपाईं मान्नुस्, नमान्नु, मलाई गाली गर्नुस्, ढुंगा हान्न आउनुस्, दुर्वचन लगाउनुस्, यो अराजकताको सुरूवात काठमाडौं महानगरबाट भएको हो। अहिलेका प्रधानमन्त्री काठमाडौंमा हुँदा ठेलावाला लुटिए, साइकल चढ्ने कुटिए, सहर सफा गर्ने कवाडीमाथि पटक पटक आक्रमण गरियो। महानगरका प्रहरी टोले ...
Pokhara Mayor Dhan Raj Acharya regarding Indian tourist says, "यो हाँसी मजाक गर्ने काम नगर्नुस्..। भारतीय पर्यटकहरूलाई हेलाँ होचो गर्ने काम नगर्नुस्..। तपाईँ हाम्रा बा आमाहरू पनि तीर्थ जाँदा खेरि चोखो खाने भएर आफै पकाएर खान्छन्..। अनि केही २, ३ % पर्यटकले यहाँ बाटोमा पकाएर खायो भनेर तपाईँ हेलाँ होचो गर्ने ? उहाँहरुले किन्ने कुरा त यहीँ किन्नुभएको छ नि..। त्यसो भएको हुनाले निय'मन गर्ने काम हाम्रो होला..। कतिपय कुनै सम्प्रदायका मान्छे हुन्छ, लसुन प्याज राखेको नखाने होला.. अरू केही होला..। त्यस कारणले गर्दाखेरि यो छुट्टै पकाएर खाएको आदि कुरालाई चाहिँ त्यस्तो ठुलो विषय चाहिँ नबनाऊँ..।"
ढिलो हुनु असफल हुनु होइन -
२० वर्ष बढी राजनीतिमा होमिएका गगन थापा मन्त्री मात्र बन्न सके, जबकी ४ वर्षको अवधिमा बालेन देशकै प्रधानमन्त्री बने । आज बालेन ३५ पूरा भए गगन ५० पुगे । २५ वर्षको उमेरमा रुवी कुमारी उपसभामुख बनिन, उता २९ वर्षमै सस्मित शिक्षा मन्त्री बने । यता मिन बहादुर शेरचनले ७६ वर्षको उमेरमा सगरमाथा चढे । ७८ वर्षको उमेरमा रामचन्द्र पौडेल देशकै राष्ट्रपति बने ।
कसैले २२ वर्षको उमेरमा स्नातक गरे, तर राम्रो जागिर पाउन ५ वर्ष पर्खनुभयो।
कोही २५ वर्षको उमेरमा CEO बने र ५० वर्षको उमेरमा मरे। जबकि अर्को ५० वर्षको उमेरमा CEO बने र ९० वर्षसम्म बाँचे।
कोही अझै अविवाहित छन्, कोही सँगै पढेका साथी हजुरबुबा बनेका छन्। जिन्दगिभर बिहे नगर्नेहरु पनि हुन्छन्। २/४ वटै बिहे गरेर पनि एक्लो भएकाहरु पनि छन्।
१९ वर्षका भाईहरु विदेशी जिवन बिताइ महिनाको २ लाख कमाउने पनि छन्। कति ४५ वर्षका दाईहरु घरबाट खर्च मगाएर पढिराखेका पनि छन्।
यस संसारमा हरेक जना आफ्नै जीवनको समय अनुसार काम गर्छन् । कसैको ढिलो हुन्छ, कसैको छिटो हुन्छ। तपाईंको वरपरका मानिसहरू तपाईंभन्दा अगाडि देखिन सक्छन् र कोही तपाईंको पछाडि देखिन्छन्। तर सबैले आफ्नो दौड आफ्नै समय अनुकुल दौडिरहेका छन्।
तिनीहरूलाई ईर्ष्या नगर्नुहोस्। तिनीहरू आफ्नै जीवनको यात्रामा छन्, र तपाईं आफ्नो यात्रामा हुनुहुन्छ। सबैजना आफ्नो गतिमा अघि बढिरहेका छन्।
त्यसैले, चिन्ता लिन बन्द गर्नुस्। तपाईंले ढिला गर्नुभएको पनि छैन। तपाईं तपाईको आफ्नो समयमा हुनुहुन्छ। आफ्नो गतिमा हिड्न छोड्नु भएन। आफ्नो बाटो बिर्सनु भएन। जिन्दगिले सहि समयको पर्खाई गरिरहेको हुन्छ।
आफूमा विश्वास र आशा राखिरहनुहोस्, तपाईंको चम्कने समय चाँडै आउँदैछ। ईश्वरको कृपा तपाईमाथी सदैव रहिरहोस्।
जब यौन दुर्व्यवहार गरेको आरोपमा समातिएका लाठेहरु राष्ट्रका गहना र हिरोका रुपमा विभिन्न रुपमा सम्मान, राज्यका उपल्लो तहका ब्यक्तिहरुको अङ्कमाल बन्द हुदैनन नि त्यत्तिबेलासम्म यो जघन्य अपराध कम हुन्नन । ७ वर्षको भाई १५ वर्षको दिदिलाई साथी जाने/पठाउने परिवार र समाज न हो।
मैले देख्न चाहेको नेपाल
………
संसद मन्त्री बन्न नपाईने
प्रत्यक्ष कार्यकारी
पुर्ण समानुपातिक निर्वाचन प्रणाली
सानो मन्त्रीमन्डल
पुर्ण अधिकारसंपन्न संघियता, सानो प्रदेश सरकार
जनताका सबै काम स्थानिय तहबाट
……….
अनलाईन बाट नै अधिकांस काम गर्न सकियोस
घन्टौ लाईन बस्न नपरोस
नेपालजस्तो देशलाई रिन दिने, त्यो पनि सालाखाला उतैको बैंकको जस्तो रेटमा, १० थरी उसकै प्रावधान मान्न पर्ने, धेरै पैसो उनीहरुकै विज्ञले कन्सल्टेन्सी वापत लैजाने....सके समाज प्रयोग नभए कुनै सोध...
शक्तिराष्ट्रहरुले INGO मार्फत गरेको लगानी हेर्दा चैं उनीहरु हर्के साहु नै हुन।
देशैभरि प्रत्यक्ष र समानुपातिक गरेर कुल "बदर मत" को तथ्यांक बारे सहि राम्रो चर्चा भएको सुन्न पाइयोस् ।
र आगामी निर्वाचनमा सर्वोच्चको आदेशानुसार NOTA चाहनेलाइ NOTA दिउन् बांकी जम्मै सदर होस् । हर एक मतको कदर होस् ।
२०८२ को आमनिर्वाचन नेपाली राजनीतिको एउटा महत्वपूर्ण पानीढलो बन्ने अब सुनिश्चित भएको छ। त्यसो त २०१५ साल र २०६४ सालको आमनिर्वाचनहरू पनि आआफ्नो युगका पानीढलोहरु नै थिए। परन्तु यो निर्वाचनले परम्परागत कांग्रेस-कम्युनिष्ट धारका पार्टीहरूलाई नै विस्थापित गरेर विल्कुलै नयाँ डिजिटल युगका युवाहरूको बर्चस्व रहेको नयाँ ढंगको पार्टी र नयाँ पुस्तालाई राजनीतिको केन्द्रमा जसरी स्थापित गरेको छ त्यसको दूरगामी महत्व रहने निश्चित छ।
नेपालमा २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै र विश्वमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (AI) सहितको चौथो औद्योगिक क्रान्तिसंगै पुराना वैचारिक युगका पार्टीहरूको विकल्पमा नयाँ युगको नयाँ विचार,नीति,कार्यक्रम,संगठन,नेतृत्व सहितको नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने पैरवी हामी कतिपयले गर्दै आइरहेका थियौं।
परन्तु इतिहासका कतिपय महत्वपूर्ण घटना कसैको चाहनाले भन्दा पनि वस्तुगत आवश्यकता र आकस्मिकताको संयोजन स्वरूप घट्छन् भने झैं अहिले यो जेन-जी विद्रोह र आमनिर्वाचनको रूपमा नेपालमा घट्न गएको छ। कतिपय कन्स्पिरेसी थ्योरिष्ट (षड्यन्त्रवादी)-हरुले अन्यथा भनेपनि केही दशक यता नेपाली समाजको पुरानो अर्थ-राजनीतिक संरचना जसरी भत्किरहेको थियो र विशेषतः वैदेशिक रोजगारी र डिजिटल प्रविधिले नयाँ युवाहरूमा नयाँ चेतना जागृत गराइरहेको थियो त्यसले यी रूपान्तरणकारी परिघटनाहरू अनिवार्य बनाइरहेका थिए।
अतः अब कसैले चाहे पनि नचाहे पनि नेपाली राजनीति पुरानो ठाउँमा रहन सक्दैसक्दैन। जेन-जी विद्रोह र यो निर्वाचनले त्यसको स्पष्ट संकेत गरेको छ। अहिलेको चुनाव एउटा नियमित चुनाव मात्र नभएर आम जनताको शान्त विद्रोहमा परिणत भएको तीतो सत्यलाई सबैले स्वीकार्नैपर्छ।
सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आफुलाई रूपान्तरण गर्न खोजे पनि त्यो निकै ढिलो र अपूर्ण रहेछ भन्ने घटनाक्रमले पुष्टी गरिरहेछ। सबभन्दा बढी जनाधार र बलियो संगठन भएको भनिएका कम्युनिष्ट पार्टीहरू भित्रभित्रै कति मक्किइसकेका रहेछन् भन्ने जनसमक्ष छर्लंग भएको छ।
यो स्थितिमा नेपाली राजनीतिको समग्र अग्रगामी पुनर्संरचनानिम्ति यो महत्वपूर्ण घुम्ती बन्नसक्छ। त्यसकोनिम्ति यति ठूलो जनविश्वास प्राप्त गरेको रास्वपा र त्यसको मूल नेतृत्व रवि-वालेन्द्रको काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ। यो विशिष्ठ घडीमा अन्य सबै दल र नेताहरूले पनि समुचित पाठ सिकेर आआफ्नो ठाउँबाट सहयोगी हात बढाउनु उपयुक्त हुनेछ।
बधाइ तथा शुभकामना रवि-बालेन्द्र टिमलाई!
आफुलाई प्रश्न गर्नेलाई सिधै भ्रष्टतन्त्रको ठेकेदार?
रविजी, कमसेकम कानुनी रुपमै सही,
ठगी, जालसाजी, धोकाधडी र राष्ट्रिय पहिचानको प्रतिविम्व राहदानीको इज्जत धुलिसात बनाउने जस्ता प्रकरणमा मुछिएको र अदालतले धरौटी ठोकेको तपाईं जस्तो नैतिकहीनले अरुलाई आरोप लगाउने ?
जो चोर उसको ठूलो स्वर ?
घटना घटेको हप्ता दिन जति भयो। कसरी भन्ने भनेर आफुलाई तयार गर्न नै हप्ता दिन लाग्यो।
गोरखाको मेरो गाउँमा एकैदिन दुइ प्रौढ पुरुषहरुले आत्महत्या गरे। एकजना दलित दाइ। अर्को निकट नाताको मान्छे।
दलित दाजुले तिहारमा जुवा हानेर १४ लाख हारेको भनेर धान उठाउन जाँदा गाइँगुइँ सुनेको थिएँ। मैले सोध्दा तर्किएर हारेको हो त्यति होइन भनेका थिए। भाद्र उपद्रवपछि प्रहरी कमजोर बनेको र जताततै जुवातास चलेको सर्वविदितै छ।
नातेदार मान्छे चाँहि डिजिटल फिसिङमा परेछन्। चिट्ठा पर्यो, आठ लाख हाल्नुस् - तीस लाख आउँछ भनेर पैसा जिप्ट्याएछ फिसरले। इष्टमित्रसँग सरसापट गरेर हालेको रे पैसा।हातमा मोबाइल छ, पर्याप्त डिजिटल चेतना छैन, छिटो धन जोड्ने आवश्यकता, लोभ छ। नहोस् पनि किन - प्रधानमन्त्री नै सर्टकटमा बन्ने समय छ।
ग्रामीण मानिस। ८ लाख, १४ लाख गएपछि आकाश खसेर टाउको थिचे जस्तो भयो होला।
राजनीति हुनुपर्ने यस्तै कुरामा हो। प्रतिस्पर्धा हुनुपर्ने नागरिकलाई चेतना बिस्तारमा हो। सचेतना बिस्तारमा हो। जुवातास नियन्त्रण, कारबाहीमा स्थानीय सत्ता, स्थानीय राजनीति परिचालन भएको भए, इन्टरनेट सचेतनामा पार्टी परिचालन भएको भए - ती दुइको जीवन जोगिन्थ्यो कि ?
चुनावको बेलामा मासुभातको भोज लगाउने, तेरो पार्टी मेरो पार्टी भनेर नागरिकलाई बँधुवा जनावर ठान्ने तर समाजको लय निर्माण, अनुगमन/नियमनमा माखो नमार्ने, मानिस मरेपछि उहाँ हाम्रो महान तथा गौरवशाली पार्टीको फलानो सदस्यको फलानो हुनुहुन्थ्यो भनेर लासे राजनीति गर्ने।
जनतालाई दास ठान्ने, अरुसामु इमान्दार देखिएर कुस्त पैसा जोड्ने, गाउँमा बाख्राको खोर बनाउने पैसा समेत कि आफ्नो नातेदारलाई दिने कि आफ्नो दलको वफादारलाई।
नागरिक पासो लगाएर मर्ने अवस्थामा पुग्ने तर स्थानीय सरकार र राजनीतिलाई यसको सरोकार नहुने।
अब पासो नलगाउन्जेल भोट र पासो लगाएपछि लासे राजनीतिको खेती गर्ने तिमीहरुको धन्दाको हिसाब नागरिकले गर्ने दिन आउला नि एक न एकपटक त !
@ApuroSudan मान्छे अन्जान भएपनि तपाईंले अनियमितता गर्नुभा छैन भन्ने पूर्ण विश्वास छ।
तर प्राविधिक जनशक्तिले पनि, विशेष गरि प्रमुख पदवाहकले आर्थिक कारोबार, Procurement आदिको हेक्का राख्नु, सिक्नु जरुरी हुन्छ।