म हराउन चहान्छु
त्यो नदेखेको संसारमा
जहाँ स्वतन्त्र अभिव्याक्तिहरू
मौन बन्दछन्
सम्भाव्यता हरू
मौन बन्दछन्
जब मौनताहरू
मौन भैदिन्छन्
म एक
अर्को अनेक
भौदिन्छु !
~बिक्रमादित्य
यस्तै एक शहरमा,
उ जस्तै कोही छ
एक्लै छ, सोच्दै छ
कुनै एक शहरमा,
म जस्तै कोही छ !
यस्तै एक शहरमा
कोही सोच्दै छ
भिन्न छ, बेग्लै छ
कोही त छ यहाँ
न उ जस्तो छ,
न म जस्तै !
~बिक्रमादित्य
तर हामी एक अर्काको
भावनाहरू शब्दहरूमा
व्यक्त गर्न सक्दैनौ
एक पलको यो मिलनमा
प्रिय, आँखाहरूलाई
बोल्न र बुझ्न देउ
कि एक समय प्रमको
परिभाषा हाम्रा आँखाहरू थिए ।
~बिक्रमादित्य
तिम्रा आँखाहरूले
केही बोल्न खोज्दैछन्
तर शब्दहरू हराउदछन्,
आबाजहरू मौन हुन्छन्
कुनै छहारीमा बर्षौ पहिले
छुटेका सम्झनाहरू
सिमसिमे पानीमा भिज्दै
पुनः तिम्रा र मेरा
नजरहरूले एक अर्कालाई
सोध्न चाहान्छन्
मेरा आँखाहरू डराउँछन्
तिम्रा आँखाहरू जस्तै
त्यसैले,
केही उद्देश्यहरू सिद्धान्त विहीन हुन्छन्
केही सिद्धान्तहरू उद्देश्य विहीन हुन्छन्
अनि
गन्तब्यहरू यात्रामा निस्कन्छन्
अर्को कुनै आविष्कारको खोजमा
~बिक्रमादित्य
यहाँ बिपनाहरूको
प्रयोगशालामा
सपनाहरूलाई परीक्षण गरिन्छ
र अद्भुत आविष्कारको
सुरूवात हुन्छ,
अनेकौँ प्रयोगहरू पश्चात्
प्रयोगशालाबाट प्रतिपादित
सिद्धान्तहरूको
प्रतिफल,
निष्कर्ष विहीन बन्दछन्
तर हार्नु निष्कर्ष होइन