दुई किलोमिटर सुरुङ बन्या छ, न त्यसले ठुलै क्रान्ति गर्ने वाला छ, तर पनि जस् लिने होड बाजी कस्तो धेरै । कोही मैले सही गरेको, कोई मैले शिलान्यास गरेको कसैले उद्दघाटन गरेको, कसैले अनुगमन गरेको भनेर जस् लिँदै रहेछन् ।
गगन आफूले गरेका गल्तीहरु करेक्सन गर्न सक्छन् भन्ने आशा छ। तर गल्ती सुधार्नै नसक्ने अवस्था र स्थानमा पुगेकाहरुले गगनलाई गाली गर्नुको कुनै तुक र अर्थ छ जस्तो लाग्दैन।
माओवादीलाई त्यसै जंगली भनेको हैन ! के गरि हुन्छ देश बनाउन सकिन्छ भन्ने भिजन छैन खालि बिगार्ने सोच मात्रै छ ! मान्छे उतारेर सरकार ढाल्ने रे स्वाठै रै'छ बुढो भएर पनि !! ४ महिना सत्ता बाहिर बस्दा यो बिघ्न रोईलो छ पाच बर्ष के गरि बस्ने त कम्रेड??
नेताले गुण्डालाई उपयोग गरे, गुण्डाहरू अरूलाई नेता बनाउनु सट्टा हामी नै नेता किन नबन्ने भनेर राजनीतिमा आए!
नेता/पार्टीले सामाजिक सञ्जालमार्फत मार्केटिङ गर्न 'आइटी सेल' बनाए, आइटी सेलयोग्यहरू हामी नै पार्टी किन नबनाउने ? नेता किन नबन्ने भन्दै आए!!
वालेन्द्र शाहको व्यक्तित्व र कार्यशैलीले उनलाई नीति, नियम वा आफ्नै अडानहरूप्रति कुनै लगाव नभएको प्रस्ट देखाएका छन् ।
त्यसैले, ‘विदेशी दूत वा प्रतिनिधिलाई एक्लै नभेट्ने’ भनेर उनका सल्लाहकार आसेपासेले हल्ला चलाउँदा त्यसमा विश्वास गरेर के के न हुनलाग्यो भनेर हौसिन आवश्यक थिएन ।
आफ्नै सरकारको मन्त्रायल र मन्त्रीलाई पन्छाएर वालेनले गरिरहेका पहिलेका भन्दा अपारदर्शी तथा अशोभनीय भेटघाट र टिकाटिप्पणीले विदेशीलाई एक्लै वा अलग्गै नभेट्ने उनको प्रचारवाजीलाई बकवास प्रमाणित गरिसकेका छन् । उनको शैली विगतका बदनाम सरकारको भन्दा असल छैन -बरू थप खराब र जोखिमपूर्ण छ ।
संसारभरका घटनाक्रम हेरेर कमसे कम यति बुझ्न सकिन्छ कि राज्यका विधि, संस्था तथा प्रणालीलाई कुल्चेर आफ्नो नायकत्वबाट सबै कुराको समाधान खोज्ने शासक कहिलै प्रभावकारी हुन सक्दैन ।
सत्ताले हल्ला फैलाउँदा त्यसको तालमा नाच्नुअघि सत्ताको चरित्रका बारेमा गम्ने हो भने एक, दुई सातामै खिन्न हुनुपर्ने अवस्था आउँदैन ।
‘विष्णु पौडेल सहितको मन्त्रीपरिषदले विशेष अदालतमा नियुक्त गरेका न्यायाधीशहरुले गरे पौडेललाई साधरण तारेखमा रिहा’
भनेर अस्ति सेतोपाटीमा अमित ढकालको बाइलाइन पढेकाले पनि होला यो हेडलाइन सन्तुलितै लाग्यो।
सन्तुलित विचार नै स्वतन्त्र-निश्पक्ष पत्रकारिताको प्राण हो। गज्जप! ब्राभो!😜😜
मनसून सक्रिय छ
अब ३-४ दिन बर्षा अलि घट्ने भएकोले भारि बर्षाको जोखिम कम छ
आगामी २ हप्ता सम्म हेर्दा पानी दैनिक पर्ने तर तराईको धेरै ठाउँमा कम र पहाडी भेगमा धेरै बर्षा हुने देखिन्छ
Forecast for next 2-week with current cloud and rain from DHM in last 24-hr👇
पहिले पहिले स्रोतको हवाला दिँदै हरेक ठूला ठेक्कामा बदमासी भएको ग्यारेण्टी लिने मिडिया एकाएक अमुक ठेक्कामा बदमासी भएकै छैन भनेर ‘सम्पादकीय ग्यारेण्टी’ लिने अवस्थामा पुग्नुको रहस्य के होला??
‘बदमासी भएको भए म नै झुण्डिन तैयार छु’ टाइपको भाइब छ पुरै😂😂
नाम चलेकै मिडियाले लेख्यो फुटपाथ हिड्नको लागि हो न कि व्यापार पछि जब फुटपाथ खुल्ला गरियो श्रृङ्खलाबद्ध लेख कसरि आयो भन्ने कुरा थाहा भएकै हो !! आफ्नो अनुकुल ब्याख्या गर्ने कुरालाई पत्रकारिता हैन कि पित पत्रकारिता भनिन्छ !!
हाम्रो राज्यको चरित्र दोहनकारी हो !
रामरमिताका लागि समेत विपन्न नागरिकसँग कुत उठाउने शासक भएको देश हो ।
ट्राफिक नियम पालनालाई दोहनको अस्त्र बनाउने प्रयत्नले दबिएको असन्तुष्टि विस्फोट गर्नसक्छ, यसैपनि प्रहरी, ट्राफिक वा यस्ता निकायको हैकमवादी प्रवृत्तिले नागरिक आजित छन् ।