कोहिको घरमा बुढाबुढि कोहिको बच्चा सानै
ऎया पनि भन्न नपाई गयो बरै ज्यानै
कोहिको छैन खुट्टै बरै कोहिको छैन हातै
जनतन सास फेर्निले पाकै छैनन साथै
हे बरै
जानिलाई त हे बरै सम्झना धेरै छ
तेरो मेरो हे बरै भन्नुनै के रैछ।
घर घडेरी र गाडी घोडा नजोडेसम्म यो समाजले प्रगति गरेको ठान्दैन । समाजका लागि वर्षौ योगदान गरेको भन्दा कालो काम गरेर भए पनि २/४ करोड कमाएको मान्छेले प्रगति गरेको ठान्छ समाज ! हो त्यसैले त समाजले हरेक मानिसलाई भ्रस्ट बनाइरहेको छ ।