महानगर प्रमुख हुँदा सडक बिभागमा लगेर फोहोर फ्याँक्नेले, सिंहदरबार जलाइदिन्छु भन्नेले, सबलाइ लगेर टुकुचामा गाड्दिन्छु भन्नेले सँघिय सरकारका प्रमुख हुँदा भाडाका टट्टुहरुलाइ खटाएर जाबो पार्किङ गर्न लगाउनु सामान्य कुरा हो।
ट्यापेन्द्रको काम यस्तै हो।
कान्तिपुर अगाडि शंकास्पद रुपमा पार्क गरिएको गाडीका मालिकः रवि जयसवाल
हालःरास्वपा केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग सदस्य
बाउः एमालेबाट निर्वाचित रौतहटको गरुडा नगरपालिका प्रमुख
यिनले पनि बाउले किन्दिएको १ करोडको गाडी चढेर ३५वर्ष पुरानाले देश ध्वस्त बनाएको भन्दै त होलान् नि!
गुलाबको बगैँचामा,सयपत्रीलाई कस्तो महसुस हुन्छ होला,औंसीको रातमा पनि जूनलाई पर्खिरहँदा तारालाई कति पीडा भयो होला
आज आएर सबै शब्दको अर्थ बुझे मैले
तर सानो म लाई कसरी बुझाउँ कि
म कहिल्यै कसैको पहिलो पंक्तिमा थिइनँ
प्रेम सधैं आफूले चाहेजस्तो रूपमै भेटिँदैन।
तर आज, यो औंसीको रातमा, हजारौं ताराबीच
मेरो दृष्टि गुलाबहरूको भीडमा हराउँदैन
बरु त्यस एक सयपत्रीमा अड्किरहेको छ
सायद सानो हुँदा केही,नबुझ्नु नै ठीक थियो
किनकि रङ्गीन फूलमा हराउनु भन्दा
सयपत्रीको सरल सुवासमै भेट्थेँ म आफूलाई।✍️
धेरै भयो,मैले आफूलाई नसोधेको
"के म ठीक छु?"
बाहिरी मुस्कानले छोपिन्छ
भित्रका गहिरा पीरहरू
तर कहिले काहीँ
मन आफैं चिच्याउँछ
"के मैलेले आफैंलाई बिर्सेिएको त छैन?"
सधैं अरूलाई बुझ्ने कोसिस
तर आफैंलाई बिर्सँदै गएँ
के म थाकेको छु?
के म रोएको छु?
कि बस मुस्कानको नाटकमा
आफ्नै पीडालाई दबाएको छु?
किन सोध्दिन आफैंसँग
"मलाई के मन पर्छ?"
"कसले चोट पुर्यायो?"
"के आफैलाई प्रेम गरिरहेका छु?"
आज
आईनामा हेरें
र डर नमानिकन भनें
म थाकेका छु
तर कमजोर हैन
म टुक्रिएको छु
तर सुन्दरता अझै गुमाएको छैन।✍️
मानवता हराउँदा राष्ट्र कठोर बन्छ, बौद्धिकता हराउँदा राष्ट्र अन्धो बन्छ। यी दुवै हराएको देशमा भीड त हुन्छ तर समाज हुँदैन आवाज त हुन्छ, तर विवेक हुँदैन।✍️
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!
हामीलाई कति जनाले चिन्छन् भन्ने कुरा समयको कोलाहलसँग सम्बन्धित हुन सक्छ तर किन चिन्छन् भन्ने कुरा हाम्रो अस्तित्वको सारसँग जोडिएको हुन्छ। भीडको नजरमा पर्नु सजिलो हुन सक्छ तर कसैको मनमा सम्मानका साथ बस्न सक्नु दुर्लभ उपलब्धि हो।
मेराे झै तिम्रो पनि बेहाल हुने छ
तिमीसँग पनि कुनै सवाल हुने छ।
शारीरिक आकर्षण होइन प्रेम
समर्पणभित्र गहिरो चाल हुने छ।
प्रेममा कुनै सर्त अनि स्वार्थ हुँदैन
तर सीमा रेखाकाे पर्खाल हुने छ।
नियत हाेइन अनुभूति नै हाे प्रेम
नभए किनारा बिनाको छाल हुने छ।
#शुभ_प्रभात☕️☕️
😍🙏👌💞🇳🇵
कसैको विश्वास यति जित्नुस कि
उसले तपाईंको इमानदारीता माथि कहिल्यै शंका नगरोस्।
अनि कसैलाई प्रेम यति गर्नुस कि
उसको हृदयमा तपाईंको सम्मान र आत्मीयता सधैं जीवित रहोस्।❤️
#आजको दिन तपाईंका लागि शान्ति, सकारात्मकता र खुसीनै खुशीले भरिपुर्ण रहोस। 🌅💚
शोवु कटवाल💖