हार्दिक बधाइ तथा शुभकामना!
नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना!
@RaameshKoirala पुरानो कुराबाट पाठ लिएर अगाडि कसरी बढ्ने त्याे तउ गरेर सुरु गर्दा हुन्छ। गठबन्धन नगरेकाे राम्रो भयाे देशलाई अब काङ्ग्रेसले अगामी दिन साेच्नु पर्छ।
सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना!
मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।
अथक मेहनत र सम्पूर्ण समर्थकहरूको शुभेच्छा बावजूद यो चुनावमा हामी धेरै पछाडि रह्यौं।
सर्वप्रथम , अहोरात्र खटेर मलाई सहयोग गर्नुहुने सम्पूर्ण नेपाली कांग्रेस सदस्य तथा शुभेच्छुकहरूसँग म माफी माग्न चाहन्छु। यहाँहरूको मेहनतलाई मैले गन्तव्यमा लग्न सकिनँ। यो असफलताको सम्पूर्ण जिम्मा तपाईंहरूको उम्मेदवारले लिन्छ, म लिन्छु।
लोकतन्त्रमा चुनावको जित/हार चलिरहन्छ। जित्ने उम्मेदवार पुकार बम र उहाँको पार्टी रास्वपालाई धेरै बधाइ ।
एक जिम्मेवार प्रतिपक्षीको रूपमा तपाईंको सही काममा समर्थन र गलत काममा आलोचना गर्नु मेरो जिम्मेवारी हो। जनताको म्यान्डेट अनुसार म त्यो भूमिका सगौरव निभाउनेछु।
अन्त्यमा मलाई विश्वास गर्नुहुने, र नगर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु। लोकतन्त्रमा आफ्नो विजयमात्र होइन, आफ्नो पराजयको पनि उत्सव मनाउनुपर्छ।
जित्नेलाई बधाई, जनता जनार्दनलाई धन्यवाद।
जय नेपाल!
काँग्रेस मौन छ,
परिणामपछि शब्दहरू हराएझैँ।
गगन पनि मौन छन्,
सुवेच्छुकका आवाजहरू थामिएझैँ।
तर समय कहिल्यै मौन हुँदैन,
उसले फेरि घडी घुमाउँछ।
पराजय क्षणिक हो,
उर्जा भने दीर्घकालीन आगो हो।
मौनता लामो नहोस्,
आशा निभ्न नदिऊँ।
किनकि समय बलवान छ—
उर्जा नमरोस्। @thapagk
आदरणीय शुभेच्छुक तथा साथीहरू,
निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत, म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्। यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ। त्यसैले;
* Report गर्नुहोस्: Facebook, TikTok, YouTube लगायत प्लेटफर्ममा म वा पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देख्नुभयो भने तुरुन्तै “Report” गर्नुहोस्।
* Verify गर्नुहोस्: कुनै सामग्री शेयर गर्नु अघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्। अत्यधिक सनसनीपूर्ण वा भडकाउ सामग्री प्रायः भ्रामक हुन सक्छ।
सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ।
जय नेपाल !